याहु! मेसेन्जर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(याहु टुगेदरबाट अनुप्रेषित)
याहु! मेसेन्जर
निर्माणकर्ता (हरू)याहु!
मौलिक संस्करण
  • मार्च ९, १९९८; २५ वर्ष पहिले (१९९८-०३-09)[१] (याहु! पेजरको रूपमा)
  • जुन २१, १९९९; २४ वर्ष पहिले (१९९९-०६-21) (याहु! मेसेन्जरको रूपमा)[२]
अन्तिम संस्करण
  • विन्डोज: ११.५.०.२२८ / मार्च १३, २०१२; ११ वर्ष पहिले (२०१२-०३-13)
  • म्याक: ३.०.२ / जुलाई १४, २०१२; ११ वर्ष पहिले (२०१२-०७-14)
  • लिनक्स: १.०.६ / सेप्टेम्बर २००३; २० वर्ष अघि (२००३-०९)
  • सन ५.७: ०.९९.१७-१ / सेप्टेम्बर २००३; २० वर्ष अघि (२००३-०९)
  • सोलारिस ८: १.०.४ / सेप्टेम्बर २००३; २० वर्ष अघि (२००३-०९)
  • फ्रिबिएसडि ४/५: १.०.४ / सेप्टेम्बर २००३; २० वर्ष अघि (२००३-०९)
  • एन्ड्रोइड: २.९.२ / जुलाई ६, २०१७; ६ वर्ष पहिले (२०१७-०७-06)
  • आइओएस: 1.0.7/ फेब्रुअरी २९, २०१६; ८ वर्ष पहिले (२०१६-०२-29)
सञ्चालन प्रणालीएन्ड्रोइड, आइओएस. विन्डोज, स्याम्बिएन, म्याक सञ्चालन प्रणाली, लिनक्स, फ्रिबिएसडि, सोलारिस, सन सञ्चालन प्रणाली
प्रकारतत्काल सन्देश सेवा
अनुमति पत्रस्वामित्व, एड्वेर

याहु! मेसेन्जर एक विज्ञापन समर्थित तत्काल सन्देश आदनप्रदान गर्ने वा सम्बन्धित सौजन्यविधि सेवा थियो जसलाई अमेरिकी बहुराष्ट्रिय इन्टरनेट निगम याहु!ले सञ्चालन गरेको थियो। याहु! मेसेन्जरको प्रयोगलाई नि: शुल्क रूपमा प्रदान गरिएको थियो र यसलाई याहु! खाता मार्फत विभिन्न सञ्चालन प्रणालीमा अभिभारण गर्न पनि सकिन्थ्यो जसले याहु! मेल लगायतका अन्य विभिन्न याहुका सेवाहरूमा पनि पहुँच योग्य बनाएको थियो। याहु!को यस सेवाले इन्टरनेट सौजन्यविधिमा आवाज स्थानान्तरण, फाइल आदनप्रदान, वेबक्याम आयोजना, पाठ सन्देश सेवा, र वार्ता कक्ष जस्ता विभिन्न श्रेणीहरूमा सेवाहरूको प्रस्ताव गरेको थियो।

याहु! मेसेन्जरलाई पहिला याहु! वार्ताको रूपमा सार्वजनिक गरिएको थियो जो एक सार्वजनिक वार्ता कक्ष सेवा थियो। यसको वास्तविक सेवालाई याहु! पेजरको रूपमा ९ मार्च १९९८ मा सुरुवात गरिएको थियो[१] र यसलाई सन् १९९९ मा, याहु! मेसेन्जरको रूपमा नाम बदलिएको थियो। [३][४] यसको वार्ता कक्ष सेवालाई सन् २०१२ मा बन्द गरिएको थियो।

आइसीक्यूले प्रस्ताव गरेको जस्तो तत्काल सन्देश सेवाहरूको अतिरिक्त, यसले ( माइक्रोसफ्ट विन्डोजमा ) विभिन्न प्रकारका सेवाहरू प्रस्ताव गरेको थियो। [५]

याहु! मेसेन्जरको नयाँ संस्करणलाई सन् २०१५ मा जारी गरिएको थियो। याहु! मेसेन्जरलाई १७ जुलाई २०१८ मा अनिश्चित कालका लागि बन्द गरिएको थियो र यसको अतिरिक्त याहु!ले केही समयको लागि यसको वैकल्पिक सेवा याहु! सँगैको प्रक्षेपण गरेको थियो जुन हाल निष्क्रिय अवस्थामा रहेको छ।[६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "याहु! पेजरका साथ सम्पर्कमा रहनुहोस्", मूलबाट २०१०-१२-२०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२० मिति
  2. "कम्पनीको समयरेखा"। Press Room। Investor Relationsयाहु! 
  3. "Change is in the Air: Updates to Yahoo Messenger Features"। सङ्ग्रह मिति १ डिसेम्बर २०१२ 
  4. "Yahoo Messenger public chat rooms discontinuing on Dec. 14th"। सङ्ग्रह मिति १ डिसेम्बर २०१२ 
  5. "विशेषताहरू – याहु [[मेसेन्जर]]"। सङ्ग्रह मिति १२ फेब्रुअरी २००८  युआरएल–उइकीसूत्र द्वन्द्व (मद्दत)
  6. "Yahoo Messenger will be discontinued | Account Help - SLN28776"याहु! सहयोगको वेबसाइट 
  7. "Yahoo Messenger will shut down on July 17th"भरिजोन मिडिया। ८ जुन २०१८। सङ्ग्रह मिति ३१ अक्टोबर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]