सामग्रीमा जानुहोस्

मधेसतिर (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोषी चश्मा कथासङ्ग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
२००६ साल
पृष्ठ१०४ पृष्ठ
आइएसबिएन978-99933-2-750-9

मधेसतिर कथाकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा कथासङ्ग्रहमा बिसं २००६ सालमा प्रकाशित कथा हो । यस कथामा सामाजिक तथा मनोवैज्ञानिक समस्यालाई वा मानवीय जीवनमा देखा पर्ने आर्थिक एवम् जैविक द्वन्द्वलाई सजीवरूपमा प्रस्तुत गर्ने काम भएको छ ।

विधवा र गोरे यस कथाका मुख्य पात्रहरू हुन । यी दुबैका आ–आफ्नै समस्या छन् । गोरेको जीवनले आर्थिक समस्यालाई देखाइएको छ भने विधवाको जीवनले मनोवैज्ञानिक समस्यालाई औंल्याइएको पाइन्छ । आर्थिक र यौनजन्य समस्यालाई चित्रण गर्न अन्य तीन जना पात्रहरूलाई पनि समावेस गरिएको छ । यस कथाकी नायीका विधवामा कामवासना सम्बन्धि पीडा छ भने गोरेमा दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या छ । जीवनका आधारभूत द्वन्द्वमा फसेका यी दुबै पात्र कुनै न कुनै संगतीको खोजीमा पहाडबाट मधेस झर्दैछन् । वास्तवमा यस कथामा विधवाका माध्यमबाट यौन अतृप्तिलाई देखाइएको छ । यौन अतृप्ति मानिसको जीवनमा अत्यन्त कष्टकर हुन्छ । यही अनुभूतिलाई यस कथाको विषय बनाइएको छ भने आर्थिक समस्या गौण रूपमा प्रकट गरिएको छ । यौनतृप्तिको आकांक्षालाई सामाजिक बन्धन, नैतिकता वा मानसिक सोचाइले गर्दा यौनेच्छा पूर्ण हुन पाउँदैन । यौनेच्छा पूर्ण हुन नपाउँदा त्यसबाट असाध्यै ठूलो कष्ट वा पीडा हुन्छ भन्ने बिषयलाई नाटकीयकरण गरी यस कथामा प्रस्तुत गरिएको छ । यस कथाकी विधवा को एक जना छोरा हुन्छ । उसभित्र यौनेच्छा जाग्दछ र त्यो पूरा हुनसक्दैन । त्यसैले त्यो विधवा सम्पन्न भएर पनि आफ्नो अतृप्त यौनेच्छालाई तृप्ति दिने आन्तिरिक चाहानाले छोरालाई लिएर झर्दैछे । विधवाले मधेस झर्दा पैसा र गहनाको पोको लिएर झरेकी हुन्छे । त्यसबाट कुनै युवकलाई आकर्षित गर्ने र सम्भोग गर्ने, घरजग्गा किनेर सँगै बसेर सधै शारीरिक सम्बन्ध राख्ने जस्ता उसभित्र अतृप्त यौनको तृप्तिको चाहना विद्यमान थिए । त्यसैले बाटोमा भेटिएका चारजना यात्री मध्ये गोरे भन्ने युवकलाई आफ्नो लोग्ने बनाउने र मधेसमा राम्रो घरबारी लिएर जीवन बिताउने सुरले गहनाको लोभ देखाउँछे ।तर गोरे राति सुतेकै बेलामा विधवाको गहनाको पोको चोरेर भागेपछि उसको त्यो यौन तृप्तिको चाहनामा ठूलो बाधा आइलाग्छ । यसबाट उसको जीवन झन् दुखद् र करुणामय बन्न पुग्छ । वास्तवमा उसको अतृप्त यौनेच्छा अचेतनमा दमित हुन पुग्दा कष्टदायी बन्न गएको छ । गोरेले गहना र पैसाका पोको चोरेर भागेपछि विधवा यौन समस्याकासाथै आर्थिक समस्यामा पनि पर्छिन् । उनका सारा सपनाहरू चकनाचुर हुन पुग्छन् । उता गोरे, भोटे र धने जस्ता पात्रहरू रोजीरोटीको समस्याले सताइएका छन् । अन्तिममा केही सिप नलागेपछि र आफ्नो कामोत्तेजना रोक्न न सकेपछि आफ्नै छोरालाई यौनक्रिडा सिकाउन थाल्छिन् र आनन्द लिन थाल्छिन् ।इएका छन् ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]