फुन्सोग नामग्याल
| फुन्सोग नामग्याल | |
|---|---|
फुन्सोग नामग्याल | |
| सिक्किमको छोग्याल | |
| शासनकाल | १६४२–१६७० |
| उत्तराधिकारी | तेनसुङ नामग्याल |
| जन्म | १६०४ |
| मृत्यु | १६७० |
| सन्तान | तेनसुङ नामग्याल |
| घराना | नामग्याल |
| धर्म | बुद्ध धर्म |
फुन्सोग नामग्याल (भुटिया: ཕུན་ཚོག་རྣམ་རྒྱལ་) सिक्किम अधिराज्यका पहिलो छोग्याल थिएँ। उनलाई १६४२ मा ३८ वर्षको उमेरमा राज्याभिषेक गरिएको थियो। फुन्सोग पूर्वी तिब्बतको खामस्थित मी-न्याक घरानाका १३औँ शताब्दीका राजकुमार ख्ये बुमसाका पाँचौँ पुस्ताका वंशज थिएँ।[१]
किंवदन्ती अनुसार, नबौँ शताब्दीका बौद्ध संत गुरु रिन्पोछेले पूर्वबाट आउने फुन्सोग सिक्किमको अर्को छोग्याल हुनेछ भन्ने घटनाको भविष्यवाणी गरेका थिएँ। १६४२ मा, उत्तर, पश्चिम र दक्षिणबाट तीन लामाहरू छानिएको व्यक्तिको खोजीमा निस्के। वर्तमान गान्तोक नजिकै, उनीहरूले दूध मन्थन गर्ने एक जना मानिस भेट्टाए। उनले उनीहरूलाई केही जलपान दिए र आश्रय दिए। उनको कामबाट उनीहरू यति प्रभावित भए कि उनीहरूले उनलाई छानिएको व्यक्ति भएको महसुस गरे र तुरुन्तै उनलाई राजा बनाए। राज्याभिषेक याक्सोम नजिकै नोर्बु घाङमा पाइनले ढाकिएको पहाडमा ढुङ्गाको शिलामा गरिएको थियो, र उनलाई पवित्र कलशबाट पानी छर्केर अभिषेक गरिएको थियो।[२][३]
त्यसपछि फुन्सोगले लामाहरूसँग मिलेर स्थानीय लेप्चा मानिसहरूलाई बौद्ध धर्ममा परिणत गरे र तिब्बतको चुम्बी उपत्यका, दक्षिणमा आधुनिक दार्जिलिङका केही भागहरू र पूर्वी नेपालका केही भागहरूमा आफ्नो राज्य विस्तार गर्न थालेका थिएँ।
सिक्किमेली राष्ट्रिय पहिचानको मूल रूप रहेको भुटिया, लेप्चा र लिम्बूहरू बीच एकताको विचार सिर्जना गर्ने श्रेय फुन्सोगलाई दिइन्छ। १६६३ मा, तीन समुदायका प्रतिनिधिहरूले छोग्यालसँग भेटेर लिखित सन्धिद्वारा यो एकतालाई औपचारिकता दिए र राष्ट्रिय स्तरमा आ-आफ्नो हितको प्रतिनिधित्व गर्न परिषद् गठन गरे। यही दस्तावेजले लिम्बू सुब्बाहरूको लागि स्वायत्तता स्थापित गर्यो।।
फुन्सोगले आफ्नो राजधानी यातुङबाट याक्सोममा सारेका थिएँँ र पहिलो केन्द्रीकृत प्रशासन स्थापना गरेका थिएँ। राज्यलाई बाह्र जोङहरूमा विभाजन गरिएको थियो, अर्थात् लेप्चा राज्यपालको नेतृत्वमा जिल्लाहरू जसले बाह्र मन्त्रीहरूको परिषद्को नेतृत्व गर्थे। उनको शासनकालमा बौद्ध धर्मलाई सिक्किममा स्थापित धर्मको रूपमा समेकित गरिएको थियो। १६७० मा उनका छोरा तेनसुङ नामग्यालले उनको उत्तराधिकारी बनेका थिएँ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "पवित्र गुप्त भूमिका लामा अनि ‘सामन’-हरू", सिक्किम परियोजना, २०२२-०५-०६, अन्तिम पहुँच २०२३-०५-१०।
- ↑ "सिक्किम र दार्जिलिङको भू-सांस्कृतिक परिचय", उत्तर बङ्गाल विश्वविद्यालय, अन्तिम पहुँच २७ वैशाख, २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-१० मिति
- ↑ "सिक्किममा सङ्गीतभित्रकाहरू", सिक्किम विश्वविद्यालय, अन्तिम पहुँच २७ वैशाख, २०७९।
- ↑ "सिक्किमका नेपाली कथाको ऐतिहासिक सर्वेक्षण", उत्तर बङ्गाल विश्वविद्यालय, अन्तिम पहुँच २७ वैशाख, २०७९।[स्थायी मृत कडी]