राजेश नाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजेश नाथ (बैतडी बाजे)
हास्य कलाकार राजेश नाथ
व्यक्तिगत विवरण
जन्म
राजेन्द्र नाथ

२०४७ असोज ११ गते
कैलाली जिल्ला, चौमाला, नेपाल
नागरिकतानेपाली
पेशाचलचित्र

जिवनी[सम्पादन गर्नुहोस्]

राजेश नाथ एक राष्ट्रिय हास्य कलाकार हुन । उनको जन्म २०४७ साल असोज ११ गते कैलाली जिल्लाको चौमालामा भएको थियो । उनको जन्म कैलाली जिल्लामा भएपनी पुर्ख्यौली घर दार्चुला जिल्लाको रिठाचौपाता पातिगाउँ वडा नं.-६ मा हो। हाल बसाइँसराइ सराइको क्रममा कञ्चनपुर जिल्लाको कृष्णपुर वडा नं.-२ वाणीमा स्थाइ घर रहेको छ । उनको बुवाको नाम भगवती नाथ र आमाको नाम पारवती देबि नाथ हो । सानैदेखी हसिला स्वभावका राजेश नाथ गाउको स्कुलमा पनि नाटक,सडक नाटक,रामलिला आदिहरूमा अभिनय गरेर दर्शकलाई सन्तुष्ट पार्ने गर्दथे । त्यसपछि उनले काठमाडौँमा अध्यनका साथसाथै कलाकारिता क्षेत्रमा पनि उत्कृष्ट भुमिका निर्वाह गरेका थिए । नेपाल टेलिभिजनबाट प्रसारण हुने तितो सत्यबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका राजेश नाथ त्यसपछि मेरि बास्सैको माग्ने बुढाको भान्जाको (टुप्पी भान्जा) र हाल बैतडी बाजेको भुमिका निर्वाह गर्दै आएका छन । उनी हास्य कलाकार बाहेक नृत्य क्षेत्रमा पनि उत्कृष्ट रहेका छन ।

भुमिका[सम्पादन गर्नुहोस्]

नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिचलचित्र मेरि बास्सैमा बैतडी बाजे र थुप्रै चलचित्र,कमेडीहरूमा अभिनय।

चलचित्र[सम्पादन गर्नुहोस्]

राजेश नाथले थुप्रै चलचित्रहरूमा आफ्नो भुमिका निर्वाह गरिसकेका छन ।

  • छ एकान छ
  • बिर्खेलाई चिन्छस
  • श्री ५ अम्मरे
  • मेरो स्कुल

शिक्षा[सम्पादन गर्नुहोस्]

नेपाली हास्य कलाकार राजेश नाथले प्राथमिक तहको शिक्षा गाउँकै स्कुलबाट गरेका थिए भने अरू थप शिक्षा काठमाडौँबाट गरेका थिए ।

राजेश नाथका तस्वीर[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]