रुडल्फ डिजेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Rudolf Diesel
Diesel c. 1900
जन्मरुडल्फ क्रिस्टियन कार्ल डिजेल
(१८५८-०३-१८)१८ मार्च १८५८
पेरिस, दोस्रो फ्रान्सेली साम्राज्य
मृत्यु२९ सेप्टेम्बर १९१३(१९१३-०९-२९) (५५ वर्ष)
इंग्लिस च्यानल
मृत्युको कारणअज्ञात ; हत्या murder (context) वा आत्महत्या (biographers)
निवासनर्थ सी
राष्ट्रियताजर्मन
पेशाइन्जिनियर, आविष्कारक, उद्यम
कामदारSulzer, लिन्डे, MAN AG, Deutz
चिनारीको कारणडिजेल इन्जिनको आविष्कार
जीवनसाथीMartha Flasche
सन्तान
मातापिताElise Diesel, Theodor Diesel
पुरस्कारElliott Cresson Medal (1901)
हस्ताक्षर

रुडल्फ क्रिस्टियन कार्ल डिजेल (जर्मनेली: [ˈdiːzl̩] (यसका बारेमा listen ); १८ मार्च १८५८-२९ सेप्टेम्बर १९१३) एक जर्मन आविष्कारकमेकानिकल इन्जिनियर थिए। उनी डिजेल इन्जिन अविस्कार र समुद्रमा शंकास्पद मृत्युको लागि विख्यात भएका थिए। उनको नाममा १९४२ मा डिजेल चलचित्र बनेको थियो।

जन्म र शिक्षा[सम्पादन गर्ने]

डिजेलको जन्म पेरिस, फ्रान्स मा १८५८ मा भएको थियो।[१] उनी इलिस र थियोडर डिजेलको तीन मध्ये दोश्रा सन्तान थिए।उनका माता पिता पेरिस मा बसेका बेभेरियन आप्रवासी थिए।[२][३] थियोडर डिजेल व्यापार को सिलसिलामा बेभेरिया छोडेर १९४८ मा हिडेका थिए। उनले १८५५ मा पेरिसमा आफ्नी पत्नीलाई भेटे।[४]

फ्रान्स-प्रसिया युद्ध चलेपछी, अन्य धेरै जर्मन परिवार जस्तै डिजेल परिवार समेत फ्रान्स बाट पलायन हुनु पर्यो। उनीहरु लण्डन, इंल्याण्डमा सरे जहाँ डिजेल एउटा अंग्रेजी स्कुल मा भर्ना भए।[५]

१४ वर्षको उमेरमा, डिजेलले आफ्ना मातापितालाई पत्र लेखेर भने कि उनी इन्जिनियर बन्न चाहन्छन् । आफ्नो आधारभूत शिक्षा आफ्नो कक्षाको प्रथम भएर सकेपछी उनी भर्खर खुलेको अग्स्बर्ग बिश्वविद्यालयमा भर्ना भए।त्यसको दुई वर्ष पछि उनले टेक्निकल युनिभर्सिटी अफ म्युनिख मा छात्रवृत्ति पाए। उनाका मातापिता उनले आफ्नो काम सुरु गर्ने हेर्न चाहन्थे तर उनले त्यो छात्रवृत्ति स्वीकार गरे।

करियर[सम्पादन गर्ने]

म्युनिखमा डिजेलका एक प्राध्यापक कार्ल भोन लिन्डे थिए। डिजेल ले जुलाई १८७९ मा आफ्नो स्नातक पूरा गर्न सकेनन् किनकी उनी टाइफाइड ज्वरोले बिरामी भएका थिए। परिक्षा को अर्को मिति कुरिरहेको बेलामा उनले इन्जिनियरिङको प्रोयोगात्मक अनुभव आर्जन गरे।डिजेलले १८८० मा उच्चतम प्राज्ञिक पदक सहित स्नातक पिरा गरे। र पेरिस फर्के जहाँ उनले आफ्ना पुराना प्राध्यापक कार्ल भोन लिन्डे को सहायक भएर आधुनिक प्रशीतन (रेफ्रिजेरेसन) तथा आइस प्लान्ट को डिजाइन तथा निर्माणको काम गरे। एक वर्ष पछि डिजेल त्यस प्लान्टको निर्देशक भए।

१८८३ मा, डिजेलको विवाह मार्था फ्लस्क संग भयो। उनले प्राध्यापक लिन्डे सँग आफ्नो काम जारी राखे र जर्मनी र फान्समा कयौं पेटेण्ट दर्ता गराए।[६]

१८९० को सुरुवात मा , डिजेल आफ्नो सन्तान र पत्नीलाई लिएर बर्लिन सरे। उनलाई आफ्नो प्रयोजनको लागी लिन्डेको कर्मचारीको रुपमा काम गर्दा विकास गरेको पेटेन्ट प्रयोग गर्ने अनुमति थिएन। त्यसकारण उनले आफ्नो क्षेत्रा को विस्तार प्रशीतनसम्म पुर्याए। उनले पहिले वाष्प,सम्बन्धि काम गरे । उनले तापीय दक्षता, उर्जा दक्षता सम्बन्धी अध्ययन गरे। यसले गर्दा उनले अमोनिया वाष्पको प्रयोग गरी वाष्प इन्जिन बनाए। परिक्षण को क्रममा, इन्जिनको विस्फोट भयो र उनी झण्डै मरेका थिए। उनको अध्ययनले हाई कम्प्रेसन सिलिन्डर प्रेसर बाट फलाम र स्टिल सिलिन्डर हेडको परिक्षण गर्थ्यो। चलाउने क्रममा एक विस्फोट भयो। उनले कयौं महिना अस्पतालमा बिताए र यसबाट उनमा स्वास्थ र आँखा दृष्टि सम्बन्धी समस्या हरु आयो।

कार्ल भोन लिन्डे को लेक्चरमा उपस्थित हुँदा देखि नै, डिजेल अझै बढी तापीय कार्य कुशलता भएको कार्टोन चक्रमा आधारित आन्तरिक दहन इन्जिन डिजाइन गर्न चाहन्थे । उनले यो अवधारणामा कयौं वर्ष काम गरे र १८९२ मा शोधपत्र पूरा भएको माने। त्यहीँ वर्ष डिजेललाई जर्मन पेटेन्ट DRP 67207 प्रदान गरियो।[७] १८९३ मा, उनलेथ्योरी एन्ड कन्स्ट्रक्सन अफ अ रेसनल हिट-इन्जिन टु रिप्लेस द स्टिम इन्जिन एन्ड द कम्बसन नोन टुडे नामक ग्रन्थ प्रकाशित गरे, जसमा उनले १८९२ को सुरुवात देखि काम गरिरहेका थिए।[८] यो ग्रन्थले उनको काम र डिजेल इन्जिनको आविस्कारको आधार निर्माण गर्यो। १८९३ को गर्मी आउँदा आउँदै उनले आफ्नो प्रारम्भिक सिद्धान्त मा गलत भएको महसुस गरे र उनले १९९३ मा सहि सिद्धान्तमा आधारित अर्को पेटेन्टको लागि निवेदन दिए।[७]

डिजेलले उष्मागतिकी र उर्जा दक्षताको सैद्धान्तिक र व्यवहारिक पक्षहरूको अध्ययन गरे। स्टिम इन्जिनमा उर्जामा उपलब्ध ९०% शक्ति खेर जाने उनले थाहा पाए। उच्च कार्य क्षमता/दक्षता भएको इन्जिन निर्माण गर्नेको उनको उद्देश्यले उनलाई इन्जिन डिजाइन गर्न डोर्यायो। उनको इन्जिनमा, इन्धनलाई कम्बस्सन स्ट्रोकको अन्त्यमा प्रवेश गराइयो र उच्च ताप र दबाबको कारण इन्जिन जल्थ्यो। १८९३ देखि १८९७ सम्म, जर्मन कम्पनी मेसिनिनफेब्रिक अस्बर्ग ननबर्गका निर्देशक हेनरिक भोन बजले डिजेललाई उनको अवधारणा विकास तथा परिक्षण गर्ने अवसर दिए।[२]

डिजेल इन्जिनको पहिलो सफल सञ्चालन १८९७ मा भयो र यो जर्मन प्राविधिक सङ्ग्राहलय, म्युनिखमा प्रदर्शनीमा राखिएको छ।

रुडल्फ डिजेलले आफ्नो डिजाइनको पेटेन्ट जर्मनी र अमेरिका लगायत अन्य देशहरूबाट प्राप्त गरे।[९][१०]

१९७८ मा, उनलाई अटोमोटिभ हल्ल अफ फेममा प्रतिष्ठापित गरियो।

वेपत्ता र मृत्यु[सम्पादन गर्ने]

२९ सेप्टेम्बर १९१३ को सांझ, डिजेल लन्डनमा इन्जिन निर्माण कम्पनी संग मिटिङ को लागि GER स्टीमर एसएस ड्रेसडेन चढे।उनले रातीको खाना खाए र बिहान ६:१५ मा भेट्ने भनेर आफ्नो क्याबिनमा करिब १० बजे गए। तर त्यसपछि उनलाई कहिल्यै जीवित देखिएन। बिहानउनको क्याबिन खाली थियो, उनको पलङमा सुतेको थिए तर पनि उनको नाइटसर्ट सफासँग बिच्छाइएको थियो र उनको घडी पलङबाट देखिने स्थानमा छोडिएको थियो। उनको टोपी र ओभरकोट रेलिङमा भेटियो।[११]

दस दिन पछि, डच डुङ्गाको चालक दललेप्क नर्वे नजिकको नर्थ सी मा तैरिरहेको एक मानिसको लास देख्यो। लास चिन्न सकिने अवस्थामा थिए। दलले व्यक्तिगत समग्री जस्तै (पर्स, परिचय पत्र, चस्माको बट्टा) आदि लसको कोटको खल्ती बाट निकाल्यो। र लासलैइ समुद्रमा नै छोडिदियो। १३ अक्टोबर मा ती सामग्रीहरु, रुडल्फका पुत्र इउजेन डिजेलले पहिचान गरे। १४ अक्टोबर १९१३ मा डिजेलको लास माझी ले भेटेको खबर आयो, तर उनले खराव मौसमको कारणले समुद्रमा नै फालिदिए।[१२]

डिजेलको मृत्यु सम्बन्धि अन्य थुपै सिद्धान्त हरु आए। केही मानिसहरु जस्तै जीवनीकार ग्रोसर मान्छन् कि रुडल्फ डिजेलले आत्महत्या गरेका थिए।[३] अर्को थरी विचार अनुसार जर्मन फौजलाई उनको आविस्कारहरु प्रयोग गर्न अधिकार दिनल्लैइ अस्विकार गरेकाले उनको हत्या भएको थियो। ध्यान दिनु पर्ने कुरा थियो कि डिजेल ब्रिटिस नेभी को प्रतिनिधिसँग ब्रिटिस युद्धपोतलाई डिजेल इन्जिनले सञ्चालन गर्ने बारे मिटिङ गर्न GER स्टीमर एसएस ड्रेसडेन चढेका थिए।[१३] – तर उनले यो कुता कहिल्यै सतहमा ल्याएनन्। यद्यपी सबै बयानको प्रमाण सिमित छन् र उनको मृत्यु अझै सुल्झेको छैन।

डिजेल हराएको केही समय पछि, उनकी पत्नी मार्थाले उनले दिएको ब्याग खोलिन् जुन उनले दिएका दिए र अर्को हप्ता भन्दा अगाडि नखोल्न लाई भनेका थोए। त्यहा उनले २००,००० जर्मन मार्क नगद (१२ लाख अमेरिकी डलर) भेटिन् र वित्तीय विवरण हरु थिए जस अनुसार उनीहरुको बैंक खाता रित्तो थियो।[१४]डिजेलले २९ सेप्टेम्बर १९१३ मा आफू संगै जहाजमा ल्याएको डायरी मा क्रस बनाएका थिए, संभवत उनले आफ्नो मृत्युको सङ्क!गरेका थिए।[११]

सन्दर्भ[सम्पादन गर्ने]

  1. ढाँचा:Herring-Ultimate Train, p. 148.
  2. २.० २.१ Moon 1974.
  3. ३.० ३.१ Grosser 1978.
  4. Sittauer 1990, p. 49.
  5. Sittauer 1990, p. 51.
  6. James, Ioan (2010). Remarkable Engineers: From Riquet to Shannon. Cambridge University Press. प॰ 129. https://books.google.com/books?id=0bwb5bevubwC&pg=PA129. 
  7. ७.० ७.१ Friedrich Sass: Geschichte des deutschen Verbrennungsmotorenbaus von 1860 bis 1918, Springer, Berlin/Heidelberg 1962, आइएसबिएन ९७८-३-६६२-११८४३-६. p. 383
  8. Friedrich Sass: Geschichte des deutschen Verbrennungsmotorenbaus von 1860 bis 1918, Springer, Berlin/Heidelberg 1962, आइएसबिएन ९७८-३-६६२-११८४३-६. p. 394
  9. U.S. Patent ५४२,८४६
  10. U.S. Patent ६०८,८४५
  11. ११.० ११.१ Greg Pahl, "Biodiesel: Growing a New Energy Economy", Chelsea Green Publishing, 2008. आइएसबिएन ९७८-१-९३३३९२-९६-७
  12. "Diesel's Fate Learned", The Evening News Star (Washington, D.C.), १४ अक्टोबर १९१३, पृ: १३। 
  13. "The tumultuous history of the diesel engine", Autoblog (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-०३ 
  14. Josef Luecke (Sep २२, १९८८), "Rudolf Diesel – A tragic end", Manila Standard, पृ: २४, "It is alleged the cause of the loss of his fortune was due to unsuccessful stock market speculations and poor real estate deals."