ब्याक टु डिसेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"ब्याक टु डिसेम्बर"
टेलर स्विफ्टको एकल
सार्वजनिक१५ नोभेम्बर २०१० (2010-11-15)
ढाँचाडिजिटल डाउनलोड
किसिम
लम्बाई:५३ (वास्तविक)
:११ (सम्पादित)
लेबलबिग मेसिन
गीतकार(हरू)टेलर स्विफ्ट
रेकर्ड निर्माता(हरू)
  • नेथन च्यापमेन
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट एकल कालक्रम
"माइन"
(२०१०)
"ब्याक टु डिसेम्बर"
(२०१०)
"मिन"
(२०११)
साङ्गीतिक भिडियो
"ब्याक टु डिसेम्बर" युट्युबमा हेर्नुहोस्

ब्याक टु डिसेम्बर अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको तेस्रो स्टुडियो एल्बम स्पिक नाउका लागि रेकर्ड गराइएको थियो। एल्बमको पाँचौँ एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्स र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्पिक नाउ साङ्गीतिक सङ्गालोको दोस्रो एकल गीतको रूपमा यस गीतलाई १ नोभेम्बर २०१० मासंयुक्त राज्य अमेरिकाको कन्ट्री रेडियो मार्फत सार्वजनिक गरिएको थियो। स्विफ्टका अनुसार, "ब्याक टु डिसेम्बर" पहिलो गीत हो जसमा उनले गीत मार्फत कसैसँग माफी मागेकी थिइन्। विश्लेषकहरू अनुमान गर्छन् कि गीत टेलर लुट्नर स्विफ्टको पूर्व प्रेमीको बारेमा छ जुन पछि लुट्नद्वारा स्वीकार गरिएको थियो। ब्याक टु डिसेम्बर डिसेम्बर" एक कण्ट्रि पप सङ्गीत मानिन्छ र यस गीतका शब्दहरूले एक पूर्व प्रेमीसँग सम्बन्ध विच्छेदको लागि क्षमाको लागि माफी मागेको छ।


ब्याक टु डिसेम्बरले विश्लेषकहरूद्वारा प्रशंशा समीक्षा प्राप्त गरेको थियो जसले यस गीतलाई स्पिक नाउको मुख्य आकर्षण मान्दछन्। विश्लेषकहरूले यस गीतमा प्रयोग गरिएको स्वर, सङ्गीत र शब्दको तारिफ गरेका थिए। यो गीत अमेरिकी बिलबोर्ड हट १००मा शीर्ष ६ मा र क्यानडाको क्यानडेली हट १०० मा शीर्ष ७ मा पर्न सफल भएको थियो। यो गीत बिलबोर्ड हट कन्ट्रि सङ्सको तालिकामा शीर्षक स्थानमा ओगट्न सफल थियो। गीतले अन्तर्राष्ट्रिय स्तरमा मध्यम सफलता प्राप्त गर्दै न्युजील्याण्डमा २४ औँ स्थान र अष्ट्रेलियामा २६ औँ स्थानमा पर्न सफल भएको थियो।


आधिकारिक सङ्गीत श्रव्य दृश्य युआना लिमोन द्वारा निर्देशित गरिएको थियो जसले स्विफ्ट र उनको प्रेमीको बीचमा सम्बन्ध विच्छेदन परिणामलाई विलाप गर्दछ। साङ्गीतिक श्रब्य दृश्यलाई विश्लेषकहरूले सकारात्मक समीक्षा गरेका थिए। स्विफ्टले ब्याक टु डिसेम्बर गीतको प्रत्यक्ष प्रस्तुति पनि दिएकी थिइन् जसमा ४४ अौँ वार्षिक कन्ट्रि सङ्गीत सङ्घ पुरस्कार र ३८अौँ अमेरिकी सङ्गीत पुरस्कार समावेश छन्।

पृष्ठभूमि तथा सार्वजनिक[सम्पादन गर्नुहोस्]

स्विफ्टका अनुसार "ब्याक टु डिसेम्बर" गीतले स्विफ्टले कहिल्यै नगरेको कुरामा पूर्व प्रेमी समक्ष माफ मागेकी थिइन्।[२][३] उनी जारी भनिन्, "मैले पहिले गीतमा माफी माग्नु पर्ने आवश्यकता कहिल्यै महसुस गरेकी थिइन" तर पछिल्लो दुई वर्षमा मैले धेरै किसिमको पाठ सिकेको छु र यसमा धेरै किसिमका पाठहरू पनि अनुभव गरेको छु।[३] [२][४] कहिलेकाहि तिमी धेरै ढिलो पाठ सिक्छौ र त्यस बिन्दुमा तिमले लापरबाही गरेका कारण तिमीले माफ माग्नु पर्छ।[५] विश्लेषकहरूले अनुमान गरेका छन् कि गीत उनको पूर्व प्रेमी, द ट्वाइलाइट सागाका अभिनेता टेलर लट्नर हुन्।[६] ब्याक टु डिसेम्बर पहिलो पटक १२ अक्टोबर २०१० का दिन आइट्युन्स स्टोर मार्फत स्पिक नाउ साङ्गीतिक सङ्गालोको प्रमुख एकलको रूपमा सार्वजनिक गरिएको थियो। १५ नोभेम्बर २०१० मा यस गीत स्पिक नाउ एल्बमको दोस्रो एकलको रूपमा गारि गरिएको थियो। [७]

तालिका[सम्पादन गर्नुहोस्]

साप्ताहिक तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०१०–११) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[८] २६
 क्यानडा (क्यानडेली हट १००)[९]
 क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[१०] ३४
 क्यानडा (क्यानडा कन्ट्री)[११]
 क्यानडा (क्यानडा हट एसी)[१२] २९
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[१३] २४
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१४]
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[१५] १४
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[१६] ११
 संयुक्त राज्य अमेरिका (हट कन्ट्रि गीत) (बिलबोर्ड)[१७]
 संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[१८] ११

वर्ष-समाप्ति तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०११) स्थान
संयुक्त राज्य बिलबोर्ड हट १०० ७४
संयुक्त राज्य कन्ट्रि सङ्गीत (बिलबोर्ड) ३८
संयुक्त राज्य वयस्क समकालीन (बिलबोर्ड) ३०
संयुक्त राज्य वयस्क पप सङ्गीत्र (बिलबोर्ड) ४२
संयुक्त राज्य रेडियो सङ्गीत (बिलबोर्ड) ५८

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देशहरू प्रमाणपत्र बिक्री
 क्यानडा (क्यानडा म्युजिक) गोल्ड
[१९]
+ ४०,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए) २× प्लेटिनम

[२०]

+ २,००,००,००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिति ढाँचा रेकर्ड लेबल
 संयुक्त राज्य अमेरिका १२ अक्टोबर २०१० डिजिटल डाउनलोड बिग मेसिन रेकर्ड्स
१४ नोभेम्बर २०१०[२१] रेडियो
३० नोभेम्बर २०१०[२२] मेनस्ट्रिम रेडियो
 संयुक्त अधिराज्य २० मार्च २०११[२३] डिजिटल डाउनलोड युनिभर्सल रेकर्डस्

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Taylor Swift Back To December Chart History", अन्तिम पहुँच १० मार्च २०१८ 
  2. २.० २.१ "VIDEO: Taylor Swift Explains Apology Song 'Back to December'", People.com, २०१०-११-२३, मूलबाट ७ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-११-२६ 
  3. ३.० ३.१ Jennifer Still (२०१०-१०-१३), "Swift: 'Back To December is an apology'", Digitalspy, मूलबाट १६ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-११-२६ 
  4. "Taylor Swift apologizes (to Taylor Lautner?) in 'Back to December'", Entertainment Weekly, २०१०-१०-१२, मूलबाट ७ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-११-२६ 
  5. Kickham, Dylan (अगस्ट ९, २०१६), "Taylor Lautner confirms Taylor Swift's 'Back to December' is about him", Entertainment Weekly, अन्तिम पहुँच अगस्ट ९, २०१६ 
  6. "SPEAK NOW 3-WEEK ITUNES COUNTDOWN!", Taylorswift.com, सेप्टेम्बर २७, २०१०, मूलबाट जनवरी ७, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १५, २०१० 
  7. "R&R :: Going For Adds :: CHR/Country", Gfa.radioandrecords.com, Radio & Records, नोभेम्बर १५, २०१०, मूलबाट मार्च १६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १५, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मार्च १६, २०१२ मिति
  8. "Australian-charts.com – Taylor Swift – Back to December" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- January 11, 2012.
  9. "Taylor Swift – चार्ट इतिहास" क्यानडेली हट १०० Taylor Swift. अन्तिम पहुँच मिति January 11, 2012.
  10. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा Taylor Swift. अन्तिम पहुँच मिति November 7, 2017.
  11. "Taylor Swift – चार्ट इतिहास" Billboard Canada Country for Taylor Swift. अन्तिम पहुँच मिति November 7, 2017.
  12. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी Taylor Swift. अन्तिम पहुँच मिति November 7, 2017.
  13. "Charts.org.nz – Taylor Swift – Back to December" शीर्ष ४० एकल अन्तिम पहुँच मिति January 11, 2012.
  14. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड हट १०० for Taylor Swift. अन्तिम पहुँच मिति January 13, 2011.
  15. "Taylor Swift – चार्ट इतिहास" Billboard Adult Contemporary for Taylor Swift. अन्तिम पहुँच मिति March 28, 2011.
  16. "Taylor Swift – चार्ट इतिहास" Billboard Adult Pop Songs for Taylor Swift. अन्तिम पहुँच मिति January 20, 2011.
  17. "Taylor Swift – चार्ट इतिहास" Billboard Hot Country Songs for Taylor Swift. अन्तिम पहुँच मितिJanuary 13, 2011.
  18. "Taylor Swift – चार्ट इतिहास" Billboard Pop Songs for Taylor Swift. अन्तिम पहुँच मिति January 13, 2011.
  19. "टेलर स्विफ्ट ब्याक टु डिसेम्बर" (अङ्ग्रेजीमा), क्यानडा म्युजिक, ४ जुलाई २०११। 
  20. "टेलर स्विफ्टको ब्याक टु डिसेम्बर गीत" (अङ्ग्रेजीमा), आरआइएए, २२ अगष्ट २०१४। 
  21. "Back to December - Single by Taylor Swift on Apple Music", २५ अक्टोबर २०१०। 
  22. "Radio Industry News, Music Industry Updates, Arbitron Ratings: 11/30 Mainstream", FMQB, Friday Morning Quarterback Album Report, Inc. and Mediaspan Online Services, मूलबाट १५ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-०७ मिति
  23. "Back To December (2011) - Taylor Swift - MP3 Downloads 7digital United Kingdom", १७ जुन २०१२, मूलबाट १७ जुन २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १७ जुन २०१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]