बाँके बकुल्ला
बाँके बकुल्ला बकुल्ला प्रजातिमा पर्ने होचो बर्णको पंक्षी हो। यो पंक्षी विशेष गरी रातमा र साँझको समयमा बढी सकृय हुने गर्छ। दिउँसोको समयमा यस प्रजातिको शरीर खैरो र हल्का कालो रङ्गको देखिन्छ। यस पंक्षीले पानी भएको क्षेत्र वरिपरि एक समूहमा प्रजनन गर्ने गर्छ। यो पंक्षी सफा पानीको मुहान नजिक वा तटीय क्षेत्रमा विश्व व्यापी रूपमा बसोबास गर्ने गर्छ।[१]
बाँके बकुल्ला | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | N. nycticorax
|
वैज्ञानिक नाम | |
Nycticorax nycticorax (कर्लस लिनियस, १७५८) | |
![]() | |
बाँके बकुल्लाको बासस्थान दायरा प्रजनन दायरा वर्ष भरि शीतकालिन दायरा
|
विवरण
[सम्पादन गर्नुहोस्]यस प्रजातिका बकुल्लाको एक वयस्कको लम्बाई ६४ सेमी (२५ इन्च) हुन्छ भने यसको तौल ८०० ग्रा (२८ औंस) हुन्छ। यस पंक्षीको कालो टाउको, खैरो र हल्का कालो शरीर, रातो आँखा र छोटो पहेँलो खुट्टाहरू हुन्छन्। यसको हल्का खैरो पखेटा हुन्छ भने यसको पखेटा तलको भाग सेतो हुन्छ। यस प्रजातिका भाले र पोथी हेर्दा खेरी एउटै देखिन्छन् यद्यपि भाले भने हल्का ठूलो हुन्छ। यो पंक्षी बकुल्ला प्रजातिहरू मध्ये सबैभन्दा फरक देखिने गर्छ। यस पंक्षीको कालो छोटो र तीखो ठुँड, छोटो र पहेँलो खुट्टा र छोटो घाँटी हुन्छ।
यस पंक्षीको युवा प्रजातिको टाउको, पखेटा र पछाडिको मधुरो खैरो र कहीँ कहीँ पहेँलो धब्बाहरू पनि देखिन्छ। यस पंक्षीको तल्लो भाग हल्का पहेँलो र खैरो हुन्छ। यसको पंक्षीको बच्चाहरूको सुन्तला रङ्गको आँखा र हल्का हरियो र पहेँलो खुट्टा हुन्छ। यस पंक्षीहरूले समूहमा हुँदा निकै आवाज निकाल्ने गर्छ।
वितरण र बासस्थान
[सम्पादन गर्नुहोस्]यस प्रजातिको बकुल्लाले मुख्यतया बसाइँसराइ गर्ने गर्छ र यसको बसाइँसराइ दायरा प्याटेगोनिया फैलिएको छ। यो पंक्षी विश्व व्यापी रूपमा दक्षिण र उत्तर अमेरिका, एसिया, युरोप र अफ्रिकामा पाइने गर्छन्।
बाँके बकुल्लाको बासस्थान भिन्न भिन्न ठाउँमा भएतापनि यी पंक्षी विषेश गरी तालको छेउछाउ, नदि, नहर, पोखरीमा आदिमा पाइन्छन्। यो पंक्षी समुद्र तटमा म्याङ्ग्रोभ क्षेत्र र हिलो भएको ठाउँमा पनि उत्तिकै मात्रामा पाइन्छ। यस पंक्षीको धान खेती पनि एक महत्त्वपूर्ण बासस्थान हो। यो पंक्षी कहिलेकाँही गाईवस्तु भएको ठाउँमा पनि पाइन्छ। [३]
प्रजनन दायरा
[सम्पादन गर्नुहोस्]यस पंक्षीले विश्व व्यापी रूपमा समुन्द्रीको किनार वा नुनिलो पानी भएको क्षेत्र वरिपरि प्रजनन गर्ने गर्छ। यस पंक्षीको अन्य उप प्रजातिहरूले भने उत्तर र दक्षिण अमेरिका देखि क्यानडा र अर्जेन्टिना देखि चिल्ली सम्म प्रजनन गर्छ। अन्य केही उप प्रजातिले भने दक्षिण अमेरिका देखि फल्कल्याण्ड टापु, युरोपका अधिकांश मुलुक, एसिया र अफ्रिका सम्म प्रजनन गर्ने गर्छ। यस पंक्षीले एक समुदायमा रहेर त्यसैको वरिपरि गुण बनाउने गर्छ। यस पंक्षीले विषेशगरि अग्लो रुखको टुप्पोमा गुण बनाउने गर्छ। यस पंक्षीले एक पटकमा ३ देखि ८ वटा सम्म अण्डा पार्ने गर्छ।
आहारा
[सम्पादन गर्नुहोस्]यस पंक्षीले मुख्यतया साँझ सकृय हुने भएकाले यसले साँझ र घाम डुबेपछि सिकार गर्छ। यस पंक्षीले आफ्नो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने गर्दछ। यसले आफ्नो सिकारलाई लामो दुरीबाटै ठम्याउन सक्छ र त्यसलाई निकैबेर हेर्छ र राम्रो मौका पायो भने आक्रमण गर्ने गर्छ। यसले आहारा समाउनका लागि चारोको पनि प्रयोग गर्छ जसमा यसले आफ्नो प्वाँख र रुखका पातहरू पानिमा हाल्ने गर्छ। यस पंक्षी निकै चलाख हुन्छ भने यसले आफ्नो आहारा पाउनका लागि मानिसले फालेका रोटि र अन्य खाद्य वस्तु पानीमा फाल्छ र त्यसलाई माछाले खान आउँद यसले माछालाई छोप्ने गर्छ। जमिनमा भने यसले आफ्नो सिकारलाई विस्तारै हिँडेर र दोडिएर समाउने गर्दछ। यसले माछाका अलावा किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा आदि खाने गर्छ।
स्थित
[सम्पादन गर्नुहोस्]यस पंक्षी विश्व लगभग सबै मुलुकहरूमा सहजै पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]-
बाँके बकुल्लाको अण्डा
-
टोबागोमा पाइने बाँके बकुल्ला
-
सर्प समात्दै गरेको एक बाँके बकुल्ला, ताइपेइ
-
आहारा खाँदै
-
उडिरहेको एक युवा बाँके बकुल्ला, क्यालिफोर्निया
-
दक्षिण भारतमा पाइने बाँके बकुल्ला
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "बाँके बकुल्लाको जानकारी", अल अवाउट बर्डस्।
- ↑ "Nycticorax nycticorax", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण २०१३.२, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
- ↑ "बाँके बकुल्लाको तस्वीर सङ्ग्रह र जानकारी", द आर्काइभ। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०३ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]

- "बाँके बकुल्ला", चराहरूको विवरण। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२५ मिति
- पंक्षी प्रजातिहरू
- बाँके बकुल्लाको जानकारी'
- अफ्रिकी बाँके बकुल्ला
- बाँके बकुल्ला वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-०८ मिति - इ नेचर
- फ्लिकरमा बाँके बकेल्लाका तस्वीरहरू
- पोर्चेगलमा पाइने बाँके बकुल्लाको विवरण
- "इन्टरनेट चरा सङ्कलन सम्बन्धित मिडियाहरू", इन्टरनेट चरा सङ्कलन।
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमा (ड्रेक्सल विश्वविद्यालय)