बुटवल सौर्य उर्जा केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

 

बुटवल सौर्य उर्जा केन्द्र
देशनेपाल
निर्माण स्थितिo
Commission date२०२०

बुटवल सौर्य उर्जा केन्द्र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित छ। प्लान्टको स्वामित्व र सञ्चालन रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा रहेको छ। यो केन्द्र सन् २०२० को अक्टोबरबाट सञ्चालनमा आएको थियो [१]

यस केन्द्रमा ३२,६४० वटा सौर्य प्यानेले ८.५ मेगावाट विद्युत उत्पादन गर्छ। यसले लगभग २६ बिघा जमिन ओगटेको छ। [२] आयोजनाबाट उत्पादित बिजुली तिलोत्तमाको ३३ केभी बुटवल सबस्टेसनमा जोडिएको छ । सोलार स्टेशनले दिउँसो मात्रै ऊर्जा उत्पादन गर्छ। [३]

उक्त आयोजना रु ६५.५ करोडको लागतमा १० महिनामा निर्माण गरिएको हो । [३] बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक र नेपाल बङ्गलादेश बैंकले यो योजनामा ऋण लगानी गरेका छन् । [४] उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई २५ वर्षसम्म प्रतियुनिट ७.३ रुपैयाँको दरमा बिक्री गरिन्छ । [२] २५ वर्षपछि नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण हुनेछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Construction License :: Solar", अन्तिम पहुँच २०२०-११-०२ 
  2. २.० २.१ "Butwal Solar Power Project (8.5 MW) Connected To National Transmission Line", Investopaper, अन्तिम पहुँच २०२०-११-०२ 
  3. ३.० ३.१ "- Ridi Hydropower Development Company Limited", अन्तिम पहुँच २०२०-११-०२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-०५ मिति
  4. Magazine, New Spolight, "BoK To Finance 8.5 MW Solar Plant In Butwal", SpotlightNepal, अन्तिम पहुँच २०२०-११-०२