सामग्रीमा जानुहोस्

भरत शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरत शमशेर जङ्गबहादुर राणा
अध्यक्ष, नेपाल राष्ट्रवादी गोर्खा परिषद्
पदमा
२००७–२०१७
प्रमुख प्रतिपक्षी नेता
पदमा
२०१७ असार ४[]  २०१७ पुस १
व्यक्तिगत विवरण
जन्मअन्दाजी 1929–1930
निधन२६ साउन २०७५
दलनेपाल राष्ट्रवादी गोर्खा परिषद्
आफन्तचन्द्र शमशेर राणा (great-grandfather)

भरत शमशेर जङ्गबहादुर राणा नेपाली राजनीतिज्ञ तथा बङ्गाली चलचित्र निर्माता थिए।[] राणा नेपालको संसदीय इतिहासमा पहिलो प्रमुख प्रतिपक्षी नेताको थिए।

२००७ मा राणाशासनको अन्त्य र प्रजातन्त्रको घोषणा पछि भारत शमशेरले गोरखा दल (खुकुरी दल) स्थापना गरेका थिए। राणा शासन अन्त्यबाट रुष्ट बनेका मानिसहरू यो दलमा लागेका थिए। २००७ चैत्रमा गृहमन्त्री बिपी कोइरालामाथि आक्रमणको घटनापछि सरकारले गोर्खा दलमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धित गोरखा दल २००८ मा गोर्खा परिषदका नामबाट पुनर्गठन भएको थियो।

२००९ मा नेपाली काङ्ग्रेस र गोरखा दलबीच भएको झडप पछि सरकारले भरत शमशेरलाई गिरफ्तार गरेको थियो। पछि सरकारद्वारा गठित न्यायिक आयोगले छानबीनमा निर्दोष पाएपछि उनी रिहा भएका थिए।

२०१५ को आम निर्वाचन

[सम्पादन गर्नुहोस्]

२०१५ को आम निर्वाचनमा दोस्रो भएको थियो। गोर्खा परिषदले ८६ स्थानमा उम्मेदवारी दिएकोमा जम्मा १९ स्थानमा जित निकाल्न सकेको थियो भरत शमशेर धादिङबाट निर्वाचित भएका थिए।

निर्वाचन पछि नेपाली काङ्ग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो। राणा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पहिलो संसदमा थिए।

२०१७ को घटना

[सम्पादन गर्नुहोस्]

२०१७ मा, राजा महेन्द्रको २०१७ पुष १ को शाही कदममा गिरफ्तार गरिएको थियो, तर उनले राजाको समर्थन गरेपछि अर्को वर्ष रिहा गरियो।[] उनले धेरै बङ्गाली चलचित्र पनि निर्माण गरेका थिए। उनले सत्यजित रेको बहुप्रशंसित चलचित्र सीमावाद पनि निर्माण गरेका थिए।[]

राणाको १० अगस्त २०१८ मा कोलकातामा मृत्यु भयो।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "वामपन्थीको नजरमा विपी, जगत नेपाल", अन्तिम पहुँच चैत २८, २०७८[स्थायी मृत कडी]
  2. 1 2 3 "Bharat Shamsher, 89, dies in Kolkata", The Kathmandu Post (Englishमा), मूलबाट ६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०२१
  3. "The Calcutta Connection", GorakhaPatra (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-०१
  4. "A brother’s tribute to Bharat Shumsher", Nepali Times (en-USमा), मूलबाट १४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०२१ अभिलेखिकरण १४ अगस्ट २०१८ वेब्याक मेसिन
  5. "भरत शमशेर, बीपीका आलोचक हुँदै समर्थक" (नेपालीमा), मूलबाट १४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०२१