गौरवमय क्रान्ति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(रक्तहीन क्रान्ति बाट पठाईएको)
Jump to navigation Jump to search
गौरवमय क्रान्ति
हल्याण्डका राजकुमार विलियम र उनकी रानी मेरी lands at Torbay
अन्य नामहरू:गौरवपूर्ण क्रान्ति, १६८८
War of the English Succession
रक्तहीन क्रान्ति
सहभागी:अङ्ग्रेग, वेल्स र स्कटिस समाज, डच फौज
स्थान:बेलायत
मिति:१६८८–१६८९
परिणाम:

बेलायतमा सन् १६८८ मा भएको क्रान्तिमा कुनै किसिमको हिंसा, हत्या , रक्तपात केही नभएकाले उक्त क्रान्तिलाई गौरवमय क्रान्ती भनिन्छ ।

राजा जेम्स द्वितीय , इङ्गल्याण्ड, स्कटल्याण्ड र आयरल्यान्डका राजा, by Sir Godfrey Kneller. नेसनल पोट्रेट ग्यालरी , लण्डन

सन् १६८८ मा बेलायतमा एक ठूलो परिवर्तन भयो । त्यहाँ परम्परागत रूपमा चल्दै आएको निरङ्कुश शासनलाई समाप्त गरि जनताको भावना अनुकुल उदार शासननीति लागू गरियो । त्यहाँ स्टुआर्ट वंशका प्रथम राजा जेम्स प्रथमको शासन सुरु ( सन् १६०३ ) देखि राजा र संसद बीच सङ्घर्ष चलेको थियो । यसै क्रममा चार्ल्स प्रथमलाई १६४९ मा संसद्ले फाँसी दियो । सन् १६८८ मा बेलायतको गद्दी मा चार्ल्स द्वितीयका भाइ जेम्स द्वितीय थिए । जेम्स द्वितीय १६८५ मा गद्दीमा बसेका हुन् । आफ्ना पूर्वजहरू झैँ जेम्स द्वितीय पनि निरङ्कुश भएकाले उनको संसदसँग सङ्घर्ष चल्यो र अन्त्यमा जेम्स द्वितीय गद्दी छाडेर भागेकाले बेलायतमा विना रक्तपात हल्याण्डका राजकुमार विलियम र उनकी रानी मेरीलाई संयुक्त रूपमा गद्दीमा राखियो । यो राजनीतिक परिवर्तन विना रक्तपात भएकाले यसलाई गौरवमय वा रक्तहीन क्रान्ति भनिएको हो ।

गौरवमय क्रान्तिका प्रमुख कारणहरू[सम्पादन गर्ने]

  1. जेम्स द्वितीय उनका बाबू चार्ल्स प्रथम झैँ निरङ्कुश , जिद्दी तथा कट्टर क्याथोलिक थिए । उनमा समयको गति अनुसार चल्ने क्षमताको अभाव भएकाले उनका दाजु चार्ल्स द्वितीयले २५ वर्ष सम्म चलाएको शासनलाई उनले तीन वर्ष पनि चलाउन सकेनन् । उनी गद्दीमा बसेको बेलामा राज्यका अधिकांश सांसद तथा राजकर्मचारीहरू उनका समर्थक भएपनि अदूरदर्शीताको कारण संसदसँग विवाद उत्पन्न भइ अन्त्यमा गद्दी छाडेर भाग्नु पर्यो ।
  2. चार्ल्स द्वितीयका भित्रिनीतर्फका छोरा मनमौथ ( Monmouth) ले विद्रोह गरेकाले मनमौथ र उनका प्रमुख सहयोगीहरूलाई मृत्युदण्ड दिइयो । विद्रोहसँग सम्बन्धित व्यक्तिहरूलाई दण्ड दिन जर्ज जेफ्रेस ( George Jeffreys) को अध्यक्षतामा एक विशेष अदालत गठन गरि शङ्काकै भरमा हजारौं व्यक्तिलाई दण्ड दिइयो । त्यसैले उक्त अदालतलाई ´खुनी अदालत´ (Bloody Tribunal) भनियो । यश घटनाबाट राजाप्रती जनताको भावना अझै नराम्रो भयो र राजालाई जनताले घृणा गर्न थाले ।
  3. त्यस समयमा स्थायीरूपमा सेना राख्ने प्रचलन नभएको र कुनै समस्या उत्पन्न भएमा उक्त समस्या समाधान का लागि मात्र सेनाको सङ्घटन गरिन्थ्यो । र समस्या समाधान भएपछी सेना विघटन गरिन्थ्यो । मनमथको विद्रोहको क्रममा विद्रोह दमन गर्न सङ्घठित सेनालाई राजाले विघटन नगरी कायम राखेर जनतालाई डर देखाउन खोजेकाले राजाप्रती जनता ज्यादै रिसाए ।
  4. टेस्ट एक्ट ( Test Act) अनुसार कुनै पनि व्यक्तिले सरकारी पदमा भर्ना हुँदा अङ्ग्रेजी चर्च व्यवस्थामा आस्था भएको सपथ लिनु पर्ने भएकाले क्याथोलिकलाई सरकारी पदमा राख्न सकिँदैन थियो । राजा जेम्स द्वितीयले टेस्ट एक्ट कानुनको उल्लङ्घन गरि क्याथोलिकहरूलाई सरकारी पदमा नियुक्त गरि न्यायलयको समर्थन गराउने प्रयास गरे । सर एड्वर्ड हेल्स नामक रोमन क्याथोलिकलाई सेनाको कर्णेल पदमा नियुक्त गरे । अन्य महत्वपूर्ण पदहरूमा पनि क्याथोलिकहरूलाई नियुक्त गरेकाले राजा र संसद बीच विवाद बढ्यो । यस्तो अवस्थामा राजाले संसद नै भङ्ग गरेकाले जनता रिसाए ।

क्रान्तिको मुख्य घटनाक्रम[सम्पादन गर्ने]

  1. जेम्स द्वितीयको पुत्र जन्म - जेम्स द्वितीयको पहिलो पत्नीबाट "मेरी" नामक पु़त्री जन्म भएको थियो । उनी प्रोटेस्टेन्ट मतकी थिइन् र हल्याण्डका राजकुमार विलियम अफ अरेन्ज सँग विवाह भएको थियो । उनी पनि प्रोटेस्टेन्ट थिए । इंग्ल्याण्डवासीलाई यो विश्वास थियो कि कि उनी नै इंग्ल्याण्डको शासिका बन्नेछिन् , यसकारण उनीहरु जेम्स द्वितिय को अनाचार र अनुचित कार्यहरु सहन्थे । जेम्स द्वितियको दोश्रो पत्नी कट्टर क्याथोलिक थिइन् । जब १० जून १६८८ मा उसको पुत्रको जन्म भयो तब यो धारणा बन्यो कि उसको लालन-पालन र शिक्षा क्याथोलिक धर्म अनुसार हुन्छ र राजा जेम्स द्वितिरी को मृत्यु पछी क्याथोलिक राजा बन्नेछन् । यसबाट भय र आतंकको बातावरण उत्पन्न भयो ।
  2. हल्याण्डका विलियम र मेरीलाई निमन्त्रणा - टोरी र ह्विङ दलका सदस्यहरू र पादरिहरू ले एक जनसभा आयोजना गरे र यो निर्णय लिए कि जेम्स द्वितीयका ज्वाइ विलियम र पुत्री मेरीलाईइ इंग्ल्याण्डको राजसिंहासनमा आसिन हुनको लागि आमन्तृत गरियोस । फलतः केहि प्रभावशाली मानिस हरुले दूत पठाएर विलियम र मेरी लाई इंग्ल्याण्ड आमन्त्रित गरे । यस समय विलियम फ्रान्स सँगको युद्ध मा व्यस्त थिए । उनी यो कुरा बुझ्थे कि फ्रान्स र त्याहाँ का राजा लुई १४ औं हल्याण्ड भन्दा निकै शक्तिशली छ तर  इंग्ल्याण्ड को समन्वित शाक्ति को सामना गर्न सक्दैनन् , त्यसकारण उनले निमन्त्रणा स्वीकार गरे ।
  3. विलियमको इंग्ल्याण्ड आगमन र जेम्स द्वितियको पलायन - विलियम अफ अरेन्ज १५ हजार सैनिक साथ ५ नबेम्बर १६८८ मा इंग्ल्याण्ड को टोरबे बन्दरगाह मा उत्रे । जेम्स द्वितीयले आफ्नो सेनाको साथ उनको सामना गर्ने प्रयास गरे , तर उनको सहयोगी र सेनापति जन चर्चिलले उनको साथ छोडे र उसकी पुत्री मेरी , विलियम को पक्षमा मिले। निराश हुँदै र २३ डिसेम्बर १६८८ मा जेम्स द्वितिय राजमुकुट थेम्स नदीमा फ्याकेर फ्रान्स पलायन भए।
  4. विलियम र मेरी इंग्ल्याण्डको शासक : २२ जनवरी १६८९ ई मा संसद को बैठक भयो , जसमा बिल अफ राइट्स पारित भयो । यसमा विलियम को सामु केहि शर्तेहरु राखियो ,जसलाई विलियमले स्वीकार गरे। यसपछी विलियम तथा मेरी १३ फेवररी १६८९ मा इंग्ल्याण्ड को राज सिंहासनमा बिराजामआन भए। विलियम र मेरी संयुक्त शासक स्वीकार गरियो ।

परिणाम/प्रभाव[सम्पादन गर्ने]

१६८९ मा विलियम अफ अरेन्ज र मेरी राजा- रानीको रुपमा राज्यरोहण
  1. राजाको दैवी अधिकार समाप्त भयो ।
  2. प्रजाको इच्छा विरुद्ध शासन चल्न नसक्ने भयो ।
  3. संसद्को स्वीकृति नभइ राजा बन्न नपाइने भयो ।
  4. दैवी अधिकारको आधारमा निरङ्कुश शासनको सट्टा संवैधानिक शासन प्रारम्भ भयो ।
  5. शासनको प्रमुख अङ्ग संसद भयो ।
  6. संसद्को स्वीकृतिविना राजाले कुनै पनि कर लगाउन नपाइने भयो ।
  7. धार्मिक स्वतन्त्रताको सिद्धान्त स्वीकार गरियो ।
  8. वाक् तथा प्रेस स्वतन्त्रता प्राप्त भयो ।
  9. भविष्यमा क्याथोलिकहरूका लागि इङ्गल्याण्डको गद्दीमा कुनै हक रहेन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

फ्रान्सको क्रान्ति (१८४८)