ध्यानी बकुल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ध्यानी बकुल्ला
वयस्क ध्यानी बकुल्ला
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पङ्क्षी
गण: Pelecaniformes
परिवार: Ardeidae
वंश: अर्डिया
प्रजाति: अर्डिया पर्पुरिया
वैज्ञानिक नाम
अर्डिया पर्पुरिया
(लिनियस, १७६६)

ध्यानी बकुल्ला ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने बकुल्लो प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।[२] यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, सिमसार क्षेत्र र म्याङ्ग्रुभ क्षेत्रहरूमा पाइन्छ। यसले अफ्रिका, मध्य र दक्षिणी युरोप, र दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।

यो हेर्दा खेरी फुस्रो बकुल्ला जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ। यो छल्नमा माहिर हुन्छ। यो पङ्क्षी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ। यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देेखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ।

विवरण[सम्पादन गर्ने]

वयस्क ध्यानी बकुल्ला, केन्या

यस चराको लम्बाइ ७८–९७ सेमी (३१–३८ इन्च) हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई १२०–१५२ सेमी (४७–६० इन्च) हुन्छ भने यसको उभिदाको उचाइ ७० बाट ९४ सेमी (२८ बाट ३७ इन्च) हुन्छ। [३] तथापि, यो पातलो हुन्छ र यसको तौल जम्मा ०.५ बाट १.३५ किग्रा (१.१ बाट ३.० पाउन्ड) हुन्छ। यो हेर्दा खेरी फुस्रो बकुल्ला जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ र वयस्कमा गाढा खैरो हुन्छ। वयस्क ध्यानी बकुल्लाको निधार हुन्छ र यो हेर्दा श्रीपेच लगाएको जस्तो देखिन्छ। यसको घाँटी पछाडिको भागमा धर्सा धर्सा परेको हुन्छ। यसको टाउको माथि रहेको श्रीपेच फुस्रो बकुल्लाको भन्दा छोटो हुन्छ जुन चाहिँ १४० मिमि (५.५ इन्च) सम्म हुन्छ।यसको पाखुराको प्वाँख चिप्लो खालको हुन्छ। यसको अन्य माथिल्लो भाग र पुच्छर भने खैरो र माटो रङ्गको हुन्छ। यसको घाँटीको अघिल्लो भाग भने अरू भाग भन्दा पहेँलो हुन्छ।[४]

वितरण र वासस्थान[सम्पादन गर्ने]

ध्यानी बकुल्ला, हरियाणा भारत
फुस्रो बकुल्ला हेर्दा पहेँलो हुन्छ

ध्यानी बकुल्ला युरोप, एसिया, हिमालय, अरबी प्रायद्विप र उत्तर अफ्रिकामा पाइन्छ। यसले युरोप, एसिया र अफ्रिकामा प्रजानन गर्दछ। पश्चिमी जातिको यस पङ्क्षीको दायरा भने दक्षिणी स्पेन र उत्तरी अफ्रिकाबाट दक्षिणपश्चिम र पूर्वी युरोपमा कजाखस्तानको बलखास तालसम्म फैलिएको छ। अफ्रिकामा, यसले सेनेगल हुँदै पुर्वी तटिय क्षेत्र र माडागास्करमा प्रजनन गर्दछ। पश्चिमी जातिको यस पङ्क्षीको दायरा भने भारतीय उपमहाद्वीपबाट फैलिएको छ, पुर्वमा पुर्वी चीन देखि फिलिपिन्स सम्म र उत्तरतिरको अमुर नदि र उसुरी नदिको किनारा ४९°उत्तर सम्म फैलिएका छन्। यसको दक्षिणी जाति माडागास्करमा प्रतिबन्धित छन्[५]केप भर्डमा रहेको यसको थोरै जनसङ्ख्यालाई भने कुनै नियायबाट छुट्टै जातिको रूपमा मान्यता दिएको छ।

अक्टोबर र अगस्ट महिना भित्र, पश्चिम क्षेत्रमा रहेका चराहरू दक्षिण देखि उष्ण अफ्रिकामा बसाइँसराइ गर्दछन् भने मार्चको महिनामा भने चराहरू पुन: उत्तरतर्फनै फर्कने गर्दछन्। पुर्वमा रहेको यसको जनसङ्ख्या भने बसाइँसराइ गर्दैनन, तर उत्तरी भागका केही चराहरू भने दक्षिणतर्फ, कोरिया, थाइल्यान्डमलेसियासम्म उड्ने गर्दछन्। अफ्रिकी चराहरू भने बसाइँसराइ गर्दैनन्।[५]

यो म्याङ्ग्रभको हिले क्षेत्रमा पाइन्छ र यो बस्नको लागि ताजापानी रोज्दछ र प्राकृति वास्स्थानमा बस्दछ। यो नदीको किनारा, डुङ्गा र नहरहरूमा पनि भेटिन्छन्।[४] केप भर्डे टापुमा, यो खुल्ला आकाशहरूमा देख्न सकिन्छ।[५]

व्यवहार[सम्पादन गर्ने]

यसको उडान ढिलो हन्छ, यसको घाँटी र खुट्टा लामो हुन्छ र यसको खुट्टा भने पुच्छर सम्म पुग्दछ। यसको यही गुणले गर्दा यो सारस र अन्य यस्तै देखिने चराहरू भन्दा अलग देखिन्छ अरु चराहरूले भने उडान भर्ने बेलामा आफ्नो घाँटी तन्काउने गर्दछन्। यस चराले कुरा लुकाउने गर्दछ र फुस्रो बकुल्लाको तुलनामा यसले खुला ठाउँमा धेरै समय बिताउदैन र प्राकृतिक वसस्थानमा वस्न रूचाउँछ। यसको नङ्ग्रा लामो हुन्छ त्यसैले यो हिलोमा वा पानिमा तैरिन सक्दछ र यो कहिलेकाहीँ झाडीहरूमा पनि हिलोमा हिडे जसरीनै हिँड्न गर्दछ। यो रूखको हाँगा समातेर बस्दैन। यो बिरलै मात्र रुखको हाँगामा बस्छ र अधिकाङ्स जमिनमै बस्ने गर्दछ।[४]

यो उषा र गोधुलि बेलामा बढी सक्रिय हुने गर्दछ। यो अन्य चराहरूका साथ मध्यदिन र रातमा वास बस्ने गर्दछ तथापि आमाले भने बच्चा हुर्काउने बेलामा रात्रिकालिन कार्यहरूमा बढवा दिन्छ। यो अलि कम गहिराइ भएको पानीमा यसले आफ्नो शक्तिशाली चुच्चाको प्रयोग गरि माछा समात्ने गर्दछ। यो कहिलेकाहीँ आहार कुर्दे हलचल नगरिकन बस्छ र आहारा देख्ना साथ बिस्तारै अगाडि बढ्दछ। यसको खानामा प्रायः माछा, साना स्तनधारीर उभयचर, चरा, सर्प, छेपारो, किरा, माकुरो आदि हुन्छन्। जमिनमा पाइने किरा, यसको किराहरू मध्ये प्रमुख खाना हो। यसले फटयाङ्ग्रो, मौरी र माखाहरू पनि खाने गर्दछ।[४]

अण्डा सङ्कलन, जर्मनी

ध्यानी बकुल्लाले प्रायः चराहरूको ठूलो समूहमा प्रजनन गर्दछ तर यसले कहिलेकाहीँ भने गुँड र एकान्तमा पनि प्रजनन गर्ने गर्दछ। यसको अण्डा प्रायः हरियो र निलो हुन्छ जसको लम्बाई ४५ देखि ५६ मिमि (२.२० देखि १.७७ इन्च) सम्म हुन्छ। यसले सामान्यतया ४ देखि ५ वटा अण्डा पार्दछ र कहिलेकाहीँ सात देखि आठ अोटा सम्म पनि पार्ने गरेको छ। अण्डाहरू प्राय: ३ दिनको अन्तरालमा पार्ने गर्दछ। यसले अोथारो १ वटा अण्डा पारेपछि वा सबै अण्डा पारे पश्चात बस्ने गर्दछ। दुबै भाले र पोथीले अोथारो बस्ने गर्दछन्। जुन २४ देखि २८ दिन सम्म हुने गर्दछ। वयस्कले खाना ल्यायो भने बच्चाहरूले सिधै माउको चुच्चोबाट खाना खाने गर्दछन्। वयस्कले खाना टुक्राउने गर्दछन्। बच्चाहरू ६ हप्तामा उड्न लायक हुन्छन् र २ महिनामै स्वतन्त्र हुँदै माउबाट सदाका लागि विधा हुन्छन्।[४]

स्थिति[सम्पादन गर्ने]

विश्वमा यसको लगभग २७०,००० देखि ५७०,००० सङ्ख्यामा ध्यानी बकुल्ला रहेको अनुमान गरिएको छ। यसको जनसङ्ख्या बिस्तारै घटेतापनि, यसको घट्दो दरले असुरक्षित प्रजातिको मापदण्ड पूरा नगरेकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको रूपमा वर्गीकरण गरेको छ।[१] यस पङ्क्षीले हाल हिले क्षेत्रको बिनास र विभिन्न प्राकृतिक बासस्थानको कमीको समस्य भोगेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ बर्डलाइफ इन्टरनेसनल (२०१२), " अर्डिया पर्पुरिया", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीका असुरक्षित प्रजातिहरू (अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ) २०१२: e.T२२६९७०३१A४०२९७६०२, अन्तिम पहुँच नोभेम्बर २०१५ 
  2. जबलिङ, जेम्स ए (२०१०). क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम. लन्डन: क्रिस्टोफर हेल्म. pp. ५४, ३२५. ISBN 978-1-4081-2501-4. 
  3. "ध्यानी बकुल्लाको भिडियो, तस्वीर र तथ्य", आर्काइभ, अन्तिम पहुँच १८ अक्टोबर २०११ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ विदरबाइ, एच एफ, सं (१९४३). बेलायती चराहरूको हातेपुस्तक ३अौँ संस्करण. एच एफ र जी विदरवाई लिमिटेड. pp. १३३–१३७. 
  5. ५.० ५.१ ५.२ हनकक, जेम्स; कुसलन, जेम्स ए (2010). बकुल्ला सम्बन्धित हाते पुस्तक. ब्लुमबरी पब्लिसिङ. pp. १०८–११०. ISBN 978-1-4081-3496-2. https://books.google.com/books?id=ldzxpcqepksC&pg=PT108. 

बाह्य कडीहरू[सम्पादन गर्ने]