बङ्गलादेश प्रिमियर लिग
| राष्ट्रहरू | |
|---|---|
| प्रशासक | बङ्गलादेश क्रिकेट बोर्ड बिपिएल सरकार परिषद |
| स्वरूप | टि-२० |
| पहिलो प्रतियोगिता | २०१२ |
| पछिल्लो प्रतियोगिता | २०१७ |
| आगामी प्रतियोगिता | २०१९ |
| प्रतियोगिता स्वरूप | राउन्ड रोविन तथा प्ले अफ |
| टोली सङ्ख्या | ७ |
| वर्तमान विजेता | राङ्पुर राइडर्स |
| सबैभन्दा सफल | ढाका डाइनामाइटस् (३ उपाधि) |
| वेबसाइट | BPL |
बङ्गलादेश प्रिमियर लिग (बङ्गाली: বাংলাদেশ প্রিমিয়ার লিগ) बङ्गलादेशको व्यवसायीक टी-२० क्रिकेट लिग हो । जुन प्रतियोगितामा बङ्गलादेशका सात व्यवसायीक क्रिकेट टिमहरूले सहभागीता जनाउने गर्दछन् । यो क्रिकेट प्रतियोगिता सन् २०१२बाट सुरू भएको थियो ।
बङ्गलादेश प्रिमियर लिगको योजना बङ्गलादेश क्रिकेट बोर्डले २०११ मा गरेको थियो । भने पहिलो संस्करणको प्रतियोगिता ढाका तथा चिट्टागोङ् सहरका रंगशालामा भएको थियो । तर वर्तमान समयमा यस बङ्गलादेश प्रिमियर लिग विश्वका स्तरीय तथा चर्चित टि-२० क्रिकेट लिग अन्तर्गत रहेको छ।
यो प्रतियोगितामा सर्वाधिक सफल टोलीका रूपमा ढाका डाइनामाइट्स टिम रहेको छ । जसले हाल सम्म तीन उपाधिहरू जित्न सफल भएको छ । यस टिमले लगातार पहिलो दुई २०१२ र २०१३ को संस्करणमा उपाधि जितेको थियो । ढाका डाइनामाइट्स बाहेक कोमील्ला भिक्टोरियन्स तथा रङ्गपुर राइडर्सले एकएक पटक उपाधि जित्न सफल भएका छन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]इन्डियन प्रिमियर लिगको अत्याधिक सफलता पछि बङ्गलादेश क्रिकेट बोर्डले पनि आफ्नो देशमा फ्रेन्चाइज लिग गर्ने योजना बनाएको थियो । बङ्गलादेश पुरानो राष्ट्रिय लिग खारेज गरी २०१२ जनवरी १८ मा फ्रेन्चाइज लिग गर्नका निम्ति फ्रेन्चाइज लिगसँग ६ वर्षको लागि झन्डै ३५० करोडको सम्झौता गरेको थियो । त्यस पछि यो लिगको सुरूवाट तथा स्थापना भएको थियो ।
पहिलो बङ्गलादेश प्रिमियर लिगको आधिकारिक रूपमा विशेष शुभारम्भ ०९ फेब्रुअरी २०१२ का दिन ढाका स्थित बंगला राष्ट्रिय रंगशालामा भएको थियो । यस्तै १९ र १९ जनवरी २०१२ का दिन खेलाडी अक्सन कार्यक्रम सञ्चालन भएको थियो । २०१२ फेब्रुअरी ०९ गते सिल्अेथ रोयल्स र बरिसाल बर्नर्सका बिच यो प्रतियोगिताकै पहिलो तथा शुभारम्भ खेल भएको थियो ।
बङ्गलादेश प्रिमियर लिगमा सहभागीता जनाउने सातौ तथा हालसम्मको अन्तिम टिम रंगपुर राइडर्स टिम हो । जसले दोस्रो संस्करणबाट प्रतियोगितामा सहभागीता जनाएको थियो ।
प्रायोजकहरू
[सम्पादन गर्नुहोस्]यस प्रतियोगिताको पहिलो संस्करणमा डेस्टिनी समुहले प्रमुख प्रायोजन गरेको थियो । जसले एक वर्षको लागि ७.५ करोड (युएस $१.० मिलियन) प्रायोजन गरेको थियो । भने दोस्रो संस्करणको लागि १० करोड (युएस $१.५ मिलियन) प्रायोजन गरेको थियो । साथै पुरस्कारहरूमा समेत उक्त समूहसँग सम्झौता भएको थियो । १५ करोड रुपैयाँ वा २ मिलियन अमेरिकी डलर को साथ बीआरबी केबल्स लिमिटेडले २०१५ मा तेस्रो सिजनको लागि प्रायोजक बनेको थियो । अबुल खैर स्टील (एकेएस), अबुल खैर उद्योग लिमिटेडको एक सहायक कम्पनी, लिगमा चौथो र पांचौं संस्करणको शिर्षक प्रायोजक बनेको थियो ।
टेलिभिजन प्रसारण
[सम्पादन गर्नुहोस्]| राष्ट्र | वर्ष | च्यानल |
|---|---|---|
| २०१७-हालसम्म | गाजी टिभी मास्रंगा टेलिभिजन | |
| २०१७-हालसम्म | लेमर टिभी | |
| ढाँचा:Country data Caribbean | २०१७-हाल | फ्लो टिभी |
| २०१७-हालसम्म | डिस्पोर्टस | |
| २०१७-हालसम्म | जीओ स्पोर्ट्स | |
| २०१४-वर्तमानसम्म | स्टार टाइम्स | |
| २०१७-हालसम्म | टिकोन सिस्टम लि. | |
| २०१६-वर्तमानसम्म | स्पोर्टसफिज | |
| २०१६-हालसम्म | फ्रीस्पोर्टस् | |
| २०१६-हालसम्म | वील्लओ |