मिनिसोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिनिसोटा
Minnesota

मिनिसोटा संयुक्त राज्य अमेरिकाको उत्तरी भेगको मध्य-पश्चिम पर्ने राज्य हो। सन् १८५८, मे ११ मा मिनिसोटालाई ३२ औँ अमेरिकाको राज्यका रुपमा मिनिसोटा क्षेत्र बाट पुर्वी भाग अल्ग्याएर बनाइएको थियो। यस राज्यमा धेरै तालहरु रहेका हुनाले यसलाई अमेरिकामा ल्यान्ड अफ टेन थाउज्यान्ड लेकस् (दश हजार ताल भएको स्थान) को उपनाम पनि दिएको छ। यसको आदर्श वाक्यका रुपमा L'Étoile du Nord (फ्रान्सेलीमा: उत्तरको तारा) रहेको छ।

आकारको हिसाबमा १२ औँ ठुलो राज्य र २२ औँ बढी जनसंख्याको रुपमा मिनिसोटा रहेको छ। यस राज्यको ५५% जनसंख्या मिनियापोलिस्-सेन्ट पल (जुम्ल्याहा शहरका रुपमा परिचित) वसोवास गर्दछन्।[१] मुख्य शहरहरुको रुपमा डुलु, मानकाटो, मुरहेष, रोचस्टर र सेन्ट क्लाउड छन्। यस राज्यको पश्चिममा घाँसी मैदान, झरपत रुखहरु दक्षिण-पुर्वमा, र उत्तरमा पातलो बस्ती रहेको छ।

युरोपेलीहरुलो आगमनको हजार वर्ष अघि देखि मिनिसोटामा विभिन्न आदिवासीहरुको बाहुल्य रहेको थियो। फ्रान्सेली अन्वेषकहरु, व्यापारीहरुको सत्रौँ शताब्दी बाट यस राज्यको अन्वेषण हुन थाल्यो; जहाँ पहिल्यै देखि डाकोटा, ओजिवे, अनिसिनेबे जस्ता आदिवासीहरु थिए। मिनिसोटाको धेरै भुभाग फ्रानसेलीहरुकै मातहातमा थियो। अमेरिकाले सन् १८०३ मा फ्रान्सबाट लिएपचि सन् १८५८ सम्ममा मिनिसोटाले हालको आकार पाएको हो। मध्य पश्चिमका अन्य राज्यहरु झैँ यो राज्य पनि कम जनसंख्या भएको र कृषि र काठका काममा आधारित छ।

१९ औँ शताब्दी र २० औँ शताब्दीबाट युरोपेली आप्रावासीहरुको यहाँ बढ्दो आगमन र वसोवास हुन थाल्यो। आप्रावासीहरु स्केन्डीनाभिया, जर्मनी, मध्य युरोप जस्ता स्थानहरु बाट बढी थिए। सन् १८४८ मा भएका युरोपेली क्रान्तीहरुले धेरै युरोपेलीहरु बसाँइ सरेर मिनिसोटा आएका बताइन्छन्।[२] मिनिसोटाको कला र संस्कृति पनि सक्नेडिनिभिया अमेरिकाली, जर्मन अेमेरिकाली र चेक अमेरिकाली जस्ता पक्षबाट भरिएको छ।

बढी शिक्षित र धनी राज्यमा मिनिसोटा मात्र मेसाच्युटस् र कनेक्टीकट पचि पर्दछ। हाल यहाँको अर्थतन्त्र सेवा र वित्तिय क्षेत्रमा पनि अघि सरेको पाइन्छ। यहाँको जनसंख्यामा एसिया, अफ्रिकाली, मध्य पुर्वी र ल्याटिन अमेरिकाली मुलका मानिसहरु पनि आजको दिनमा भेटिन्छन्।

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्नुहोस्]

  1. "Our Estimates: Latest annual estimates of Minnesota and its Economic Development Regions' population and households, 2017", Population Data, Minnesota State Demographic Center, अगस्ट २०१८, मूलबाट मे १३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १३, २०१९ 
  2. Jerabek, Esther, "The transition of a new world Bohemia.", Minnesota Historical Society, अन्तिम पहुँच मे १०, २०२०  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २४, २०२१ मिति

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]