प्रोस्टेट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पुरुष प्रजनन प्रणालीको महत्त्वपूर्ण अंग पौरुष ग्रन्थि ओखरको आकार र प्रकारको हुन्छ। यो गुद्द्वार र तल्लो पेटको हड्डीको बीचमा मूत्रथैलीको केही तल र मूत्रनलीलाई वरपिरबिाट घेरेको हुन्छ।

Prostatelead.jpg

प्रोस्टेट ग्रन्थिको वृद्धि[सम्पादन गर्ने]

यो ग्रन्थि ७-१२ ग्रामको हुन्छ। यसका ३ भागमध्ये दायाँ-बायाँ रहेका दुई भाग उमेर बढ्दै जाँदा छिटोछिटो वृद्धि हुन्छ तर बीचको भाग सामान्यतया कम बढ्छ। यसले पिसाब सञ्चालनमा बढी बाधा हुने गर्छ। ग्रन्थि र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट बनेको एउटा ग्रन्थि हो प्रोस्टेट। यो कम लचकदार हुन्छ र पिसाब प्रवाहमा असर गर्छ। शिशु अवस्थामा प्रोस्टेट ग्रन्थि ज्यादै सानो हुन्छ र वयस्क सुरु भएपछि प्रत्येक ३ वर्षमा २ गुनाले वृद्धि हुन्छ। २० वर्षमा यो ग्रन्थि १५-२० ग्रामसम्मको हुन्छ तर ३०-५५ वर्षको उमेरमा करिब साढे ४ वर्षमा दुगुना हुने गरेर वृद्धि हुन्छ। त्यसपछि ५५-७० वर्षसम्म ग्रन्थिको वृद्धि भए पनि रफ्तार केही कम भएर दुई गुना वृद्धि हुन १० वर्ष लाग्ने हुन्छ। ७० वर्षपछि पनि ग्रन्थिको वृद्धि हुने प्रक्रिया कम रफ्तारमा भए पनि जारी नै रहन्छ।

प्रोस्टेट ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पौरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ र मूत्रनलीमा दबाब दिन्छ र मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ। सामान्यतः पुरुष ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० वर्ष उमेरपश्चात् करबि एकतिहाइमा यो समस्या देखापर्छ। पौरुष ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ, जुन यौन सम्पर्कको समयमा शुक्रसँग मिसिएर यौन सम्पर्कलाई आद्र एवं सहज बनाउँछ। साथै, यसले शुक्रकिटलाई पोषण प्रदान गर्छ । प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुन्छ र पिसाबलाई च्यापिएको साँघुरो मूत्रनलीमार्फत खुम्चिने प्रक्रियाद्वारा जोडसँग धकेल्छ । जसका कारण मूत्रथैली बढी संवेदनशील हुन्छ र पिसाब पटक-पटक तथा अचानक फेर्नुपर्ने हुन्छ। जब प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा तौल वृद्धि हुँदै जान्छ।सुरुमा प्रोस्टेट ग्रन्थि वृद्धि हुँदा मूत्र नलीको भागको छेउछाउमा रहेका ग्रन्थिको वृद्धि हुने गर्छ। प्रोस्टेट ग्रन्थिको खोलको लचकता सीमित हुने भएकाले यसको वृद्धि हुँदा पिसाब अवरोधका केही लक्षणहरू देखा पर्छन्। फलस्वरूप मूत्र थैलीका मांसपेशी मोटो हुने र मांसपेशीबीच खाल्टो हुन सुरु हुन्छ। यस्ता खाल्टा भएका मूत्र थैली सामान्यभन्दा निकै कमजोर हुन्छन्। समय बित्दै जाँदा यी मांसपेशीलाई रेसायुक्त तन्तुले प्रतिस्थापन गर्दै जान्छ। थैली अझै बढी शक्तिहीन भई मूत्र सञ्चालन गर्न अक्षम बन्छ। यस्तो अवस्थामा बिरामी कमजोर वेगले पिसाब फेर्ने, लामो समय लगाउने र थैलीमा भएको सबै पिसाब निखार्न नसक्ने हुन्छ। त्यसका अलावा मृगौलाबाट पिसाब थैलीमा मूत्र सञ्चालन गर्न मूत्र वाहिनी नलीहरू पनि फुल्ने गर्छन् र यो क्रम अगाडि बढे मृगौला पनि फुल्ने गर्छ। ग्रन्थि जति बढ्यो त्यति नै मूत्र नली साँघुरिने र लम्बिने हुन्छ।

प्रोस्टेट ग्रन्थिको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ। ५० वर्षमा प्रायः ४० प्रतिशत पुरुष मूत्रत्याग गर्ने सिलसिलामा विभिन्न लक्षणअनुभव गर्ने गर्छन्। कोषहरूको मृत्यु र नयाँ पैदा हुने कोषहरूबीचको सन्तुलन बिग्रनु नै ग्रन्थि वृद्धि हुनुको मुख्य कारण मानिन्छ। यो सन्तुलनमा देखा पर्ने फरकमा हर्मोनको असन्तुलनले धेरै असर पार्छ। वंशमा प्रोस्टेट ग्रन्थिको वृद्धि हुनेहरूको बीच यो रोग देखा पर्ने सम्भावना ज्यादै उच्च हुन्छ साथै यस्ता बिरामीको प्रोस्टेट वृद्धि ज्यादै धेरै तौल हुने गरी ६० वर्षभन्दा कम उमेरमै हुने गर्छ।उदाहरणका निम्ति वंशमा प्रोस्टेट हुने पुरुषको प्रोस्टेट वृद्धि भएर ८० ग्रामभन्दा बढी पुग्दा यो रोग वंशमा नहुनेहरूमा ५५ ग्रामसम्मको मात्र हुन्छ।

प्रोस्टेट ग्रन्थिमा मुख्यतया तीनवटा समस्या हुन्छन्:-

  • क) संक्रमण र सुजन, -
  • ख) असामान्य वृद्धि र -
  • ग) प्रोस्टेट क्यान्सर

प्रोस्टेट ग्रन्थिको संक्रमण चार प्रकारको हुन्छ

  • तीव्र जैविक ग्रन्थि शोथ: ठूलो आन्द्रा वा पिसाब प्रणालीमा संक्रमण भएमा तीव्र जैविक ग्रन्थि शोथ हुन्छ। सामान्यतया यस अवस्थामा प्रोस्टेट ग्रन्थि सुन्निन्छ र कुनै बिरामीमा पिसाब थैली पनि सुन्निएको हुन्छ। बिरामीलाई ज्वरो आउने, जाडो हुने, शरीर दुख्ने, पिसाब फेर्दा दुख्ने/गाह्रो हुने, ढाड दुख्ने तथा पटक-पटक पिसाब लाग्ने हुन्छ। एन्टिवायोटिक तथा सुन्निएको कम गर्ने औषधीले यो अवस्था निको हुन्छ।
  • दीर्घ जैविक ग्रन्थि शोथ:दीर्घ जैविक ग्रन्थि शोथमा प्रोस्टेट ग्रन्थि वा मूत्रमार्गमा चोटपटक तथा संक्रमणले प्रोस्टेट ग्रन्थि बढेको हुन्छ। यो अवस्थाका बिरामीलाई अन्डकोष दुख्ने, पिसाब फेर्न गाह्रो हुने तथा पटक-पटक पिसाब लाग्ने हुन्छ । सुन्निएको कम गर्ने औषधी तथा एन्टिवायोटिकले यस अवस्थामा सुधार ल्याउँछ।९० प्रतिशत बिरामीमा संक्रमणबाहेकको दीर्घ ग्रन्थि शोथका कारण यो रोग लाग्छ। अनुसन्धानमा यसको ठोस कारण यकिन नभए पनि प्रयोगशाला परीक्षणमा नदेखिने जीवाणु, गह्रौँ शारीरकि अभ्यास, ठूलो भारी बोक्ने तथा ठूला मेसिनहरू चलाउने व्यक्तिलाई जोखिम समूह मानिएको छ। यस अवस्थालाई तुरुन्तै उपचार गर्नुपर्छ । अन्यथा क्यान्सरजस्तो गम्भीर रोग उत्पन्न हुनसक्छ।
  • जीर्ण अजैविक ग्रन्थि शोथ :

यस्तै, प्रोस्टेट ग्रन्थिमा प्रशस्त मात्रामा कोषहरूको वृद्धि भएर पनि प्रोस्टेट ग्रन्थिको वृद्धि हुन्छ। यो उमेर बढ्दै जाँदा हुने प्राकृतिक तथा साझा कारण हो। प्रोस्टेट ग्रन्थि बढ्दै गएपछि आफ्नो स्थानबाट फैलिन सुरु गर्छ। तर, फैलिने ठाउँ नभएपछि मूत्रनलीमा दबाब पर्छ, जसको कारण पिसाबमा समस्या उत्पन्न हुन्छ। बिरामीलाई पटक-पटक पिसाब लाग्नु, पिसाबको बहाव कमजोर हुनु, पिसाबको धार रोकिनु, थोपाथोपा पिसाब चुहिनु आदि लक्षणहरू देखा पर्छन्|यो अवस्था बिगि्रएमा प्रोस्टेट वृद्धिका कारण पिसाब थैली कमजोर हुन्छ, पिसाब पूर्ण रूपमा रोकिन सक्छ र मिर्गाैला फेलर हुन सक्छ।

  • प्रोस्टेट ग्रन्थिमा पीडा:

प्रोस्टेट ग्रन्थि बढेको पत्ता लगाउन चिकित्सकद्वारा शारीरकि जाँच, अल्ट्रासाउन्ड, सिस्टोस्कोपी, एन्डिज टेस्ट तथा उपद्रवहरू पत्ता लगाउन रक्त तथा पिसाबको परीक्षण र बायोप्सी पनि गरिन्छ। अल्ट्रासाउन्डद्वारा प्रोस्टेटको तौल, आकार तथा अवस्था पत्ता लाग्छ भने सिस्टोस्कोपीद्वारा अवरुद्धता पत्ता लाग्छ । साथै, यी परीक्षणबाट पिसाब फेरसिकेपछि मूत्रथैलीमा रहने मूत्रको मात्रा पनि पत्ता लाग्छ।

चिकित्सकको सल्लाह अनुसार लाक्षणिक उपचार, प्रतिजैविक औषधीको प्रयोग, अल्फा ब्लकर तथा प्रोस्टेट ग्रन्थिलाई सुकाउने औषधीको प्रयोग निकै प्रभावकारी छ। तृतीय अवस्थामा पुगेका वा औषधीले काम नगरेमा अप्रेसन गर्नुपर्छ।

क्यान्सर नहुने प्रकृतिको प्रोस्टेट वृद्धिमा पुराना कोषिकाहरू मर्दैनन् तर नयाँ कोषिकाहरू लगातार वृद्धि हुँदै जान्छन्। कोषहरू धेरै मात्रामा वृद्धि भएपछि प्रोस्टेट ग्रन्थि बाक्लो हुन्छ, जसले मूत्रनलीलाई साँघुरो पार्छ र पिसाबको समस्या देखिन्छ। मान्छेको शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हर्मोन हुन्छन्। उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरति गर्छ। फलस्वरूप, प्रोस्टेट ग्रन्थि बढ्छ। प्रोस्टेट बढ्नु क्यान्सर होइन र यसको कारण क्यान्सर हुने सम्भावना पनि बढ्दैन तर कहिलेकाहीँ प्रोस्टेट वृद्धि र प्रोस्टेट क्यान्सर एकैपटक पनि हुनसक्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रक्त मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन्छन्।

वृद्धावस्था, वंशाणुगत, मोटोपना, हर्मोनको असन्तुलन आदिले प्रोस्टेट क्यान्सर हुन्छ। रातो मासु, बढी चिल्लो पदार्थ, चुरोट आदिको सेवनले क्यान्सरको जोखिम बढ्छ। प्रशस्त तरकारी, फलफूल, अन्न, टुसा उमारेका गेडागुडी आदि खाने व्यक्तिलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ। गोलभेँडा, रातो अंगुर तथा खर्बुजामा 'लाईकोपेन्सेज' नामक तत्त्व हुन्छ, जसले डीएनए नष्ट हुनबाट बचाउँछ र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। काउली, ब्रोकाउली, भिटामिन ई आदिको नियमित सेवनले पनि प्रोस्टेट क्यान्सरबाट बचाउँछ। प्रोस्टेट क्यान्सर गोराभन्दा काला पुरुषमा बढी पाइन्छ। एसियाको तुलनामा अमेरकिा र युरोपमा यो समस्या भयावह छ। अमेरकिामा मात्र २० लाख पुरुषहरू प्रोस्टेट क्यान्सरले पीडित छन्। फोक्सोको क्यान्सरपछिको दोस्रो कारक प्रोस्टेटको क्यान्सर नै हो। क्यान्सर भइसकेपछि विकिरण, हर्मोनथेरापी, कोमोथेरापी, शल्यक्रियाजस्ता जटिल उपचार अवलम्बन गर्नुबाहेक अर्को विकल्प छैन। तसर्थ, ४० वर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गरेर समयमै रोगको पहिचान गर्नु नै रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो|

लक्षणहरू[सम्पादन गर्ने]

  • पिसाबको बहाव/धार कमजोर हुनु । पिसाब फेर्न बल लगाउनुपर्ने हुनु।
  • पिसाब फेर्दा ढिलो पिसाब आउनु/सुरु गर्न गाह्रो हुनु।
  • पिसाब चुहिनु, थोपाथोपा झर्नु।
  • पिसाब खुल्ने, रोकिने क्रम पटक-पटक हुनु।
  • पिसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु।
  • रातीमा धेरैपटक पिसाब लाग्नु।
  • आकस्मिक रूपमा पिसाब लाग्नु/केही क्षण पनि रोक्न नसक्नु।
  • पिसाब पोल्नु/दुख्नु।
  • पिसाबमा रगत देखिनु।
  • आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिनु।
  • लिंगोत्थान तथा स्खलनमा समवस्या देखिनु।

रोकथाम[सम्पादन गर्ने]

  • पिसाब थैलीमा लामो समय पिसाब नराख्ने।
  • पिसाब लागेमा तुरुन्त पिसाब फेर्ने।
  • तिातो पानीले नुहाउने।
  • चिसो र आद्र वातावरणमा नबस्ने।
  • यात्रामा पटक-पटक पिसाब फेर्ने।
  • कडा कुर्सीमा बस्ने।
  • चूरोट, चिया, कफी, मदिरा तथा मसला कम खाने।
  • संक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ खाने।
  • रातीमा पानी नखाने ताकि राती पटक-पटक पिसाब फेर्नु नपरोस।
  • पिसाबको संक्रमणलाई समयमै उपचार गर्ने।
  • एलर्जी तथा रुघाखोकीका औषधी अनावश्यक प्रयोग नगर्ने।
  • हल्का मालिस, अभ्यास तथा प्रणायाम गर्ने।
  • एउटै आसनमा लामो समयसम्म नबस्ने/उठ्ने, हिँड्ने, हल्का व्यायाम गर्ने।
  • हरियो सागपात, फलफूल, जौ, काँक्रो, खर्बुजा प्रशस्त सेवन गर्ने।
  • लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार गर्ने।
  • किगल व्यायाम गर्ने।
  • पिसाबको पटक कम गर्न धपेडी, तनाव, हतासपन घटाउने।

[१] :डा रवीन्द्र पाण्डे