भिक्तुरिया सिल्भ्स्तेद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिक्तुरिया सिलभ्स्तेद
सन् २०१५ मा सिल्भस्तेद
जन्मकरिन भिक्तुरिया सिल्भस्तेद
(1974-09-19) १९ सेप्टेम्बर १९७४ (उमेर ४९)
फिलिप्तहाम, स्विडेन
पेशामोडल, अभिनेत्री, गायिका, दूरदर्शन व्यक्तित्व
सक्रिय बर्षसन् १९९३–हाल
कपालको रङ्गहल्का कैलो
आँखाको रङ्गनिलो
वेबसाइट
VictoriaSilvstedt.com

करिन भिक्तुरिया सिल्भ्स्तेद (स्वीडेनी: Victoria Silvstedt) (जन्म:१९ सेप्टेम्बर १९७४)[१][२], एक स्विडेनी मोडल, अभिनेत्री, गायिका तथा दूरदर्शन व्यक्तित्व हुन्। [३]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

सिल्भ्स्तेदको जन्म १९ सेप्टेम्बर १९७४ मा स्विडेनको फिलिप्तहाममा भएको थियो।[२] सिल्भ्स्तेद उनको परिवारसँगै बोल्नसमा हुर्किएकी थिइन्।[३][४][५] उनको एक दिदी र एक भाइ छन्। उनी घोडा सवारीमा उत्सुक थिइन र पशुचिकित्सक बन्न चाहन्थिन्।[६]

सिल्भ्स्तेदका बुबा स्थानीय स्की टोलीका कप्तान थिए, र उनले ५ वर्षको उमेरमा स्कीइङ खेल्न सुरु गरेकी थिइन्।[७] सन् १९८९ मा, सिल्भ्स्तेद स्विडेनको राष्ट्रिय स्कीइङ युवा च्याम्पियनसिपमा भाग जनाएकी थिइन् र चौथो स्थान प्राप्त गर्न सफल भएकी थिइन् भने उक्त प्रतियोगितालाई पनीला विबर्गले जितेकी थिइन्।[८] तथापि, उनी उक्त स्किइङ प्रतियोगिताको बिचमा एक दुर्घटनामा परेकी थिइन् जसले गर्दा उनको काँधमा चोट लागेको थियो। [७] उक्त दुर्घटना पछि, १६ वर्षको उमेरमा सिल्भ्स्तेदको प्रतिस्पर्धी स्कीइङ कार्यकालको अन्त भएको थियो। [९][१०]

केही वर्ष पछि, उनकी आमा र दिदीले उनका केही तस्वीरहरू मुख्य अधिकारीहरूलाई पठाएका कारण उनलाई मिस स्विडेन[३][७] नामक सौन्दर्य प्रतियोगितामा भाग लिन आमन्त्रित गरिएको थियो।[३][८]

कार्यकाल[सम्पादन गर्नुहोस्]

मोडलको रूपमा[सम्पादन गर्नुहोस्]

सिल्भ्स्तेदले मिस स्विडेनको सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन[३][११][१२] र उनी सन् १९९३ मा मिस वर्ल्ड प्रतियोगितामा दक्षिण अफ्रिकाको सन सिटीमा मिस वर्ल्ड प्रतियोगितामा भाग लिनका लागि चुनिएकी थिइन् र उक्त प्रतियोगितामा उनी उत्कृष्ट १० भित्र पर्न सफल भएकी थिइन् जसले गर्दा उनी संसार भरि प्रख्यात बन्न पुगेकी थिइन्।[२][३][७] सिल्भ्स्तेदले पेरिसको मोडल आयोग तथा विभिन्न प्रतिष्ठित फेसन गृहका लागि काम गर्न सुरु गरेकी थिइन् जसमा सनेल , क्रिश्चन ज्योर, आर्मानी, जिभिन्सी , लरीस अज्जारो , र भालिन्तिनो समावेश छन्।[१३] उनले उक्त कम्पनीहरूका लागि विभिन्न विज्ञापन तथा फेसन कार्यक्रमहरूमा देखा परेकी थिइन्।[१४]

उक्त लोकप्रियता पछि, सिल्भ्स्तेदलाई प्लेव्बाईका संस्थापक हग हेफनरले उनलाई लस एन्जलसमा प्लेव्बाई पत्रिकाको लागि तस्वीर खिच्नका लागि आमन्त्रित गरेका थिए।[१५] उनी सन् १९९६ को डिसेम्बरमा महिनाको लागि उत्कृष्ट प्रदर्शनकर्ता भएकी थिइन् र त्यसपछि उनलाई सन् १९९७ मा, वर्षको उत्कृष्ट प्रदर्शनकर्ताको रूपमा चुनिएको थियो।[१६][१७] प्लेब्वाईका विशेष संस्करणहरूका साथ साथै उनी प्लेब्वाईका श्रव्य दृश्यहरूमा पनि देखा पर्न थालेकी थिइन्। सन् १९९० को दशकको अन्ततिर, सिल्भ्स्तेदले गेस? नामक एक फेसन कम्पनीसँग, उक्त कम्पनीको प्रवक्ताको रूपमा काम गर्ने सम्झौता गरेकी थिइन् जसले गर्दा प्रख्यात मोडलहरू जस्तै क्लाउडिया सिफ, एना निकोल स्मिथलाई पछि पार्दै विश्वकै सबैभन्दा बढी खोजिने मोडलको रूपमा स्थापित हुन सफल भएकी थिइन्।[२][३][१८]

सन् २००० र २०१० को दशकमा, सिल्भ्स्तेदले मोडलको रूपमा काम जारी राख्दै अन्तर्राष्ट्रिय रूपमा एफएचएम , ग्ल्यामर , जिक्यू , हेलो!, म्याक्सिम र भ्यानिटी फेयर सहित असङ्ख्य पत्रिकाहरूमा देखा परेकी थिइन्। उनले विभिन्न ब्रान्डहरू जस्तै एक्स, नाइकी, रेनोल्ट र ट्राइम्फ इन्टरनेसनलका लागि पनि काम गरेकी थिइन्।[१९]

उनी हालसम्म ५०० भन्दा बढी पत्रिकाका आवरणहरूमा चित्रित भइसकेकी छिन्।[३]

अभिनेत्रीको रूपमा[सम्पादन गर्नुहोस्]

सन् १९९० उत्तरार्धदेखि सिल्भ्स्तेदले एक अभिनेत्रीको रूपमा काम गरिसकेकी थिइन्। उनी पहिलो पटक हलिउड दूरदर्शन शृङ्खलाहरू जस्तै मालिबु, सिए र मेलरोज प्लेसमा देखा परेकी थिइन्। त्यसबेला देखि, सिल्भ्स्तेद बेसकेटबल, द इन्डिपेन्डेन्ट, आउट कोल्ड र बोट ट्रिप लगायतका धेरै हलिउड हास्य व्यङ्ग्य चलचित्रहरूमा पनि अभिनय प्रस्तुत गरिसकेकी छिन्। सिल्भ्स्तेद ओसन एभमा एक अतिथि अभिनेत्रीको रूपमा पनि देखा परेकी थिइन् जसलाई स्विडेन र फ्लोरिडामा प्रसारण गरिएको थियो।[३][१५]

सिल्भ्स्तेदले विभिन्न युरोपेली देशहरू, विशेष गरी इटलीमा चलचित्र तथा दूरदर्शन शृङ्खलाहरूमा पनि अभिनय गरिसकेकी छिन्। एक अग्रणी अभिनेत्रीको रूपमा, उनी इटालीयाली चलचित्रहरू जस्तै ला मिया विता अ स्तेल् ए स्त्रिसी र उम मारसियालो इन गोन्दोलामा अभिनय गरेकी थिइन् जसमा उनी किम नोभाकको भूमिकामा रहेकी थिइन्।[१५] उनले उन स्ताते अल मारे र मातृमनियो अले बहामास जस्ता चलचित्रहरूमा पनि सहयोगी भूमिका प्रस्तुत गरिसकेकी छिन्। सन् २०१० मा, सिल्भ्स्तेदले जस्ट फर द रेकर्डमा पनि अभिनय गरेकी थिइन्। उनले फ्रान्सेली भाषाको चलचित्र चलचित्र लाअनेक्योमा सानो भूमिका खेलेकी थिइन जसमा होमा जुरीस र भनिसा पहादी प्रमुख भूमिकामा रहेका थिए। [२०]

थिएटरका लागि, सिल्भ्स्तेदले सन् २००४ मा, लस एन्जलसमा रहँदा अफ ब्रोडवे उत्पादनको, पिसेस (अफ एस) मा देखा परेकी थिइन्।[८]

प्रस्तोताको रूपमा[सम्पादन गर्नुहोस्]

सन् १९९० को दशकदेखि नै सिल्भ्स्तेदले विश्वभरि विभिन्न दूरदर्शन कार्यक्रम वा विशेषहरू शृङ्खलाहरू प्रस्तुत गर्दै आएकी छिन्। उनले सिबिएसमा क्यान्डिड क्यामारा , च्यानलमा युरोट्र्यास , र इ! मा वाइल्ड अन लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरेकी थिइन्। उनी फ्रान्सको नुभेल राडियो जेन र विश्व सङ्गीत पुरस्कार सहित विभिन्न पुरस्कार कार्यक्रमहरूमा प्रस्तुतकर्ताको रूपमा पनि देखा परेकी छिन्। उनले फेसन बनावटमा केन्द्रित बेलायती वास्तविक दूरदर्शन शृङ्खला प्रोजेक्ट क्याटवाकमा निर्णायकको रूपमा पनि काम गरिसकेकी छिन्।[३][१५]

सन् २००६ मा, सिल्भ्स्तेदले फ्रान्समा ला रु दे ला फर्तुन र इटालीको ला रोओता देला फुर्तुनाको परिचारिकाको रूपमा काम गर्न सुरु गरेकी थिइन्।[३][५][७][१५][२१] दुबै कार्यक्रमहरू लोकप्रिय अमेरिकी खेल कार्यक्रम ह्विल अफ फर्च्युनमा आधारित थिए र सिल्भ्स्तेदले उनको समय पेरिस र रोमको बीचमा विभाजन गरेकी थिइन्। उनले सन् २००९ सम्म इटालीयाली संस्करण रद्द भएको बेलामा उनले एक पटकको लागि एक महिना सम्म छायाङ्कनमा व्यस्त रहेकी थिइन्। सन् २०१२ दृखि, उनी फ्रान्सेली संस्करणबाट पनि टाढिएकी छिन्। [२२][२३][२४]

सन् २०१० मा, सिल्भ्तेदले सन् २०१० को शीतकालीन ओलम्पिकको समयमा युरोस्पोर्टमा आफ्नै खेलकुद कार्यक्रमको आयोजना गरेकी थिइन्। उक्त कार्यक्रमले विभिन्न शीतकालीन खेलहरू प्रस्तुत गरेको थियो र यसलाई अङ्ग्रेजी र फ्रान्सेली गरी दुईवटा भाषामा सञ्चालित गरिएको थियो।</ref>[२५][२६][२७] सन् २०११ देखि, सिल्भ्स्तेदले फ्रान्समा टिएफ १ मा लि घन्द बितिजिका विशेष संस्करणहरूको पनि आयोजना गरिसकेकी छिन्। उनले क्रिसमस विशेष लि घन्द बिजिजी दि नोएल को प्रस्तुत गरेकी थिइन् जसले ३० लाख भन्दा बढी आकर्षित गर्न सफल भएको थियो।[२८]

गायिकाको रूपमा[सम्पादन गर्नुहोस्]

सिल्भ्स्तेदले सन् १९९९ मा उनले गर्ल इन द रन नामक गिति सङ्गालो इएमआई लेबलमा जारी गरेकी थिइन्। [२९] गिती सङ्गालोको बिक्रीलाई सहयोग पुर्‍याउनका लागि तीनवटा एकल, " हेलो हे ", "रकस्टेडी लभ", र "पार्टी लाइन" पनि जारी गरिएको थियो। जारी लगत्तै गीतहरूले स्विडेनी चार्ट टपेका थिए। सन् २०१० मा, सिल्भ्स्तेदले उनको चौथो एकल " सटर्डे नाइट " जारी गरेकी थिइन्। [३०] सिल्भ्स्तेदले गीत गाउन मनपराउँने तर यो केवल एक शौक मात्र भएको र यसमा पूर्ण समय नलाग्ने एक अन्तर्वार्तामा जनाएकी थिइन्।[८]

बनावटकर्ताको रूपमा[सम्पादन गर्नुहोस्]

फेसन बनावटमा रुचि राख्ने सिल्भ्स्तेदले सन् २००६ को लन्डन फेसन सप्ताहमा आफ्नै महिलाको भित्री वस्त्र सङ्कलन जारी गरेकी थिइन्। सन् २०१३ मा, उनको नाममा रहेको ब्रान्डलाई पेरिसमा आधारित मरी मेली ब्रान्डसँग सहकार्य गरी खुद्रा बिक्रीको लागि आधिकारिक रूपमा सुरू गरिएको थियो।[४][१६][१८]

वास्तविक दूरदर्शन[सम्पादन गर्नुहोस्]

सिल्भ्स्तेदले उनको आफ्नै वास्तविक दूरदर्शन शृङ्खला भिक्तुरिया सिल्भ्स्तेद: मेरो परिपूर्ण जीवनका साथ इ! मा प्रदापण गरेकी थिइन्। यो कार्यक्रम युरोप, एसिया, अस्ट्रेलिया र अमेरिका सहित विश्वभरका सबै ठाउँमा प्रसारित भएको थियो।[१५]

पहिलो संस्करणले सिल्भ्स्तेदको व्यक्तिगत र कार्य जीवनलाई समेटेको थियो र पछि सेन्ट ट्रोपेज , मोनाको , क्यान्स , पेरिस, रोम, लन्डन, हेलसिन्की , स्तोकहोल्म, लस एन्जलस र न्यू योर्क सहरमा भएका विभिन्न घटनाक्रमहरूलाई समेटेको थियो।[५][७] सिल्भ्स्तेदले उनी हुर्किएको उत्तरी स्विडेनमा उनको परिवारलाई भेटेको, आफ्ना बाल्यकालका साथीहरूसँग, घोडसवारी गरेको लगायतका विभिन्न स्मरणको वास्तविक चित्रण यसमा प्रस्तुत भएको पाइन्छ।[६][७]

सन् २०१६ मा, सिल्भ्स्तेदले स्विडेनी वास्तविक दूरदर्शन शृङ्खला स्यानोना पु गुदसेतमा सहभागी भएकी थिइन्।[३१] उक्त कार्यक्रमलाई टिभी३ मा प्रसारित गरिएको थियो।[३१]

आत्मकथा[सम्पादन गर्नुहोस्]

सिल्भ्स्तेदले उनको आत्मकथा लेस सिक्रेत डे भिक्तुरिया प्रकाशित गरेकी थिइन् जसलाई पत्रकार क्राइस्तेल क्रोसनियरका साथ सन् २०१० मा संयुक्त रूपमा लेखिएको थियो।[१९][३२][३३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सिल्भ्स्तेदले सन् १९९९ मा, क्रिस रेगलाई इन्टरटेन्मेन्ट टुनाइटमा अन्तर्वार्ताको क्रममा भेटेकी थिइन्। [३४] उनीहरूको विवाह सन् २००० मा भएको थियो भने सम्बन्ध विच्छेद सन् २००९ मा भएको थियो।[३५]

फिनल्यान्डको एक पत्रिका केस्कीसिमलाइनिनका अनुसार, सिल्भ्स्तेदले मोडल, प्रस्तुतकर्ता र ब्रान्डका लागि विज्ञापनमा देखा परे बापत प्रत्येक वर्षमा लाखौँ डलर कमाउने गरेको जनाएको थियो। [१७] सिल्भ्स्तेदले अङ्ग्रेजी, फ्रान्सेली र इटालीयाली भाषाको बोल्छिन् भने उनको मातृभाषा स्विडेनी हो।[८][२४]

साङ्गीतिक प्रस्तुतिहरू[सम्पादन गर्नुहोस्]

गिती सङ्गालोहरू[सम्पादन गर्नुहोस्]

  • सन् १९९९ : गर्ल अन द रन

गीतहरू[सम्पादन गर्नुहोस्]

("गर्ल अन द रनको")

  • सन् १९९९ : "हेलो हे"
  • सन् १९९९ : "रकस्टिडी लभ" (सहयोगी- टर्बो बी)
  • सन् २००० : "पार्टि लाइन"

(प्रवर्द्धनक लागि)

  • सन् २०१० : "सटर्डे नाइट"

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Playmate data", अन्तिम पहुँच २४ नोभेम्बर २०१० 
  2. २.० २.१ २.२ २.३ Expressen, २९ अक्टोबर २००४
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० भिक्तुरिया सिल्भ्स्तेदको आधिकारिक गृहपृष्ठ, ८ मे २०१०
  4. ४.० ४.१ The Local (SWE), २७ फेब्रुअरी २००७
  5. ५.० ५.१ ५.२ Trus, Helena (२० जनवरी २००९), "Victoria Silvstedt: "Har inte tid att parta" – Klick! – Nöjesbladet – Aftonbladet", Aftonbladet, अन्तिम पहुँच २९ डिसेम्बर २०१० 
  6. ६.० ६.१ Victoria Silvstedt: My Perfect Life TV series, E!, सन् २००८।
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ Lifestyle Asia, lifestyleasia.com, १० डिसेम्बर २००८
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ Stumped?, Victoria Silvstedt Intervju 2004, ८ मे २०१०
  9. Robert Börjesson (१० फेब्रुअरी २००७), "AB Silvstedts miljardindustri – Nöje – Expressen Nöje – Nöjesnyheter Musiknyheter Filmnyheter", Expressen, अन्तिम पहुँच २९ डिसेम्बर २०१० 
  10. Andreas Utterström (२५ जुलाई २००५), "Från Hälsingland till Hollywood – Wendela – Aftonbladet", Aftonbladet, अन्तिम पहुँच ३० डिसेम्बर २०१० 
  11. Ilta-Sanomat, २२ अगस्ट २००८
  12. Iltalehti, २९ डिसेम्बर २००९।
  13. Playboy, डिसेम्बर १९९६।
  14. Playboy, जुन १९९७।
  15. १५.० १५.१ १५.२ १५.३ १५.४ १५.५ IMDb Victoria Silvstedt, ८ मे २०१०।
  16. १६.० १६.१ Iltalehti, २२ अगस्ट २००८।
  17. १७.० १७.१ Repo, Timo (१७ अक्टोबर २०९८), "Puputyttö merkkivaatteissa", Keskisuomalainen, मूलबाट १६ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-१६ मिति
  18. १८.० १८.१ Expressen, ६ अप्रिल २००६।
  19. १९.० १९.१ Expressen, ३ डिसेम्बर २०१०।
  20. Pieces (of Ass) Official Homepage, piecesofass.com, ८ मे २०१०।
  21. "La roue de la fortune : deux Miss pour remplacer Victoria Silvstedt", Voici (Paris), २१ नोभेम्बर २०११। 
  22. Ilta-Sanomat, 19 February 2010.
  23. Sport by Victoria, Eurosport, 13–28 February 2010.
  24. २४.० २४.१ "Victoria Silvstedt shows off her bikini body as she tops up her tan in Monaco", डेली मेल (लन्डन), १० जुन २०११। 
  25. Le Figaro, १० जुलाई २०११।
  26. Le Figaro, ९ डिसेम्बर २०११।
  27. Le Figaro,१३ अप्रिल २०१२।
  28. Première (FRA), २५ डिसेम्बर २०१२
  29. 7 Päivää, २८ अगस्ट २००८
  30. Zikeo.com, Victoria Silvstedt débarque avec Saturday Night, १६ अगस्ट २०१०।
  31. ३१.० ३१.१ "Storbråket på godset mellan Silvstedt och Qhristina: "Smockan låg i luften"", Expressen, अन्तिम पहुँच १२ अप्रिल २०१६ 
  32. Les Secrets de Victoria. Dans la Tête de Victoria Silvstedt, Silvstedt Victoria; Crosnier Christelle, आइएसबिएन ९७८२३५०१३२३३४, Jean-Claude Gawsewitch Éditeur, सन् २०१०।
  33. Expressen, १ डिसेम्बर २०१०।
  34. "HOME PAGE/INSIDE KPRC/BIOS: Chris Wragge", Click2Houston, सन् २००३, मूलबाट ६ जुन २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१९  वेब्याक मेसिन अभिलेखिकरण ६ जुन २००४ मिति
  35. Aftonbladet,

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]