याहु! आन्सर
याहु! उत्तरको पर्दाचित्रण | |
साइटको प्रकार | सहयोगी |
|---|---|
| उपलब्ध भाषा | चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, जर्मनेली, इन्डोनेसियन, इतालियाली, जापानी, कोरियाली, पुर्तुगाली, स्पेनी, थाई, भियतनामी |
| युआरएल | answers |
| व्यवसायिक | हैन |
| चालु भएको मिति | जुन २८, २००५ |
याहु! आन्सर (अनुवाद: याहु! उत्तर) याहू!द्वारा सञ्चालित सामुदायिक प्रश्न-उत्तर वेबसाइट हो वा याहुद्वारा बनाइएको एक ज्ञानको भण्डार हो जसले प्रयोगकर्ताहरूलाई प्रश्नहरूको जवाफ दिन र अन्य प्रयोगकर्ताद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]याहु! को वेबसाइटलाई २ मार्च १९९५ मा याहु! का संस्थापक जेरी याङ र डेभिड फिलोद्वारा आधिकारिक रूपमा सुरुवात गरिएको थियो।[१] यो विभिन्न वेबसाइटहरूको लागि खोजी निर्देशिकाको रूपमा सुरु भएको थियो र स्थापित इन्टरनेट संसाधनमा वृद्धि भएको थियो जसलाई "याहू उत्तर"को मञ्चमा प्रस्तुत गरिएको थियो।[२][३] याहु! उत्तरलाई १८ जून २००५ मा आन्तरिक अल्फा परीक्षणको लागि सुरू गरिएको थियो। परीक्षण संस्करणको याहु! उत्तरलाई ८ डिसेम्बर २००५ मा सर्वसाधारणका लागि लागि सुरू गरिएको थियो र यो १४ मे २००६ सम्म उपलब्ध भएको थियो।[४][५] अन्तत: याहु! उत्तरको आधिकारिक संस्करण १५ मे २००६ मा, सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो।[६]
याहु! उत्तरलाई याहु!को पहिलाको प्रश्नोत्तर मञ्च, याहु! सोधसँग बदल्नको लागि सृजना गरिएको थियो जसलाई मार्च २००६ मा बन्द गरीएको थियो।[७] वेबसाइटले सदस्यहरूलाई सहभागिता प्रोत्साहित गर्ने तरिकाको रूपमा अङ्क कमाउने अवसर दिन्छ जुन नाभरको नलेज इन नामक सेवामा आधारित छ। [८][९] याहु! उत्तर, १२ भाषाहरूमा उपलब्ध छ, तथापि धेरै एसियाली वेबसाइटहरूले भिन्न मञ्च सञ्चालन गरेका छन् जसले गैर तालिन वर्णहरूलाई अनुमति दिन्छन्। [१०] जापानमा यो मञ्च याहु! चिबुकुरोको (知 恵 袋 ) रूपमा चिनिन्छ भने यो कोरिया, ताइवान, चीन, र हङकङमा याहु! ज्ञानको रूपमा चिनिन्छ। [११] सिन जिम नामक अरबी भाषाको प्रश्नोत्तर मञ्च याहु! को सहायक मक्तुब मार्फमा उपलब्ध छ। ८ डिसेम्बर २०१६ मा, याहु! यसको आधिकारिक अनुप्रयोग आइओएस र एन्ड्रोइडको लागि जारी गरिएको थियो।[१२][१३][१४][१५][१६]
खराब तवरले बनाइएको प्रश्न र गलत उत्तरहरूको सङ्ख्याले गर्दा वेबसाइटलाई उपहासको लक्ष्य बनाएको छ। [११][१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ म्याकलग, ब्रायन, On the 20th Anniversary – The History of Yahoo's Founding, Internet History Podcast।
- ↑ (जुन २८, २००५), Questions - Yahoo Answers - प्रथम/oldest Y!A account - Director of Engineering, Ofer Shaked's Yahoo! Answers account, created on June 28, 2005, अन्तिम पहुँच मार्च २९, २०१६।
- ↑ (डिसेम्बर ७, २००५), SiliconBeat: Yahoo Answers, अन्तिम पहुँच अप्रिल १, २०१६।
- ↑ (डिसेम्बर ७, २००५), Yahoo launches Q&A service - CNET News.com, अन्तिम पहुँच फेब्रुअरी २८, २०१६।
- ↑ (डिसेम्बर १०, २००५), Yahoo! Answers - Home on December 10, 2005, अन्तिम पहुँच फेब्रुअरी २८, २०१६।
- ↑ (मई १५, २००६), Yahoo - Yahoo! Search Leverages Human Knowledge From Yahoo! Answers to Improve Web Search; Yahoo! Answers Surpasses 10 Million Answers to Everyday Questions From Real People, अन्तिम पहुँच फेब्रुअरी २८, २०१६।
- ↑ सेचवार्त्ज, बेरी, (डिसेम्बर १३, २००६), Yahoo Answers Birthday: One Year Old, Search Engine Land, अन्तिम पहुँच अगस्ट २२, २०१२।
- ↑ Horowitz, Bradley, (जुन २७, २००६), Searching for what doesn't exist…, blog.elatable.com, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१८।
- ↑ Pastreich, Emanuel, (जुलाई १८, २०११), Take Naver Global Today!, Korea IT Times, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१८।
- ↑ Yahoo! Chiebukuro वेबसाइट, अन्तिम पहुँच अगस्ट २२, २०१२।
- 1 2 Raphael, J. R., (डिसेम्बर १७, २००९), The 20 Dumbest Questions on Yahoo Answers, PC World, अन्तिम पहुँच मई २४, २०१०।
- ↑ Yahoo Answers Now on the App Store, अन्तिम पहुँच डिसेम्बर १२, २०१६।
- ↑ Yahoo Answers Now - Android Apps on Google Play, अन्तिम पहुँच डिसेम्बर १२, २०१६।
- ↑ (नोभेम्बर २९, २०१६), Yahoo Answers Now is a standalone app for iOS, अन्तिम पहुँच डिसेम्बर १२, २०१६।
- ↑ (डिसेम्बर ८, २०१६), Yahoo officially launches its Yahoo Answers Q&A mobile app - VentureBeat, अन्तिम पहुँच डिसेम्बर १२, २०१६।
- ↑ (डिसेम्बर ९, २०१६), Yahoo Answers makes its official mobile debut - TechCrunch, अन्तिम पहुँच डिसेम्बर १२, २०१६।
- ↑ Ahmed, Murad, (जनवरी ३, २००९), Ask a silly question..., The Times, लन्डन, अन्तिम पहुँच मई २४, २०१०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- याहु उत्तर
- उत्तर वास्तुशास्त्र
- याहु!उत्तरको परामर्श विभाग अभिलेखिकरण २०१४-०३-०२ वेब्याक मेसिन
- उत्तर
- याहु! सोध, याहु!को पहिलाको प्रश्नोत्तर वेबसाइट, हाल समायोजित
- याहु! उत्तर (टम्ब्लर घोषणा) अभिलेखिकरण २०१३-०९-१६ वेब्याक मेसिन