मोदिआइन
स्वरूप
| लेखक | विश्वेश्वरप्रसाद कोइराला |
|---|---|
| आवरण कलाकार | टेकवीर मुखिया |
| देश | नेपाल |
| भाषा | नेपाली |
| विषय | उपन्यास |
| प्रकार | सामाजिक |
| प्रकाशक | साझा प्रकाशन |
| पृष्ठ | ४२ पृष्ठ |
| आइएसबिएन | 978-99933-2-598 Parameter error in {{isbnt}}: Invalid ISBN. |
मोदीआइन (उपन्यास) नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो ।
यो सानो आकारको तर महत्त्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]