बोनिता शर्मा
बोनिता शर्मा (अङ्ग्रेजी: Bonita Sharma) नेपाली स्वास्थ्य तथा पोषण अभियन्ता हुन्। उनी सोशल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सचइ) चलाउँछिन् र २०१९ मा बीबीसीको १०० महिला मध्ये एकको रूपमा सूचीबद्ध भएकी थिइन।[१][२]
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]शर्मा नेपालमा जन्मिएका हुन्। उनले पूर्वाञ्चल विश्वविद्यालयमा जनस्वास्थ्यमा बीए र त्रिभुवन विश्वविद्यालयबाट पोषणमा स्नातकोत्तर गरेकी थिइन्।[३]
बोनिता शर्माले सन् २०१७ मा सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सचइ) को स्थापना गरेकी थिइन।[४] यो एक गैर-लाभकारी संस्था हो, जसले कुपोषण उन्मूलन गर्न र विशेष गरी महिला र बालबालिकाको लागि राम्रो स्वास्थ्यलाई प्रोत्साहित गर्ने लक्ष्य छ।[५] कुपोषणबाट हुने बालमृत्यु घटाउनको लागि, उनले न्यूट्रिबिड्स (पोषण माला) नामक ब्रेसलेट ल्याइन् जसले आमाहरूलाई आफ्ना बच्चाहरूको लागि खानाको योजना बनाउन मद्दत गर्छ।[१] सन् २०१६ मा, नयूत्रीबिड्स एसिया प्यासिफिक युवा नवाचार चुनौती जितेको थियो।[३] ब्रेसलेट बिक्रीबाट उठेको नाफाबाट सोचाईले पूर्वी नेपालको मोरङ जिल्लामा प्रकोपबाट प्रभावित आमा र बालबालिकालाई सहयोग गर्न सक्षम भएको छ।[३]
सोचाई महिलाहरूले विभिन्न रंगहरू प्रयोग गरेर आफ्नो महिनावारीको योजना बनाउन सक्ने गरी २८ वटा मोती भएका रातो साइकल ब्रेसलेटहरू पनि उत्पादन गर्दै आएको छ।[६] शर्माले पोषण, गर्भपतन र कोविड-१९ जस्ता महिलाहरूलाई असर गर्ने मुद्दाहरूमा लेख्छन्।[७][८] शर्माको नाम सन् २०१९ मा बीबीसीको १०० महिलाहरूको सूचीमा घोषणा गरिएको थियो र उनी बालिकाको शिक्षाको अधिकारका लागि मलाला कोषको भागको रूपमा युनेस्को महिला च्याम्पियन हुन्।[१][४] उनले वन यंग वल्र्डले प्रस्तुत गरेको लीड २०३० च्यालेन्जको जीरो हंगर श्रेणीको अवार्ड पनि जितेकी थिइन्, जसले उनलाई $५०,००० दिएको थियो।[३] बोनितालाई बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा गोलकिपर ग्लोबल गोल्स प्रोग्रेस अवार्ड २०२० पनि प्रदान गरिएको छ।[९][१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "BBC 100 Women 2019: Who is on the list?", BBC News, १६ अक्टोबर २०१९, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२०, "In a bid to tackle child deaths to malnutrition, she designed Nutribeads, a bracelet for new mums with different coloured beads to remind them what to feed their babies."
- ↑ "Bonita Sharma in BBC 100 women 2019 list", The Himalayan Times, अन्तिम पहुँच १८ जुन २०२३।
- ↑ ३.० ३.१ ३.२ ३.३ Rijal, Ajita, "The Rising Nepal: Bonita, latest inspiration to Nepali youth", The Rising Nepal, मूलबाट ८ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-०८ मिति
- ↑ ४.० ४.१ "Bonita, a young change-maker inspires girls and women in Nepal through education", UNESCO (अङ्ग्रेजीमा), २३ जनवरी २०१९, मूलबाट ११ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२०।
- ↑ "Bonita Sharma in 'BBC 100 women 2019' list", My City (अङ्ग्रेजीमा), १६ अक्टोबर २०१९, मूलबाट ९ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२०।
- ↑ "Accelerating mission nutrition, Bonita Sharma", TNM, मूलबाट ७ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०७ मिति
- ↑ Sharma, Bonita, "How about stepping into our shoes? – September 28 Campaign", September 28, मूलबाट २८ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२०।
- ↑ Sharma, Bonita (१८ मार्च २०२०), "Stop the spread of fake news", Kathmandu Post (Englishमा), मूलबाट ९ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२०।
- ↑ "We Are Goalkeepers", www.gatesfoundation.org, अन्तिम पहुँच ५ अक्टोबर २०२०।
- ↑ "2 OYW Ambassadors named Goalkeepers Award Winners", www.oneyoungworld.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ अक्टोबर २०२०।