सामग्रीमा जानुहोस्

रश्मिका मन्दाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रश्मिका मन्दाना
Rashmika Mandanna
२०२५ मा रश्मिका
जन्म (1996-04-05) ५ अप्रिल १९९६ (उमेर ३०)[]
विराजपेट, कर्नाटक, भारत
वासस्थानबेङ्गलोर, कर्नाटक, भारत
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१६–वर्तमान
जीवनसाथी

रश्मिका मन्दाना (जन्म ५ अप्रिल १९९६) एक भारतीय अभिनेत्री हुन् जो दक्षिण भारतीय चलचित्रहरूमा मुख्य रूपमा कन्नडतेलुगुमा देखा पर्छिन् । उनले २०१६ को सबैभन्दा सफल व्यावसायिक चलचित्र किरिक पार्टी मा अभिनय गरिन् ।[][][] उनलाई मिडियाकन्नड चलचित्र उद्योगले कर्नाटक क्रश को रूपमा लोकप्रिय बनाएको छ ।[][] बेङ्गलोर टाइम्सले '२०१७ को सबैभन्दा मनमोहक महिला'को सूचीमा उनलाई पहिलो स्थानमा राख्यो ।[] उनी छोटो अवधिमा टलिउड ₹१०० करोड क्लबमा प्रवेश गर्ने थोरै अभिनेत्रीहरूमध्ये एक हुन् ।[] साथै उनी टलिउड सिनेमा उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेत्री हुन् ।[]

रश्मिकाले २०१८ मा प्रेमप्रसङ्गयुक्त नाट्य चलो बाट आफ्नो तेलुगु डेब्यू गरेकी थिइन्, यो चलचित्र बक्स अफिसमा सुपरहिट साबित भयो ।[] त्यहि वर्ष, उनले प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र गीता गोविन्दम मा अभिनय गरिन्, जुन तेलुगु सिनेमाको इतिहासमा सबैभन्दा धेरै नाफा कमाउने चलचित्रहरू मध्ये एक भएको छ, जसले उनलाई ठूलो पहिचान दियो ।[१०] उनको तेस्रो तेलुगु उद्यम मल्टिस्टारर ठूलो बजेट चलचित्र थियो, जसको नाम देवदास थियो, जुन भारतीय बक्स अफिसमा औसत हिट हुन गयो,[११] कन्नड चलचित्र उद्योगमा पहिलो ह्याट्रिक हिट हासिल गरेपछि यो तेलगु चलचित्र उद्योगमा उही वर्षमा लगातार तेस्रो हिट चलचित्र हो, जसले उनलाई तेलगु सिनेमाको अग्रणी अभिनेत्रीको रूपमा स्थापित गर्‍यो ।[१२]

उनले व्यावसायिक रूपमा सफल चलचित्रहरू जस्तै किरिक पार्टी (२०१६), अन्जनी पुत्र (२०१७), चमक (२०१७), चलो (२०१८), गीता गोविन्दम (२०१८) र याजामना (२०१९) मा अभिनय गरिन् ।[१३] चलचित्रहरूको ब्याक टू ब्याक सफलताले उनलाई दक्षिण भारतीय चलचित्र उद्योगमा सबैभन्दा खोजिएको अभिनेत्रीमा एक बनाएको छ ।[१४] मन्दानाले आफ्नो सह-कलाकार विजय देवरकोन्डासँग विवाह गरेकी छन्।[१५]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

रश्मिका मन्दानाको जन्म ५ अप्रिल १९९६ मा कर्नाटकको कोडागु जिल्लाको एउटा सहर विराजपेटमा सुमन र मदन मन्दनाको जेठी छोरीको रूपमा भएको थियो ।[१६][१७] मैसूर इन्स्टिच्युट अफ कमर्स एन्ड आर्ट्समा पूर्व विश्वविद्यालय कोर्स गर्नुभन्दा पहिले, उनले कुर्ग पब्लिक स्कूल (सिओपिएस), कोडागुमा आफ्नो स्कूली शिक्षा पूर्ण गरिन् । उनले रमैया कलेज अफ आर्ट्स, साइन्स एन्ड कमर्सबाट मनोविज्ञान, पत्रकारिता र अङ्ग्रेजी साहित्यमा स्नातक डिग्री प्राप्त गरिन् । आफ्नो अध्ययनको साथ उनी मोडलिङ्ग गरिरहेकी थिइन् र केही विज्ञापनमा देखा परिन् ।[१८]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

रश्मिकाले अभिनेता रक्षित शेट्टीसँग सगाई गरिन् । उनीहरूले किरिक पार्टीको छायाङ्कनको क्रममा डेटिङ्ग गर्न थाले र ३ जुलाई २०१७ मा उनको गृहनगर कुन्डल्लूरको निजी समारोहमा सगाई गरे । जोडीले अनुकूलता मुद्दाहरू उल्लेख गर्दै आपसी सहमतिमा सेप्टेम्बर २०१८ मा उनीहरूको सगाई तोडे ।[१९]

मन्दाना र अभिनेता विजय देवरकोन्डाबीचको डेटिङको हल्ला सन् २०२० देखि फैलिन थालेको थियो, यद्यपि उनले त्यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी थिइनन्। दुवैले अक्टोबर २०२५ मा सगाई गरेका थिए।[२०] २६ फेब्रुअरी २०२६ मा उनीहरूले राजस्थानको उदयपुरमा परम्परागत तेलुगु हिन्दू र कोडव रीतिअनुसार विवाह गरेका थिए।[२१][२२]

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
कुञ्जी
चलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन चलचित्रहरू प्रदर्शन गर्दछ जुन अहिलेसम्म रिलीज गरिएको छैन
वर्षचलचित्रभूमिकानिर्देशकभाषानोटहरू
२०१६ किरिक पार्टी शानवी जोसेफ ऋषभ शेट्टी कन्नड कन्नड डेब्यू
२०१७ अन्जनी पुत्र गीता हर्ष
चमक खुशी सुनी
२०१८ चलो एल कार्तिका वेङ्की कुदुमुला तेलुगु तेलुगु डेब्यू
गीता गोविन्दम गीता परशुराम
देवदास इन्स्पेक्टर पूजा श्रीराम आदित्य
२०१९ याजामना कावेरी पोन कुमारन
वी हरिकृष्णा
कन्नड
डियर कमरेड लिली भारत कम्मा तेलुगु
२०२० पोगारुचलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन TBA नन्द किशोर कन्नड छायाङ्कन[२३]
भीष्माdagger TBA वेङ्की कुदुमुला तेलुगु छायाङ्कन[२४]
सरिलेरु नीकेवरु dagger TBA अनिल रविपुडी छायाङ्कन
सुल्तान dagger TBA बक्कीयाराज कन्नन तमिल छायाङ्कन, तमिल डेब्यू[२५]
एए २० dagger TBA सुकुमार तेलुगु छायाङ्कन[२६]

पुरस्कार र नामाङ्कन

[सम्पादन गर्नुहोस्]
पुरस्कार जीत नामाङ्कन
दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार
फिल्मफेयर पुरस्कार
आईफा उत्सवम
लव लाविके रिडर्स च्वाइस पुरस्कार
जी कन्नड पुरस्कार
फिल्मीबिट पुरस्कार
जी सिने पुरस्कार
सिटी सिने अवार्ड्स
TSR TV9 राष्ट्रिय पुरस्कार
श्री कला सुधा तेलुगु पुरस्कार
कुल
पुरस्कार जीत
नामाङ्कन १२
वर्ष पुरस्कार भाषा चलचित्र परिणाम
२०१६ मुख्य भूमिकामा सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको लागि दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार कन्नड किरिक पार्टी विजयी
सर्वश्रेष्ठ अभिनेत्रीको लागि आईफा उत्सवम पुरस्कार मनोनित
२०१७ सर्वश्रेष्ठ अभिनेत्रीको लागि लव लाविके रिडर्स च्वाइस पुरस्कार अन्जनी पुत्र विजयी
सर्वश्रेष्ठ अभिनेत्रीको लागि जी कन्नड हेममेय कन्नडाथी पुरस्कार
सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार दक्षिण चमक मनोनित
मुख्य भूमिकामा सर्वश्रेष्ठ अभिनेत्रीको लागि दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार
सर्वश्रेष्ठ अभिनेत्रीको लागि TSR TV9 राष्ट्रिय पुरस्कार मनोनित
२०१८ सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको लागि फिल्मीबिट पुरस्कार तेलुगु चलो विजयी
फेवरेट अभिनेत्रीको लागि जी सिने पुरस्कार गीता गोविन्दम विजयी
सर्वश्रेष्ठ अभिनेत्रीको लागि सिटी सिने पुरस्कार मनोनित
सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको लागि श्री कला सुधा तेलुगु पुरस्कार विजयी
सर्वश्रेष्ठ अभिनेत्रीको लागि साइमा पुरस्कार मनोनित

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Rashmika Mandanna: Movies, Photos, Videos, News & Biography – eTimes", Timesofindia.indiatimes.com
  2. "A reel Virajpet beauty", Deccanchronicle.com, अन्तिम पहुँच २२ जनवरी २०१७
  3. 1 2 "The Belageddu song from Kirik Party had you dubbed as the ‘Karnataka Crush’. Your reaction to that?", timesofindia
  4. "List of Top 10 Highest Paid Kannada Actresses", Filmybyte.com अभिलेखिकरण २०१८-१२-२५ वेब्याक मेसिन
  5. https://www.deccanherald.com/metrolife/metrolife-on-the-move/the-outrage-against-rashmika-is-unnecessary-751971.html
  6. "Rashmika Mandanna is the Bangalore Times Most Desirable Woman 2017 – Times of India", The Times of India, अन्तिम पहुँच २१ मार्च २०१९
  7. "Rashmika Mandanna lands in crorepati club", newindianexpress अभिलेखिकरण २०१९-०९-२४ वेब्याक मेसिन
  8. https://timesofindia.indiatimes.com/entertainment/telugu/movies/news/rashmika-mandanna-joins-the-big-league-of-highest-paid-female-actors-in-tollywood/articleshow/69533649.cms
  9. Hooli, Shekhar H. (१० फेब्रुअरी २०१८), "Chalo week 1 box office collection: Naga Shourya's film becomes a superhit in just 7 days", International Business Times, India Edition, अन्तिम पहुँच २१ मार्च २०१९
  10. "The total collections of Geetha Govindam have reached Rs 130 crore gross at the worldwide box office in its lifetime", ibtimes
  11. "Devadas Final Collections: Joins 50 Crore Club", Webcache.googleusercontent.com, अन्तिम पहुँच २१ मार्च २०१९
  12. "Geetha Govindam box office collection: Vijay Deverakonda-Rashmika Mandanna starrer storms box-office, enters 100 crore club", ibtimes
  13. Rajpal, Roktim (३१ जुलाई २०१८), "Before Rashmika Mandanna, These Actresses Were Trolled For Sexist Reasons", Filmibeat.com, अन्तिम पहुँच २१ मार्च २०१९
  14. https://www.google.sakshi.com/amp/story/entertainment%252F2018%252F12%252F23%252Frashmika-nithiin-bheeshma-update[स्थायी मृत कडी]
  15. "When Vijay Deverakonda called Rashmika Mandanna his ‘favourite heroine’, a throwback moment that now feels extra special", The Times of India, २०२६-०२-२७, आइएसएसएन 0971-8257, अन्तिम पहुँच २०२६-०२-२७
  16. Sharadhaa, A. (२१ डिसेम्बर २०१६), "Rashmika mandanna says it’s all luck by chance", The New Indian Express, अन्तिम पहुँच ३१ मार्च २०१७ अभिलेखिकरण २५ डिसेम्बर २०१८ वेब्याक मेसिन
  17. "A reel Virajpet beauty", www.deccanchronicle.com, २० अप्रिल २०१६।
  18. "Rakshit, Rashmika get engaged in Virajpet", deccanherald
  19. "Rashmika Mandanna calls of engagement with Rakshit Shetty", www.indiatoday.com
  20. Goyal, Samarth (४ अक्टोबर २०२५), "Rashmika Mandanna and Vijay Deverakonda are engaged! A look back at their relationship timeline", Hindustan Times, अन्तिम पहुँच ४ अक्टोबर २०२५
  21. Agarwal, Bhavna (२०२६-०२-२६), "Rashmika Mandanna, Vijay Deverakonda now married; second ceremony in evening", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०२-२६
  22. "Rashmika Mandanna, Vijay Deverakonda are married: Couple tie the knot in intimate ceremony in Udaipur", Hindustan Times (अङ्ग्रेजीमा), २०२६-०२-२६, अन्तिम पहुँच २०२६-०२-२६
  23. "Rashmika Mandanna checks into Dhruva Sarja-starrer 'Pogaru'", The New Indian Express, अन्तिम पहुँच २०१९-०८-२१
  24. "Bheeshma: Nithiin, Rashmika Mandanna wraps up the first schedule of their upcoming film - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२१
  25. ChennaiAugust 16, India Today Web Desk; August 16, 2019UPDATED:; Ist, 2019 17:55, "Sultan: Rashmika Mandanna confirms the title of her next film with Karthi", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२१
  26. "Allu Arjun, Rashmika Mandanna's film with Sukumar to go on floors next month: Reports", www.timesnownews.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]