महेश कोर्मोचा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
महेश कोर्मोचा
जन्म२००२
खिजी, ओखलढुंगा
जातीयतासुनुवार
नागरिकता नेपाल
पेशाराजनीतिज्ञ
प्रसिद्ध कार्यजनाअन्दोलन २०४६
उपाधिजिउदै मानाचामाल
१००००० टाउकोको मोल
राजनीतिक दलनेपाली काँग्रेस
धर्ममुन्धुम धर्म
सन्तान

thumb|महेश कोर्मोचा १८ वर्षहुदा यु.के ब्रिटिसमा

महेश कोर्मोचा नेपालका एक बरिष्ठ राजनीतिज्ञ हुन्। उहा १९९९ साल ओखलढुंगा खिजी चण्डेश्वरीमा जन्मिनु भएका हुन्। महेश कोर्मोचाका हजुरबुवा भूमिगत कांग्रेस कार्यकर्ता थिए। उनले सन् १९३८ देखि ४ वर्ष भारत बस्दा भारतीय कांग्रेसका तत्कालीन अध्यक्ष गोपालकृष्ण गोखले, स्वतन्त्रता सेनानीद्वय महात्मा गान्धी र सुवासचन्द्र बोससँग भेट गरेका थिए। उनीहरुकै प्रेरणाले महेशका हजुरबुवा ‘भारत छोडो’ आन्दोलनमा सरिक भएका थिए। त्यसपछि उनले नेपाली कांग्रेसको स्थापनामा योगदान दिए र राणाशासन विरुद्धको आन्दोलनमा सामेल हुने प्रण गरेर नेपाल फर्किएका थिए। गाउँभरका मान्छे बटुलेर महेशका हजुरबुवा रातरातभर संगठन बिस्तार गर्थे। कार्यकर्ता गठन गरेर प्रशिक्षण दिन्थे। र बालक महेशलाई चिट्ठी बोकाएर गाउँगाउँ पठाउँथे। उनका हजुरबुवा रौसे थिए। २००७ साल कात्तिक ७ गते महेशका हजुरबुवाले सात नाल बन्दुक पड्काएर आफ्नै घरबाट क्रान्तिको उद्घोष गरे। क्रान्ति सफल भयो त्यसपछि महेशका बाँकी दिन लेखपढ मै बिते। एवंरीतले २०१५ सालको संसदीय चुनाव लाग्यो गाउँमा। त्ससबेलाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट ओखलढुंगामा पेशलकुमार पोखरेल उमेदवार थिए। फेरि पोखरेललाई जिताउन खटिए महेश गीत गाउँदै। चुनावमा पोखरेलले बाजी मारे। २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध कु गरेपछि गाउँ आतंकित भयो। ‘राजाले तिमीहरु सबैलाई जेल हाल्छन् अब, बिपीलाई त थुनेका छन् रे’—गाउँलेले सम्झाउँथे उनलाई। आफन्तको सल्लाहमा प्रशासनसँग बच्नका लागि गाउँका पन्ध्र जना युवालाई लिएर उनी धरान झरे, ब्रिटिस आर्मीमा भर्ती हुन। उनीसहितका १५ जनामध्ये १४ जना भर्ती भए। ब्रिटिस आर्मीमा उनले ८ वर्ष सेवा गरे। त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपर्‍यो। उनी गाउँ फर्किए।[१]
गाउँ फर्किएपछि महेशको मरिसकेको राजनीतिक नशा बौरियो। महेश भूमिगत रुपमा संगठन बिस्तार गर्न लागे। २०२५ सालमा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गर्‍यो। ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भयो। उनले बनारस पुगेर फौजी तालिम लिए। पूर्वाञ्चलमा पार्टी गतिविधि गर्ने जिम्मेवारी तोकेर नेपाली कांग्रेसले उनलाई नेपाल पठायो। महेशले धरानमा बसेर पार्टी संगठन बिस्तार गरे। प्रशासनको कडा निगरानीलाई छल्न उनले धरानबाट काँकडभित्ता र जनकपुर रुटमा गाडी चलाए। प्रशासनलाई गाडीमा नेपाली कांग्रेसका कार्यकर्ता चढ्छन् भन्ने थाहा थियो तर ड्राइभर नै कांग्रेस कार्यकर्ता हुनसक्छ भन्ने शंका थिएन। गाडी चलाउँदा उनी बीचबीचका ‘ट्रान्जिट’ मा ओर्लन्थे र कांग्रेसका कार्यकर्तालाई भेट्थे। गाडीमा बन्दुक र पार्टीका प्रचार सामग्री बोक्थे। यसरी उनले आठ महिना गाडी चलाए।
प्रशासनले उनीमाथि निगरानी बढाउन थालेपछि उनी काठमाडौँ आएर नेपाल नेसनल कलेजमा पढ्न थाले, हालको शंकरदेव क्याम्पसमा। राजनीतिको नशा चढिसकेको थियो। उनी काठमाडौं आएर पनि चुपचाप बसेनन्। भूमिगत गतिविधिमा सक्रिय भइरहे। त्यसबेला पूर्वको छात्रसंघ र पश्चिमको गण्डक छात्रा संघलाई मिलाएर नेपाल विद्यार्थी संघको स्थापना गरिएको थियो। उनी ने.वि संघको झण्डामुनि बसेर भूमिगत गतिविधि चलाउँथे। कोमर्चाको गतिविधि ‘वाच’ गरिरहेको प्रशासनले उनीविरुद्ध एकैपटक चारवटा जिल्लामा वारेन्ट जारी गर्‍यो। उनीविरुद्ध कोशी, वागमती, नारायणी र सगरमाथा अञ्चलमा वारेन्ट जारी भएको थियो। वारेन्टका कारण खुला रुपमा हिँड्न नसक्ने अवस्था आयो। केही सीप नचलेपछि अन्ततः उनी बीपी कोइरालालाई भेट्न बनारस पुगे। त्यसपछि करिब सात वर्ष निर्वासित जीवन बिताए। कोर्मोचा भनाइ उद्दिर्ता गर्दै पार्टी चलाउनका लागि समेत खर्चको अभाव थियो,’ कोर्मोचा ती दिन सम्झिन्छन्। विपीको सल्लाहमा महेशले पार्टीलाई आर्थिक सहयोग गर्न जोगबनीमा गाडी चलाए। ‘पार्टीकै लागि भनेर रक्सीको व्यापार समेत गरेँ,’ अनुहारमा असजिलो हाँसो भरेर उनले भने, ‘गोपाल राईले रक्सी व्यापारको मार्केटिङ गर्थे, म त्यसको व्यवस्थापन गर्थेँ।’ निर्वासित जीवनकै क्रममा बनेको थियो ओखलढुंगा र सोलुखुम्बुको ब्यारेक कब्जा गर्ने योजना। २०२८ सालदेखि लगातार चार वर्ष उनीहरुले ब्यारेक कब्जा गर्ने योजना बनाए। ‘नेपाल आएर धरानदेखि सोलुखुम्बुको ‘रेकी’ गरिएको थियो,’ उनले भने, ‘भूतपूर्व सैनिक र कार्यकर्ता गरी २७ जनालाई भारतको वीरपुर, बनारस, वथान र फारविसगञ्जमा तालिम दिएका थिए।’[२]

नेपाली कांग्रेस[सम्पादन गर्ने]

ओखलढुंगासोलुखुम्बुको ब्यारेक कब्जा गर्ने योजना। २०२८ सालदेखि लगातार चार वर्ष उनीहरुले ब्यारेक कब्जा गर्ने योजना बनाए। ‘नेपाल आएर धरानदेखि सोलुखुम्बुको ‘रेकी’ गरिएको थियो,’ उनले भने, ‘भूतपूर्व सैनिक र कार्यकर्ता गरी २७ जनालाई भारतको वीरपुर, बनारस, वथान र फारविसगञ्जमा तालिम दिएका थियौँ।रामेछापका कांग्रेस कार्यकर्ताले फौजलाई आवश्यक पर्ने दालचामल, राडीपाखी र खुकुरीको बन्दोवस्त गरिदिए। क्याप्टेन यज्ञवहादुर थापा र महेश कोर्मोचा विद्रोही फौजको नेतृत्व गरेर ब्यारेक कब्जा गर्न आएका छन् भन्ने सूचना प्रशासनसंग पुगिसकेको थियो। ‘पच्छ्याउँदै आएको सरकारी सेनाले ओखलढुंगाको खिजीमा हामीलाई घेरा हाल्यो,’ कोर्मोचा, ‘सामान पत्करमुनि लुकाएर हामी घेरा छलेर सोलुतिर लाग्यौँ।’बाटोमा कसैले नचिनोस् भनेर मैले फाटेका दौरासुरुवाल र स्वेटर लगाएको थिएँ,’ उनले सुनाए। गाउँलेको भेषमा सल्लेरीका सेना र प्रहरी ब्यारेक हेरेर फर्किदैँ गर्दा रात परेको हुनाले सल्लेरीकै दोर्पु बजारमा बास बसे उनी। साँढे एघारबजे रातीतिर उनी बसेको होटलमा सोधपुछका लागि गस्ती प्रहरी आयो। उनले होटलवालालाई आफू रामेछापको बासिन्दा भएको र साथीहरु भेट्न आएको बताएका थिए। होटलवालाले प्रहरीलाई महेशले बताएको विवरण जस्ताको तस्तै सुनाइदिए। प्रहरी थप सोधपुछ नगरी बाटो लाग्यो भोलिपल्ट बिहान उनले लगातार बम पड्किएको आवाज सुने। सेनाले तालिमका लागि बम पड्काएको होला भन्ने सोचेर चुपचाप टिम्बुरबोटेतिर लागे। ‘साल्मे भन्ने ठाउँमा आइपुग्दा एकहुल मान्छे गफ गरिरहेका थिए,’ उनले भने, ‘उनीहरु सेनाले थुप्रै कांग्रेस मारेको भन्दै खासखुस आवाजमा गफ गरेको मैले सुनेँ।’ केहीबेरअघि महेशले सुनेको बमको आवाज सेनाले तालिममा नभएर ओडारमा छाडेका उनकै साथीहरु बसेको ठाउँमा पड्काएको रहेछ। उनी संयोगले बाँचेका थिए। त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो।
ओडारमा बसेका केही लडाकु भाग्न सफल भए। भाग्नेमध्येमा एक थिए क्याप्टेन यज्ञबहादुर थापा। उनी नेपाली सेनाका पूर्वक्याप्टेन थिए। नेपाली कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए। टिम्बुरबोटे काण्डमा[३]बल्लतल्ल बचेका थापा भाग्दै सोलुखुम्बुको आफ्नै पुरोहितका घरमा शरण लिन पुगे। बिहानको खाना संगै खाएका पुरोहितले दिउँसो क्याप्टेन थापा आफ्नो घरमा रहेको सुराक दिए प्रहरीलाई। पुरोहितले सुराक दिएपछि उनलाई खोज्दै प्रहरी आएको सुइँको पाएपछि थापा परालको कुन्युमा लुके। ‘तर रातभरको चिसोले गर्दा उनलाई बेस्सरी खोकी लागेछ, उनले कुन्युभित्रबाट खोकेको सुनेर पुलिसले थापालाई गिरफ्तार गरेछन्। ’पक्राऊ परेका थापालाई काठमाडौँ ल्याएर जेल चलान गरियो। जेलबाट निकालेर २०३५ सालको माघमा कमला नदीको किनार पुर्‍याइ हत्या गरियो।
टिम्बुरबोटे[४]बाट बाँच्न सफल महेश कोर्मोचा घटनाको बारेमा थाहा पाइसकेपछि भाग्दै हिँडे। उनी लुक्दै भाग्दै ओखलढुंगाको खिजीमा रहेका एकजना साथीको घरमा पुगे। भोलिपल्ट खिजीको हाटमा उनी बास बसेको घरका साथी पक्राउ परे, कांग्रेस कार्यकर्ता रहेको आशंकामा। उनले एकजना सुनुवार थरका साथीलाई आफ्नै भाषामा महेशका बारेमा जानकारी दिँदै जतिसक्दो चाँडो भाग्न खबर पठाए। जुत्ता लगाएर निस्किनै लाग्दा उनले प्रहरीहरु गाउँको माथ्लो भित्तामा आइपुगेको देखे। उनी बारीको डिलैडिल लिखु नदीतिर लागे। प्रहरी महेशलाई पछ्याउँदै आए। उनलाई जसरीपनि लिखु तर्नुपर्ने भयो। ‘पुलिस पछिपछि थियो,’ उनले सुनाए, ‘एउटा अग्लो थुम्कोबाट लिखुमा जे त होला भनेर हामफालेँ।’ प्रहरी डिलमा आइपुग्दा उनी हिउँजस्तै चिसो लिखु पौडिएर तरिसकेका थिए। त्यसपछि रामेछाप, दोलखा हुँदै काठमाडौं आएर उनी भारततर्फ लागे। टिम्बुरबोटे काण्डपछि नेपाली कांग्रेसले सधैँका लागि सशस्त्र युद्धको बाटो छाडिदियो। २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किए। २०३३ मंसिरमा स्वदेश फर्किएका महेश पनि पक्राउ परे। राज्यविप्लवको मुद्दामा उनले पटकपटक गरी ८ वर्षको जेल जीवन बिताए। उनी २०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापनापछि दुई पटक जिविस सभापति र दुई पटक ओखलढुंगा कांग्रेसको सभापति भए।
[५] [६] बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि हात्तीछाप चप्पल लगाएर राजधानी छिरेका कांग्रेस नेता विलासी गाडी चढ्न थाले। पार्टी आर्थिक संकटमा पर्दा गाडी चलाएका, रक्सी बेचेका महेश किनारामा पारिए। बीपी कोइराला, गणेशमान सिंहकृष्णप्रसाद भट्टराई जस्ता कांग्रेसका सादगी हस्तीलाई लत्याएर गिरिजाप्रसाद कोइराला पार्टीमा सर्वोसर्वा भए। महेशले जुन आदर्शका लागि लडेका थिए,जब तिसबै आफ्ना हस्तीहरु नरहे पछि उहालाई कांग्रेसले दिनुपर्ने सम्मान दिन नसक्दा त्यसबाट कांग्रेस बिस्तारै च्यूत हुँदै गएको देखादा दुधे बालकदेखि आबद्ध रहेको पार्टीमा ७४ बर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेकाथिए ।

‘कांग्रेस आफ्नो मूल्यबाट विचलित भएर इमानदारलाई कदर गर्न छाडिसकेको भएर उहाले पार्टी परित्याग गरेकथिए ’, कोर्मोचा कांग्रेस छोड्नुको कारण दिन्छन्, ‘इतिहास बोक्नेहरुलाई कदर गर्न नसक्ने पार्टीमा बस्नुको औचित्य नदेखेर बाध्य भएपछि उहाले कांग्रेस परित्याग गरे।’

भूमिका[सम्पादन गर्ने]

  • ब्यारेक कब्जा असफल
  • टिम्बुरबोटे काण्ड बच्न सफल
  • प्लेन हईजेक भूमिकाको अध्यन र सफल
  • जिउदै मानाचामाल खिजी बच्न सफल
  • १००००० टाउकोको मोल बच्न सफल
  • ८ वर्षको जेल जीवन असफल

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. "सक्षेंप महेश कोर्मोचा बहुदलीय व्यवस्था'", बाह्रखरी 
  2. "क्रान्ति '", नेपालखबर 
  3. "टिम्बुरबोटे '", ग्लोचल्खाबर 
  4. "टिम्बुरबोटे काण्ड'", दहिमालयनटइम्स 
  5. "सभापति'", सौर्य अनलाइन 
  6. "महेश कोर्मोचा २०५४ '", हिमालयनटइम्स