मवदुअ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मवदुअ
मवदुअको गृह पृष्ठ
साइटको प्रकार
इन्टरनेट सामग्री प्रकाशक
उपलब्ध भाषाअरबी
मालिकहरूमहम्मद जाबिर, रामि कवासमी
युआरएलआधिकारिक वेबसाइट
अलेक्सा क्रमPositive decrease ५६८ (डिसेम्बर २०१९)[१]
व्यवसायिकहो
वर्तमान स्थितिचालू
लेखिएको भाषाविकि

मवदुअ , (अरबी: موضوع‎‎), (अनुवाद - विषय), एक व्यापक अनलाइन अरबी सामग्री प्रकाशक हो जुन जोर्डनमा आधारित छ।[२] यसले विकीपिडिया जस्तै समान विकी प्रणालीको प्रयोग गर्दछ, र गुणस्तरीय अरबी सामग्रीहरूको प्रदान गर्दछ। मवदुअ, सुरुवातमा सन् २०१० मा मोहम्मद जाबेर र रमी अल कावासमीद्वारा स्थापित गरिएको थियो। यसले सन् २०१२ देखि औपचारिक रूपमा सेवाको सञ्चालन गरेको छ। यसले सन् २०११ मा विश्वविद्यालय र शिक्षाविद्को श्रेणीका लागि रानी रानिया राष्ट्रिय उद्यमशीलता पुरस्कारको लागि पहिलो पुरस्कार जितेको थियो।[३] त्यस समयदेखि, मवदुअ धेरै दिशामा विकसित भएको छ र यसले लगातार खाडी मुलुकहरूमा विश्वसनीय अरबी सामग्रीहरूको प्रदान गरिरहेको छ। यसले मासिक रूपमा ४ करोड २० लाख मासिक सक्रिय प्रयोगकर्ता प्राप्त गर्ने पहिलो अरबी वेबसाइट पनि हो।[४]

मानव ज्ञानका विभिन्न प्रकारका सबै पक्षहरूसँग व्यवहार गर्दै, विश्वव्यापी अरबी इन्टरनेट प्रयोगकर्ताहरूलाई सरलीकृत तरीकाले जानकारी प्रदान गरेर, मवदुअ डटकमले, १ लाख ४० हजार लेख, पुस्तकालय मार्फत अनलाइन अरबी सामग्री विस्तार गर्न थालेको थियो। मवदुअले कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा पनि आफ्नो यात्रा सुरु गरेको थियो। [४]

इतिहास[सम्पादन गर्नुहोस्]

स्थापना[सम्पादन गर्नुहोस्]

मवदुअको विचर मोहम्मद जाबेरबाट सुरु भएको थियो, जसले जोर्डनको हासिमेट विश्वविद्यालय अध्ययन गरिरहेका थिए। उनले भने: "परियोजनाको विचार सन् २००९ को अन्तमा मेरो ग्रीष्मकालीन बिदामा ई-बजारशास्त्रको बारेमा एक पुस्तक पढेर आएको थियो, जसले मलाई प्रेरित गर्‍यो"। मैले तीन विशेष पुस्तकहरू किनेँ र ती पढें, जसले अरबी भाषामा किवर्ड विश्लेषण सेवा विकास गर्ने परियोजना निर्माण गर्ने अवसर प्रकट गर्‍यो"।[५]

सन् २०१० मा, जाबेर र रामी अल कावासमीले व्यक्तिगत रकम, परिवार र साथीहरूको साथ मवदुअको को स्थापना गरेका थिए। यो सुरुवातमा सन् २०११ मा रानी रानिया व्यापार योजना प्रतियोगिता पुरस्कारको लागि पहिलो पुरस्कार प्राप्तकर्ता हो। पुरस्कार प्राप्त गर्ने समयमा संस्थापकहरू विद्यार्थीहरूनै थिए। सेवाको सञ्चालन सन् २०१२ मा सुरू भएको थियो।[३]

लगानी र साझेदारी[सम्पादन गर्नुहोस्]

अगष्ट २०१५ मा, मौदुले, दुबई स्थित लगानीकर्ता “इक्विट्रष्ट” मार्फत कोष सङ्कलनको पहिलो चरणमा १५ लाख अमेरिकी डलर प्राप्त गरेको घोषण गरेको थियो। फलस्वरूप, प्रत्येक महिना २ करोड भन्दा बढी भ्रमणको साथ यसको ट्राफिकमा उल्लेखनीय बृद्धि भएको थियो जसमध्ये १ करोड २० लाख अद्वितीय प्रयोगकर्ताहरू छन्। यसमा धेरैजसो ट्राफिक साउदी अरबबाट आउँदछ भने त्यसपछि, मिश्र र जोर्डनको क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यो रकम अरबी सामग्री समर्थन गर्न र इन्टरनेटमा अरबी पृष्ठहरूको सङ्ख्या बढाउन प्रयोग गरिएको थियो।[१][३][६]

थप रूपमा, मवदुअले धेरै प्रकाशक र संस्थाहरूसँग उनीहरूलाई उच्च गुणस्तरका सामग्रीहरू प्रदान गर्न साझेदारी गरिरहेको छ।

बेलायतमा आधारित किङ्सवे र अमेरिकामा अस्थित एण्डर क्यापिटलको नेतृत्वमा, जुलाई २०१८ मा, मवदुअले आफ्नो कोष सङ्कलनको दोस्रो चरणमा १ करोड ३५ लाख अमेरिकी डलर प्राप्त गरेको घोषण गरेको थियो।[७]

वृद्धि[सम्पादन गर्नुहोस्]

सन् २०१६ को सुरुमा, करीव १ करोड ७० लाख प्रयोगकर्ताहरूको साथ, मवदुअ विश्वको पहिलो अरबी वेबसाइटको रूपमा घोषित भएको थियो।[७] सन् २०१८ मा, मवदुअले ४ करोड ५० लाख अद्वितीय प्रयोगकर्ताहरू सम्म पुगेको घोषणा गरेको थियो जसमा उनीहरूको वृद्धि दर ४३% रहेको थियो।[४]

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ता[सम्पादन गर्नुहोस्]

अलेक्साको तथ्याङ्क अनुसार, मवदुअका प्रयोगकर्ताको वितरण:[१]

क्रम देश प्रयोगकर्ताको सङ्ख्या
इजिप्ट मिश्र २०.०%
 साउदी अरब १४.३%
 अल्जेरिया १३.१%
 सुडान ९.२%

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "मवदुअ डटकमका ट्राफिक, जनशाङ्खिकि तथा प्रतिस्पर्धाीहरू - अलेक्सा", अलेक्सा, अन्तिम पहुँच ४ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१९ मिति
  2. "कम्पनीको अवलोकन"ब्लुमबर्ग बिजनेस। सङ्ग्रह मिति १५ नोभेम्बर २०१५ 
  3. ३.० ३.१ ३.२ लुसी नाइट (अगस्ट १९, २०१५), "Jordan’s Mawdoo3 gets $1.5M in Series A funding", वाम्दा, अन्तिम पहुँच नोभेम्बर १५, २०१५ 
  4. ४.० ४.१ ४.२ "Mawdoo3 Case Study", अमेजन वेब सेवा, अन्तिम पहुँच १५ जुलाई २०१८ 
  5. "موضوع‎ الأول بجائزة الملكة رانيا للريادة", موضوع‎ (अरबीमा) (जोर्डन), सेप्टेम्बर १९, २०११, अन्तिम पहुँच नोभेम्बर १५, २०१५ 
  6. जेन होसकिङ (सेप्टेम्बर ७, २०१५), "Online Encyclopedia Mawdoo3 Receives $1.5 Million in Funding", भेञ्चर पत्रिका, अन्तिम पहुँच नोभेम्बर १५, २०१५  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १३, २०१५ मिति
  7. ७.० ७.१ "رأس المال المغامر يحب النجاح أتريد دليلا؟" (अरबीमा), अन्तिम पहुँच २०१८-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]