विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/भिके

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भिके[सम्पादन गर्नुहोस्]

भिके (रुसी: ВКонтакте, नेपाली: सम्पर्कमा रहने) एक रूसी अनलाइन सामाजिक सञ्चार माध्यम र सामाजिक सञ्जाल सेवा हो। यो ९० भन्दा बढी भाषाहरूमा उपलब्ध भएतापनि यो रूसी भाषा बोल्ने प्रयोगकर्ताहरूबीच बढी लोकप्रिय रहेकोछ। यसमा तस्वीर, श्रव्य र श्रव्य दृश्य साझेदारी गर्ने सुविधा रहेको छ र ब्राउजरमा आधारित खेल्ने खेलहरू र यसले निजी र सार्वजनिक रूपमा सन्देश पठाउन अनुमति दिन्छ। यसको मुख्य सर्भर सेन्ट पिटर्सवर्ग, रूसमा रहेको छ।

अगस्ट २०१८ सम्ममा, भिकेमा कम्तीमा ५०० मिलियन खाताहरू दर्ता भएका छन्। अलेक्साको विश्वव्यापी शीर्ष ५०० साइटहरूमा यो १९औँ स्थानमा रहेको छ (डिसेम्बर २०१९ अनुसार)। यो रूसमा सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हो। सिमिलर वेबका अनुसार भिके संसारकै ९औँ सबैभन्दा धेरै ब्राउज गरिने वेबसाइट हो। मार्च २०१८ सम्ममा, भिके रूस बाहेक बेलारुसकजाख्स्तानमा पनि सबैभन्दा लोकप्रिय समाजिक सञ्जाल वेबसाइटको रूपमा रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७८३, अक्षर: ४०६, स्पेस: १२६
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: विश्व प्रख्यात सामाजिक सञ्जाल भएकाले
२०२० फेब्रुअरी १४, १५:३६:०० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:१५, ३० जनवरी २०२० (युटिसी(UTC))
प्रमुख लेखको लागि एउटा मात्र आवेदन प्राप्त भएकोले लेखलाई प्रमुख लेखको रुपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४०, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))