नेपाल राष्ट्रवादी गोर्खा परिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल राष्ट्रवादी गोर्खा परिषद

गोर्खा परिषद
अध्यक्षभरत शमशेर
स्थापना२००७
विचारधारापुरातनवाद
राजतन्त्रवादी
राणा शासनवादी
राष्ट्रवाद
राजनीतिक स्थानदक्षिणपन्थी
निर्वाचन चिह्न

नेपाल राष्ट्रवादी गोर्खा परिषद राणा शासनको हिमायती मानिने राजनीतिक पार्टी थियो । पार्टीको स्थापना पूर्ववर्ती राणा वंशका सदस्यहरूले वि.सं २००७ मा गरेका थिए। पार्टीको नेतृत्व भरत शमशेर जबरामेजर जनरल मृगेन्द्र शमशेर जबरा र रणधीर सुब्बाले गरेका थिए। [१]

२०४६ सालमा एउटा समूहले यही नाममा पार्टीको पुनर्गठन गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

वि.सं. २००८ मा बीपी कोइरालाको निवासमाथि आक्रमणको घटनापछि सरकारले गोर्खा दलमाथि प्रतिबन्ध लगाएको थियो । वि. सं. २००८ साल जेठ २९ गतेका दिन बिहान सबेरै गोरखा दलका जनरल सेक्रेटरी भरतसमशेर जबरा र गोरखा लिगका सदस्य रणधीर सुब्बालाई सरकारले गिरफ्तार गर्‍यो र केही घण्टासम्म सदर कोतवालीमा राखी त्यसपछि सदर जेलमा पठायो। उनीहरुलाई के कारणले गिरफ्तार गरिएको थियो, सो कुरा सरकारले जनाएको थिएन ।

जेठ ३० का दिन ३ बजेतिर ३०/४० जवान बबरमहलका तलबी आठपहरियाहरु गोरखा दलको झण्डामा विभिन्न प्रकारका नारा लगाउँदै सदर जेलखानामा गए र जेलखाना तोडी भरतसमशेरलाई जेलबाट उम्काए । भरतसमशेर जेलबाट उम्किएपछि आफ्नो मोटरमा केही शागिर्दका साथ टुँडीखेलतर्फ लागे । बाँकी उनका सहयोगी गोरखा दलका सदस्य आठपहरियाहरुले हातमा नांगा खुकुरी लिई त्रिपुरेश्वरस्थित गृहमन्त्री वीपी कोइराला निवासमा गेष्ट हाउसमा गई हमला गरे । त्यसबखत गृहमन्त्री वीपी कोइराला र श्री गणेशमानसिंह साथै थिए ।

वीपी कोइरालाले गोली प्रहार गर्दा गोर्खा दलका एकजना कार्यकर्ता मारिए। त्यसपछि गोर्खादलका कार्यकर्ताले त्यहाँ भएका फर्निचरहरु सल्काइदिए र बिगारिदिई त्यहाँबाट टुँडिखेलतिर लागे।

गोर्खादल र मुक्तिसेनाको जम्काभेट भयो। मुक्तिसेनाले भरतसमशेरलाई घेरी बिजुली अड्डानिर कब्जा गरे र मनमानी तवरबाट पिटे। भरतसमशेर मुक्तिसेनाबाट गिरफ्तार हुनासाथ उनका शागिर्द गोर्खादलका आठ पहरियाहरु भागे। मुक्तिसेनाका कार्यकर्ताले भरतसमशेरको मोटर जलाइदिए र भरतसमशेरलाई फाँसी होस् भन्ने नारा लगाउन थाले । भरतसमशेरलाई त्यसबखतको सरकारले श्रीमहलमा नजरबन्दीमा राख्यो । र, आखिर कुनै कारवाही नगरी गृहमन्त्री वीपी कोइरालाले आफ्नो पदबाट त्यागपत्र (राजीनामा) दिनु एकदिन अगाडि २००८ साल कात्तिक २६ गतेका दिन रिहाइ गरिदिए ।

प्रतिबन्धित गोरखा दल वि.सं. २००९ मा गोर्खा परिषदका नामबाट पुनर्गठन भएको थियो ।

आम निर्वाचन २०१५[सम्पादन गर्नुहोस्]

२०१५ को आम निर्वाचन गोर्खा परिषदले १९ सिटमा विजय हासिल गर्यो र प्रतिनिधि सभामा सबैभन्दा ठूलो प्रतिपक्ष दल बन्यो भने सो पहिलो निर्बाचित् संसद्को पहिलो प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा भरत शमशेर राणा थिए। नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो र बि पी कोइराला को नेतृत्वमा पहिलो निर्बाचित सरकार गठन भएको थियो I

२०१७ सालमा राजा महेन्द्रको प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाल्दै कु गरे पछि भरत शमशेरले नेपाली कांग्रेससँग विनासर्त एकता गरेका थिए।

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

चुनाव भोट % सिटहरू स्थान सरकारको नतीजा
आम निर्वाचन २०१५ ३,०५,११८ १७.१
१९ / १०९
दोश्रो प्रतिपक्ष दल

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bajracharya, Bhadra Ratha/Sharma, Sita Ram/Bakshi S.R.. Political development in Nepal. New Delhi: Anmol Publications, 1993. p. 114, 115