ब्याडमिन्टन
| उच्चतम अन्तराष्ट्रिय संस्था | विश्व ब्याडमिन्टन सङ्घ |
|---|---|
| पहिलो खेल | १९ शताब्दी |
| अभिलक्षण | |
| सम्पर्क | × |
| टिम सदस्य | एकल र युगल |
| श्रेणीकरण | खेल |
| उपस्थिति | |
| ओलम्पिक | १९९२-वर्तमान सम्म |
ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेलमध्ये एक हो। यो खेल एकल र युगल गरी दुई ढङ्गबाट खेलिन्छ। व्यक्तिमा स्फूर्ति, लचकता, स्थिरता तथा सन्तुलनको विकास गर्नुका साथै शारीरिक तथा मानसिक स्वस्थ्यताका निम्ति ब्याडमिन्टन खेल खेल्ने गरिन्छ।
इतिहास तथा पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]यो खेल मुख्यतः अङ्ग्रेजहरूले प्रचलनमा ल्याएको खेल हो। सन् १८२० तिर भारतको पुणेमा समेत खेलिएको भनिएको यो खेल बेलायतका ड्युक अफ वियुफोर्टले पाहुनाको मनोरञ्जनका लागि सन् १८७० मा नियमवद्ध रूपमा खेलाएपछि यो खेलको आधिकारिक सुरुवात भएको थियो। सन् १९३४ सम्ममा यस खेलको अन्तर्राष्ट्रिय सङ्घ विश्व ब्याडमिन्टन सङ्घस्थापना भएको थियो। सन् १९६२ मा एसियाली खेल प्रतियोगिता र सन् १९९२ देखि ओलम्पिक खेलमा यसलाई स्थान दिइएको थियो। नेपालमा भने ब्याडमिन्टन वि.सं. १९८९ देखि खेल्न थालिएता पनि वि.सं. २००८ सालमा मात्र नेपाल ब्याडमिन्टन सङ्घ स्थापना भएको थियो।
खेल्ने तरिका
[सम्पादन गर्नुहोस्]मुख्यतया ब्याडमिन्टन तीन प्रकारले खेलिन्छ जस्तैः
- एकल
एक जना पुरूष वा एक जना महिला मात्र खेल्ने।
- युगल
दुई जना पुरूष र दुई जना महिला बिच हुने।
- मिश्रित युगल
एकै समूहमा १ पुरूष र १ महिला गरी दुई समूह बिच हुने प्रतिस्पर्धा।
खेलको नियम
[सम्पादन गर्नुहोस्]ब्याडमिन्टन खेलका केही नियमहरू:
- यस खेलमा पैसा उफारेर, चिठ्ठा हालेर तथा टस गरी सर्वप्रथम कोर्ट या सर्भिस पालोको सुरुवात गरिन्छ।
- सर्भिस दाँयाबाट गरिन्छ। जुनतर्फ सर्भिस हुन्छ त्यसै तर्फको खेलाडीले थाप्नुपर्छ भने अर्कोले छुन पाउँदैन।
- अङ्क प्राप्त भएपछि साइड चेन्ज हुन्छ।
- एकलमा पछाडिको बाहिरको लाइनलाई लङ सर्भिस भनिन्छ। युगलमा पछाडिको भित्रको लाइन मानिन्छ।
- खेलाडीले नेट छुन पाउँदैन।
- विपक्षी तयार नभएसम्म सर्भिस गर्न पाइदैन।
- दुवैतर्फबाट १-१ सेट जितेपछि आराम गर्न दिइन्छ।
- सटक कर्कलाई एउटै खेल वा पालोमा दुई पटक हानेमा फाउल हुन्छ।
- एक सेट जित्न कम्तीमा २१ अङ्क ल्याउनु पर्दछ।
- आदि।
सीपहरू
[सम्पादन गर्नुहोस्]मुख्यत ब्याडमिन्टन खेलमा ५ प्रकारकम सीपहरू हुन्छन्। ती ५ सीपहरू जस्तै:-
- ग्रिपिङ
- सर्भिस
- ट्रोक
- फुटवर्क
- ड्रपसट
खेल सामग्री
[सम्पादन गर्नुहोस्]ब्याडमिन्टन खेलका खेल सामग्रीहरू जस्तैः
- अन्य जानकारीहरू
- कोर्ट संरचना : ४४ × १७ × २० फिटको
- नेट : लम्बाइ २० फिट र चौडाइ २.६ फिट, जमिनबाट ५.१ फिट अग्लो
- सटक कर्क : १४-१६ प्वाँखको ४.७३/५.५० ग्रामको
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://www.badmintonbuys.com/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-१४ मिति
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]