राग बसन्त
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
राग बसंत या राग वसन्त शास्त्रीय संगीतमा हिंदुस्तानी पद्धतिको राग हो। वसन्तको अर्थ वसन्त ऋतु हो, अतः यसलाई विशेषरूपले वसन्त ऋतुमा गाइने या बजाइने गरिन्छ। यसको आरोहमा पाँच तथा अवरोहमा सात स्वर हुन्छन्। अतः यो औडव-संपूर्ण जातिको राग हो। वसन्त ऋतुमा गाइने भएको कारणले यस रागमा होलियाँ धेरै मिलछ। यो प्रसन्नता तथा उत्फुल्लताको राग हो। यो विश्वास गरिन्छ कि यसको गायन या श्रवणले मन प्रसन्न हुन्छ। यसको गायन समय रातको अन्तिम प्रहर सँग छ तर यो दिन या रातमा कुनै समय पनि गाइन या बजाउन सकिन्छ। रागमालामा यसलाई राग हिंडोलको पुत्र मानिएको छ। यो पूर्वी थाटको राग हो। शास्त्रहरूमा यससँग मिल्ने जुल्ने एक राग वसन्त हिंडोलको बारेमा पनि उल्लेख भेटिन्छ। यो एक अत्यंत प्राचीन राग हो जसको उल्लेख अनेक प्राचीन ग्रन्थहरूमा भेटिन्छ।
संक्षिप्त परिचय राग बसंत-
दो मध्यम कोमल ऋषभ चढत न पंचम कीन्ह।
स-म वादी संवादी ते, यो बसंत कह दीन्ह॥
आरोह- सा ग, म॑ ध॒ रें॒ सां, नि सां।
अवरोह- रें॒ नि ध॒ प, म॑ ग म॑ ऽ ग, म॑ ध॒ ग म॑ ग, रे॒ सा।
पकड- म॑ ध॒ रें॒ सां, नि ध॒ प, म॑ ग म॑ ऽ ग।
वादी स्वरः सा
संवादीः म
थाट- पूर्वी (प्रचलित)
यस रागको बारेमा केही मतभेद पनि छन्। पहिले मतानुसार यस रागमा केवल तीव्र मध्यमको प्रयोग हुनु पर्छ, तर दोस्रो मतानुसार दुवै मको प्रयोग हुनु पर्छ जुन आज प्रचलनमा छ।
विशेषता- उत्तरांग प्रधान राग भएको कारणले यसमा तार सप्तकको सा खूब चम्कन्छ। शुद्ध मको प्रयोग केवल आरोहमा एक विशेष तरिकाबाट हुन्छ- सा म, म ग, म॑ ध॒ सां।
गायन समय- रात्रिको अन्तिम प्रहर (तर बसंत ऋतुमा यसलाई हरेक समय गाया गाउन या बजाउन सकिन्छ।)
यसमा राग देखि बचानको लागि आरोहमा 'नि'को लंघन गर्छन-
सा ग म॑ ध॒ सां
या
सा ग म॑ ध॒ रें॒ सां
विशेष स्वर संगतिहरू-
१) प म॑ ग, म॑ ऽ ग
२) म॑ ध॒ रें सां
३) सा म ऽ म ग, म॑ ध॒ रें॒ सां
हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- राग मालश्री
- राग ध्रूपद
- राग दिपक
- राग बहार
- राग जौनपुरी
- राग बागेश्री
- राग मारू बिहाग
- राग देश
- राग बिहाग
- राग हंसध्वनि
- राग ललित
- राग यमन
- राग दरबारी
- राग भैरव
- राग वृन्दावनी
- राग भीमपलासी
- राग मालकोश
- राग