रमेश पोखरियाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रमेश पोखरियाल निशंक
उत्तराखण्ड राज्यको पाँँचौ मुख्यमन्त्री
वेबसाइटwww.drnishank.com

रमेश पोखरियाल "निशंक" (जन्म १५ अगस्ट, १९५८) एक भारतीय राजनीतिज्ञ हुन जो भारतीय जनता पार्टी सँग सम्बन्धित छन् र एक हिन्दी कवि पनि हुन्। उनी नेपाली बाहुन पोखरेल थरका हुन्। उनी उत्तराखण्ड राज्यको पाँचौ मुख्यमन्त्री हुन जसको निर्वाचन भाजपा विधानमण्डल द्वारा गरिएको हो।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म पिनानी ग्राम, पौडी गढवाल तत्कालीन उत्तर प्रदेश (अब उत्तराखण्ड)मा भएको थियो। उनको पिता परमानन्द पोखरियाल र माता विश्वम्भरी देवी हुन्। उनी एक नेपाली प्रवासी पोखरेल परिवारका हुन् ।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

१९९१ मा उनी प्रथम पटक उत्तर प्रदेश विधानसभाको लागीए कर्णप्रयाग निर्वाचन-क्षेत्रबाट निर्वाचित भएका थिए। यस पछि १९९३१९९६ मा पुनः त्यसै निर्वाचन-क्षेत्रबाट उत्तर प्रदेश विधानसभाको लागि चुनिएका थिए। १९९७ मा उनी उत्तर प्रदेश राज्य सरकारको उत्तरांचल विकास मन्त्री भए। २००२मा उनले उत्तरांचल विधान सभाको लागि थालिसियाँ निर्वाचन-क्षेत्रबाट निर्वाचनमा खडा भए तर उनले हारे। फेरी २००७ मा उनी त्यसै निर्वाचन-क्षेत्रबाट उत्तराखण्ड विधानसभाको लागि निर्वाचित भए।

मुख्यमन्त्री

२७ जून २००९ मा उनी उत्तराखण्डको पाचौ मुख्यमन्त्री भए। उनी उत्तराखण्डको सबैभन्दा युवा मुख्यमन्त्री हुन।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. पोखरियाल उत्तराखण्ड के मुख्यमंत्री होंगे टाइम्स अफ इन्डिया समाचार