रमा शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

नेपाली भाषाकी अथक सेवक रमा शर्माको जन्म वि.सं.१९९९ मा काठमाडौंमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेकी शर्मा प्राध्यापक हुन् । वर्तमान समयमा रमा शर्मा नेपाली शिक्षा परिषद् नामक संस्थामा आबद्ध छन् । उनी प्रतिभालाई प्रोत्साहन र सम्मान दिने कार्यमा जुटेको पाइन्छ ।

कृतित्व[सम्पादन गर्नुहोस्]

शर्माका रचना र अन्वेषणमूलक सृजना यस प्रकार रहेका पाइन्छन् ः

  • असीम स्मरण (२०२६),
  • खाद्य विज्ञान (२०३२),
  • समस्या पूर्ति (सम्पादन २०३८),
  • मोतीराम भट्टका गजलहरू (२०३८),
  • मोती स्मृतिग्न्थ (सम्पादन २०३९),
  • मोतीराम भट्टको परिचय र केही कविता (२०४२),
  • महेन्द्र माला कक्षा दुर्इ र सात (२०४२),
  • मोती मण्डलीका समस्यापूर्तिहरू (२०४४)
  • गहन चिन्तन (सम्पादन २०४६),
  • मोती ग्रन्थावली (२०४६),
  • भानुभक्तप्रति (२०४७),
  • राष्ट्रभाषा ( कविता सँगालो सम्पादन (२०४७),
  • केही चिन्तन (२०५५) ।


माध्यमिक कालका कविहरूले दिएका विशिष्ट योगदानको अन्वेषण, समीक्षण, मूल्याङ्कन गरेर निष्कर्ष दिने कार्यमा जुटेकी शर्मा उर्जाशील समीक्षकका रूपमा परिचित छन् । महिला समालोचकहरूमध्ये उनी सफल समालोचकका रूपमा गनिन्छिन् । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति, वाराणसी : भूमिका प्रकाशन ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]