वारिद बङ्गलादेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वारिद टेलिकम
मौलिक नाम
ওয়ারিদ টেলিকম
पूर्व प्रकार
निजी
उद्योगदूरसञ्चार
भवितव्यताएयरटेलमा पुनर्गठित[१]
उत्तराधिकारीएयरटेल बङ्गलादेश
स्थापितडिसेम्बर 2005; १८ वर्ष अघि (२००५-१२)
बन्दडिसेम्बर २०, २०१० (2010-12-20)
केन्द्रीय कार्यालय,
बङ्गलादेश
मुख्य व्यक्ति
[२][३]
उत्पादनहरूदूरभाष सेवा, एज, विमोसप्र
मूल सङ्गठनवारिल टेलिकम
वेबसाइटवारिदटेल.कम.बीडी

वारिद (अरबी: وريد‎‎, बङ्गाली: ওয়ারিদ) बङ्गलादेशमा आधारित एक मोबाइल सञ्जाल सञ्चालक थियो। यो बङ्गलादेशी दूरसञ्चार उद्योगमा छैटौँ दूरसञ्चार सेवा प्रदायकको रूपमा प्रवेश गरेको। यसले १० मे २००७ मा व्यवसायीक सञ्चालन सुरु गरेको थियो।[४]

वारिद टेलिकम अबु धाबी समूहको पूर्ण स्वामित्वमा रहेको थियो। यसले बङ्गलादेशमा मोबाइल दूरभाष सेवा २० लाख ९० हजार भन्दा बढी ग्राहकहरूलाई प्रदान गर्दथ्यो। [५]

इतिहास[सम्पादन गर्नुहोस्]

डिसेम्बर २००५ मा, अबु धाबीमा आधारित, वारिद टेलिकम अन्तर्राष्ट्रिय सिमित दायित्व कम्पनीले बङ्गलादेश दूरसञ्चार विनियामक आयोगलाई ५० मिलियन अमेरिकी डलर तिरेको थियो जसले गर्दा यसलाई बङ्गलादेश दूरसञ्चार विनियामक आयोगले दूरसञ्चार सेवा प्रदान गर्नका लागि विश्वव्यापी मोबाइल सञ्चार प्रणाली अनुमति पत्र प्रदान गरेको थियो। यसका साथै यसले बङ्गलादेशमा छैटौँ ठूलो मोबाइल सञ्जाल सञ्चालकको रूपमा सेवा प्रदान गरेको थियो।

१७ अगष्ट २००६ मा आयोजित एक प्रेस सम्मेलनमा, वारिदले यसको सञ्जाल अक्टोबर २००६ मा दुई महिना अगावै सूचारू हुने घोषण गरेको थियो। [६][७] अक्टोबर २००६ मा, यसको मुख्य उपकरण आयातकर्ता नोकिया भुक्तानीमा विवाद भएको भन्दै सम्झौताबाट टाढिए पछि, वारिद टेलिकमले बङ्गलादेशमा यसको सेवा घोषण गरेको लगभग एक वर्ष पश्चात् अप्रिल २००७ मा गरेको सञ्चालन थियो।[८]

१४ अप्रिल २००७ मा, वारिद बङ्गलादेशले पहेला बैशाख वा बङ्गाली नव वर्षमा विज्ञापन अभियान सुरु गरेको थियो जसको नाम सलाम बङ्गलादेश सलाम राखिएको थियो। केही दिन पश्चात् २९ अप्रिलमा यसको आधिकारिक वेबसाइट प्रक्षेपण गरिएको थियो। [९] ९ मे २००७ मा, एक बङ्गलादेशी दैनिक पत्रिकामा यसको विज्ञापन छापिएको थियो जसमा उक्त समाचारमा वारिद व्यवसायीक रूपमा १० मे २००७ मा सुरु हुने कुरा लेखिएको थियो। तथापि, शुल्कहरू उक्त पत्रिकामा समावेश गरिएको थिएन।

कम्पनीको सुरुवातको ७० दिन वन १९ जुलाई २००७ मा, यसले १० लाख ग्राहकहरूलाई आफ्नो पक्षमा गरेको थियो। [१०] तुलनात्मक रूपमा यो वारिद टेलिकमको सहायक वारिद पाकिस्तानले हासिल गरेको सङ्ख्या भन्दा ठ्याक्कै १० दिन अगाडि थियो।

१ अक्टोबर २००७ मा, वारिद टेलिकमले यसको सञ्जाल अतिरिक्त ५ जिल्लाहरूमा विस्तार गरेको थियो र यसका साथै यसले ५६ वटा जिल्लामा पूर्ण रूपमा सेवा सञ्चालन गरेको कुरा पेस विज्ञप्तिमा जनाएको थियो। मममयनसिङ्, जामालपुर, शेरपुर, राजबाडी, नाडाइल लगायतका जिल्लाहरूमा वारिद बङ्गलादेशको सञ्जाल पूर्णरूपमा सक्रिय छ। १० नोभेम्बर २००७ मा, यसको सञ्जाले ६१ वटा जिल्लाहरूमा पूर्ण सेवा प्रदान गरेको थियो।[११]

१० जून २००८ मा, वारिद टेलिकमले यसको सञ्जाल बन्दरबन, राङामाटी र खागराछडि लगायतका ३ अतिरिक्त जिल्लाहरूमा विस्तार गरेको थियो। यसका साथै यसले सन् २००८ सम्म बङ्गलादेशका ६४ जिल्लाहरूमा सञ्जाल विस्तार गरिसकेको थियो।

सञ्जाल[सम्पादन गर्नुहोस्]

वारिदले राष्ट्रव्यापी सञ्जाल विस्तारमा १ विलियन अमेरिकी डलर खर्च गरेको थियो।[१२][१३] वारिदले बङ्गलादेशमा तैनात गरेको सञ्जाल अघिल्लो पुस्ता मोबाइल प्रविधिमा आधारित थियो। यसले एरिक्सनलाई आफ्नो सञ्जाल आधार स्टेशन, सुक्ष्मतरङ्ग प्रसारण, सूचना प्रवि समर्थन र ट्राफिक टावरहरूको लागि विक्रेताको रूपमा चयन गरेको थियो।

बजारशास्त्र[सम्पादन गर्नुहोस्]

वारिदले प्रिपेड र पोष्टपेड योजनाहरू जेम र जहीको ब्राण्डको रूपमा प्रस्तुत गरेको थियो।

वरिदको देशका मुख्य स्थानहरूमा दश व्यवसायीक केन्द्रहरू थिए। यी केन्द्रहरूको नियन्त्रण र सञ्चालन वारिदको रहेको थियो।

अधिग्रहण[सम्पादन गर्नुहोस्]

सन् २०१० मा, वारिद टेलिकमले यसको ७० प्रतिशत स्वामित्व भारतको अग्रणी दूरसञ्चार कम्पनी भारती एयरटेल लिमिटेडलाई ३०० मिलियन अमेरिकी डलरमा बेचेको थियो[१४]। ४ जनवरी २०१० मा सो सम्झौता बङ्गलादेश दूरसञ्चार विनियमक आयोगले स्वीकृत गरेको थियो।[१५]

यसको व्यवस्थापन र कम्पनीको विभागको सम्पूर्ण नियन्त्रण भारती एयरटेल लिमिटेडले गरेको थियो र यसले कम्पनीले प्रदान गर्ने सेवाहरू २० डिसेम्बर २०१० मा एयरटेल ब्राण्डको रूपमा गरेको थियो।[१६][१७]

मार्च २०१३ मा, वारिद टेलिकमले बाँकी ३० प्रतिशत स्वामित्व भारती एयरटेलको सिङ्गापुरमा आधारित कम्पनीलाई बेचेको थियो।[१८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bharti to roll out 3G in Bangladesh, rebrand ops", टाइम्स अफ इण्डिया-इकोनिमिक टाइम्स, अन्तिम पहुँच २०१६-०३-१८ 
  2. "Warid rising - - ITP.net", आइटिपि डटनेट, अन्तिम पहुँच २०१६-०३-१८ 
  3. "Interview: Muneer Farooqui, CEO, Warid Telecom", अन्तिम पहुँच २०१६-०३-१८ 
  4. "एयरटेल बङ्गलादेशको अवलोकन Point", एसाइन्मेण्ट पोइण्ट, अन्तिम पहुँच २०१६-०३-१८ 
  5. "भारती एयरटेलले बङ्गलादेशको वारिद टेलिकमलाई अधिग्रहण गरेको छ", आइबिएन लाइभ, अन्तिम पहुँच २०१६-०३-१८ 
  6. "Warid hits mobile phone market by April", बिडिन्युज २४ डटकम, अन्तिम पहुँच २०१६-०३-१८ 
  7. "Warid to launch mobile service in Bangladesh by April", टेलिकम पेपर, अन्तिम पहुँच २०१६-०३-१८ 
  8. "व्यापार", नवाजेबिडि डटकम, २००७-०१-०१, अन्तिम पहुँच २०१०-१२-२१  वेब्याक मेसिन अभिलेखिकरण २००८-०३-१६ मिति
  9. "वारिद", स्काइब्ड, अन्तिम पहुँच २०१६-०३-१८ 
  10. "एयरटेल बाङ्ला", एयरटेल बाङ्ला, अन्तिम पहुँच २०१६-०३-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०१ मिति
  11. "टेलिकम बङ्गलादेश: वारिद बङ्गलादेश", अन्तिम पहुँच २०१६-०३-१८ 
  12. "Ericsson to build and manage capital network for Warid Telecom in Bangladesh", एरिक्सन, अन्तिम पहुँच २०१६-०३-१८ 
  13. "Warid Telecom awards GSM contract to Ericsson in Bangladesh", एरिक्सन, अन्तिम पहुँच २०१६-०३-१८ 
  14. जय कृष्ण र प्रसान्त साहु (२०१०-०१-१२), "Bharti Airtel to Buy Warid Telecom for $300 Million - WSJ.com", आनलाइन डब्ल्युएसजे, अन्तिम पहुँच २०१०-१२-२१ 
  15. अहमद, रुमान (२०१०-०१-०५), "Bharti Airtel to Invest $300 Million in Warid Telecom - WSJ.com", अनलाइन डब्ल्युएसजे, अन्तिम पहुँच २०१०-१२-२१ 
  16. "Airtel launches mobile services in Bangladesh after completing acquisition of Warid Telecom", फोनएरिना डटकम, अन्तिम पहुँच २०१६-०३-१८ 
  17. "Airtel brand launched in Bangladesh, replacing Warid", टेलिजियोग्राफी डटकम, अन्तिम पहुँच २०१६-०३-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१७ मिति
  18. "Bharti Buys out airtel Bangladesh", द डेली ष्टार, अन्तिम पहुँच ९ Oct २०१३