अमरनाथहिन्दुहरूको एउटा प्रमुख तीर्थस्थलको रुपमा रहेको छ । यो भारतको जम्मू र कश्मीर राज्यको श्रीनगर शहरको उत्तर-पूर्वमा १३५ किलोमिटर टाढा रहेको छ । यो गुफा समुन्द्र सतहदेखि १३,६०० फिटको ऊँचाईमा अवस्थित छ । यस गुफाको लम्बाई (भित्र देखि गहिराई) १९ मिटर र चौडाई १६ मिटर छ । गुफा ११ मिटर अग्लो छ ।
अमरनाथ गुफा भगवान शिवको प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो । अमरनाथलाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ किनकी यहिँ स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताउनु भएको थियो । (पूरा पढ्नुहोस्...)
आवेदनको कारणहरू: भगवान शिवको प्रसिद्ध मन्दिर भएको र हालै यस बर्षको यात्रा प्रारम्भ भएको हुँदा
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:४१, ७ जुलाई २०१४ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा अगस्ट महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । कुरा गर्ने १७:३४, २३ जुलाई २०१४ (युटिसी(UTC))