रवि ओड
रवि ओड | |
|---|---|
धनगढी विमानस्थलमा रवि ओड | |
| जन्म | २०५४ साल चैत्र महिना कृष्णपुर नगरपालिका, गुलरिया, कञ्चनपुर जिल्ला |
| राष्ट्रियता | |
| अन्य नाम | नेपाल आइडल विजेता |
| पेशा | गायक |
| कार्यकाल | २०१८-हाल |
| चिनारीको कारण | २०१८ नेपाल आइडल विजेता |
| उपाधि | नेपाल आइडल (सिजन २) |
| साङ्गीतिक जीवन | |
| विधा | आधुनिक लोक गित डेउडा पप |
रवि ओड एक नेपाली गायक हुन्। ओड नेपाली गायकसँगै एक कलाकार पनि हुन्। रवि ओड नेपाल आइडल सिजन २ विजेता हुन्। नेपाल आइडलमा उत्कृष्ट प्रदर्शनी गरे सँगै नेपाली साङ्गीतिक समर्थकहरू माझ उनको प्रसिद्धि दिन प्रतिदिन बढ्दै गएको थियो।[१][२] रवि ओडले बिक्रम बराललाई पछाडि पार्दै दोस्रो नेपाल आइडल बन्न सफल भएका थिए।[३]
प्रारम्भिक जीवन
[सम्पादन]रवि ओडको जन्म वि. सं. २०५४ साल चैत्र महिनामा भएको हो। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट तेस्रो सन्तनका रूपमा उनको जन्म भएको थियो।[४]
सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत सङ्गीतमा लागेका थिए। धनगढीको दोहोरी साँझमा गीत गाएर करिब चार वर्ष अघिबाट मात्रै उनी सङ्गीतमा सक्रिय भएर लागेका हुन्। साथै कमजोर आर्थिक अवस्थाका कारण रवि वि. सं. २०७० को निर्वाचनमा म्यादी प्रहरीमा समेत भर्ना भएका थिए।
साङ्गीतिक जीवन
[सम्पादन]नेपाल आइडल यात्रा
[सम्पादन]धनगढी अडिसनमा कमल खत्रीको जाऊँला रेलैमा… बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए। रवि ठाडी भाका, देउडा, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धीका रूपमा नेपाल आइडलमा छाएका थिए।
राम्रो गायन प्रतिभा भएका ओडले अन्ततः देश विदेशमा रहेका नेपालीको मनसँगै मत जित्दै नेपाल आइडल सिजन–२ को उपाधि जित्न सफल भएका थिए ।[५]
सम्मान तथा पुरस्कारहरू
[सम्पादन]- नेपाल आइडल सिजन-२ विजेता
आइडल-वितरण
[सम्पादन]सन्दर्भ सामाग्रीहरू
[सम्पादन]- ↑ "विक्रमलाई पछि पार्दै रवि ओडले जिते नेपाल आइडल", अनलाइन खबर, अन्तिम पहुँच २०७५ पुस ०७।
- ↑ रातोपाटी, "रवि ओड बने दोस्रो नेपाल आइडल", रातो पाटी, अन्तिम पहुँच २०७५ पुस ६।
- ↑ "नेपाल आइडल सिजन २ को विजेता बने रवि ओड", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०७५ पुस ०७।
- ↑ "बाँच्नको लागि बाचमेन बन्नेदेखि म्यादी प्रहरीसम्म थाहा पाउनुहोस रवि ओठको जीवनी", इन्टरनेट संसार, मूलबाट २०१८-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७५ पुस ०६।
- ↑ "विक्रमलाई पछि पार्दै रवि ओडले जिते नेपाल आइडल", डिसी नेपाल, मूलबाट २०१८-१२-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७५ पुस ०७।