वार्तालाप:बियोन्से

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:४८, ३० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →१८ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

बियोन्से → ? – म तपाइँ सबैलाई 'बियोन्से' र 'बेयोन्से' बीच कुन शीर्षक ठीक छ भनेर टिप्पणी गर्न अनुरोध गर्दछु।- Saroj Uprety (कुरा गर्ने) १८:०४, १८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

खण्ड छुट्याउने सम्बन्धमा[सम्पादन गर्नुहोस्]

@CapricornxPisces: जी, लेखलाई विस्तार गर्न लाग्नुभएको रहेछ। देखेर खुसी लाग्यो। तर तपाईंले सबै खण्ड एउटै पृष्ठमा हाल्न खोज्नुभएको देखिन्छ। तपाइँ अङ्ग्रेजी विकिपिडियाको जस्तो अर्कै नयाँ लेख बनाएर खण्ड छुट्टयाउन सक्नुहुन्छ। यसो गर्दा एउटै लेखमा धेरै सामग्री रहनेछैन र लेख छोटो र राम्रो देखिनेछ।--Saroj Uprety (कुरा गर्ने) १३:०५, २१ अगस्त २०२० (नेपाली समय)

प्रतिक्रियाको लागि धन्यवाद । यो लेखमा कुनकुन खण्ड राख्नुपर्छ, कुन कुन पर्दैन भनेर छुट्याउनु भए मलाई पनि लेख विस्तार गर्न सजिलो हुने थियो । CapricornxPisces (कुरा गर्ने) १५:३२, २१ अगस्त २०२० (नेपाली समय)
@CapricornxPisces: जी, en:List of awards and nominations received by Beyoncé, en:Beyoncé discography, en:List of songs recorded by Beyoncé, en:Beyoncé videography, en:List of Beyoncé live performances यहाँ भएका सामग्रीलाई यहीँ लेखमा नभएर छुट्टाछुट्टै नयाँ लेखमा निर्माण गरिनुपर्छ।--Saroj Uprety (कुरा गर्ने) १६:१६, २१ अगस्त २०२० (नेपाली समय)

लेखन सम्बन्धमा[सम्पादन गर्नुहोस्]

@CapricornxPisces: जी, सर्वप्रथम लेखलाई विस्तार गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। लेखमा केही सामान्य त्रुटिहरू देखे जसलाई मैले सुधार गरेको छु। सुधार गरेर यहाँ भन्नुको प्रयोजन के हो भने भविष्यमा तपाईँले लेख निर्माण गर्दा वा बनाउँदा यसै अनुरूप गर्नुहुनेछ। कृपया पूर्ण विरामको प्रयोग गर्दा स्पेस नराख्नुहोला, 'न्यू' नभएर 'न्यु' को प्रयोग गर्नुहोला, आगन्तुक शब्दको मध्यमा 'दीर्घ' को प्रयोग नगरेर 'ह्रसव' को प्रयोग गर्नुहोला [उदाहरण 'म्यूजिक' नभएर 'म्युजिक' हुन्छ तर यसको नेपाली शब्द 'सङ्गीत' रहेकोले यसैको प्रयोग गर्नुहोला, 'डेस्टिनीज' नभएर 'डेस्टिनिज' हुन्छ।] तथा आगन्तुक शब्दमा 'श' को सट्टा 'स' को प्रयोग गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:४७, ३१ अगस्त २०२० (नेपाली समय)

सम्पादनका लागि धन्यवाद तर बृहत् नेपाली शब्दकोशमा लेखिएको शैली अनुसार पूर्णविराम अगाडि स्पेस दिनु आवश्यक हुन्छ । यसका साथै स्पेस दिँदा वाक्य कता सकिन्छ भन्ने स्पष्ट भई पढ्न समस्या भएका व्यक्तिहरूका लागि पनि सजिलो हुने मेरो विश्वास छ । नेपाली विकिपिडियाको नीतिको बारेमा मलाई भन्दा तपाईँलाई बढी थाहा छ तर सबै पाठकलाई पढ्न सजिलो बनाउनु आवश्यक हुनुपर्छ जस्तो मलाई लाग्छ । त्यसैले तपाईँले पूर्णविराम अगाडि स्पेस राख्ने र तपाईँले शब्दको हिज्जे सुधार सो शब्दको सबै प्रयोगमा गर्नु भए मलाई पनि सजिलो हुने छ । फेरि पनि तपाईँको सहयोगका लागि धन्यवाद । — यो अहस्ताक्षरित टिप्पणी: CapricornxPiscesले (वार्तायोगदान) २१:१०, ३१ अगस्त २०२० (नेप्रस)मा गर्नुभएको हो।
@CapricornxPisces: जी, पूर्णविरामको प्रयोग सम्बन्धमा पाँचौँ बुँदा हेर्नुहोला। यो समुदायद्वारा बनाइएको नीति हो तसर्थ यसलाई हामीले अनुसरण गर्नुपर्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४९, ३१ अगस्त २०२० (नेपाली समय)