मार्को रोयस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्को रोयस
व्यक्तिगत जानकारी
पुरा नाम मार्को रोयस[१]
उचाइ १.८० मि. (५ फि. ११ इन्च)
खेल्ने स्थान(हरू) आक्रामक मिडफिल्डर/विङ्गर
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
सङ्ख्या ११
युवा करियर
१९९४-१९९६ पोष्ट एसभी डर्टमन्ड
१९९६-२००६ बोरूसिया डर्टमन्ड
२००६-२००८ रट वेस एलेन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६-२००७ रट वेस एलेन II (३)
२००७-२००९ रट वेस एलेन ४३ (५)
२००९-२०१२ बोरूसिया मोन्चेनग्लाडब्याच ९७ (३६)
२०१२- बोरूसिया डर्टमन्ड १४७ (७१)
अन्तर्राष्ट्रिय करियर
२०१०- जर्मनी ३७ (१०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

मार्को रोयस जर्मन पेशेवर फुटबलर हुन् जो जर्मन बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्डजर्मनी राष्ट्रिय फुटबल टिमका लागि आक्रामक मिडफिल्डर, विङ्गर वा दोस्रो स्ट्राइकरको रूपमा खेल्ने गर्दछन । उनी आफ्नो वेग, प्राविधिक खेल र निपुर्णताका कारण चिनिन्छन् । रोयसले रट वेस एलेनमा जानु अघि आफ्नो युवा करियर बोरूसिया डर्टमन्डमा खर्च गरे । उनले सिनियर करियरमा ३ क्लबका लागि खेलेका छन् जसमध्ये बोरूसिया मोन्चेनग्लाडब्याचमा आफ्नो खेलमार्फत गहिरो प्रभाव पारेका थिए । रोयस मुख्यत: बायाँपट्टीबाट विपक्षीमाथी हमला गर्नका लागि चिनिन्छन् तथापि दुवै खुट्टाले सुक्ष्म रूपमा बल नियन्त्रण गर्न सक्ने बहुमुखी प्रतिभाका कारण उनी बायाँपट्टी र बीचबाट पनि खेल्न समर्थ छन् । वर्ष २०१२ उनका लागि सफलतम वर्षका रूपमा चिनिन्छ किनकी उनले सो वर्षमा १८ गोल र ८ एसिस्ट (गोलको अवसर) गरेका थिए । रोयस उक्त सिजन समाप्तीपछी डर्टमन्डमा जोडिएका हुन् । उनी ११ नम्बर जर्सीमा डर्टमन्डका लागि मैदान प्रवेश गर्दछन् । डर्टमन्डका साथमा रोयसले २०१३ डिएफएल-सुपरकप जितेका छन् । उनी २०१२ जर्मन वर्ष फुटबलर घोषित भएका थिए । फ्रान्ज बेकेनबर्गले रोयस र गोट्जेको जोडीको बारेमा भनेका छन -" ... फुटबलका प्रतिष्ठित जोडीमध्ये रोयस र गोट्जेको जोडी जत्तिको बहुफलप्रद जोडी अरू कुनै छैन ।" २०१३ मा ब्लुमबर्गले रोयसलाई यूरोपको चौथो उत्कृष्ट फुटबलरको रूपमा सुचिकृत गरेको थियो ।

अन्तराष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

जर्मनीको गोल पहिले प्रदर्शित, प्रदर्शन र नतिजाको आधारमा:[२]

गोल मिति स्थान विपक्षी स्कोर नतिजा प्रतियोगिता
२७ मे २०१२ सेन्ट ज्याकब पार्क, बसेल, स्विजरल्याण्ड  स्विट्जरल्यान्ड –५ ३-५ मैत्रीपूर्ण खेल
२२ जुन २०१२ पीजीई एरिना डान्स्क, डान्सक, पोल्यान्ड  ग्रिस –१ ४-२ युइएफए युरो २०१२
११ सेप्टेम्बर २०१२ अर्नेष्ट हेपल-स्टेडीयन, भियाना, अस्ट्रिया  अस्ट्रिया –० २-१ २०१४ फिफा विश्वकप छनौट
१२ अक्टोबर २०१२ एभिभा स्टेडीयम , डब्लिन, आयरल्यान्ड  आयरल्यान्ड –० ६-१ २०१४ फिफा विश्वकप छनौट
–०
२६ मार्च २०१३ स्टेडियन नुनबर्ग, नुरेमबर्ग, जर्मनी  कजाख्स्तान –० ४-१ २०१४ फिफा विश्वकप छनौट
–१
२५ मार्च २०१५ फ्रिज वाल्टर स्टेडियन, केसर्सलौटर्न, जर्मनी  अस्ट्रेलिया –० २-२ मैत्रीपूर्ण
२९ मार्च २०१५ बोरिस डिनामो अरेना, बिलिसी, जर्जिया  जर्जिया –० २-० युइएफए युरो २०१६ छनौट

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०१४ मा रोयसलाई सवारी चालक अनुमति पत्र विना नै गाडी चलाएकाले £५,००,००० भन्दा बढी जरिवाना गराइएको थियो । दोषसिद्ध भेटिएपछी रोयसले भने "मैले यो गर्नुका कारण केही थिए जसलाई म आफैँले बुझ्न सकिन ।" यो घटनाभन्दा पहिले उनी कार र पेट्रोलका व्यापारिक विज्ञापनमा पनि देखिने गर्थे ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "M. Reus", Soccerway, अन्तिम पहुँच ७ डिसेम्बर २०१३ 
  2. अन्तर्राष्ट्रिय गोल

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]