विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/अक्टोबर २०१४
स्वरूप
- १० अक्टोबर २०१४
- सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । (अनलाईन खबर)
- ९ अक्टोबर २०१४
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण कार्य यथाशीघ्र सुरु गर्न दबाबमूलक कार्यक्रमहरू सुरु गर्ने भएको छ । (अनलाईन खबर)
- सन् २०१४ को नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार प्याट्रिक मोदियानोलाई प्रदान गर्ने घोषणा गरिएको छ । (खबर सम्प्रेषण)
- ८ अक्टोबर २०१४
- नेपाल सरकारले पाँचवटा मुलुकसँग लगानी प्रवर्द्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता (बिप्पा) गर्ने तयारी गरेको छ । (अनलाईन खबर)
- सन् २०१४ को नोबेल रसायनशास्त्र पुरस्कार अमेरिकाका एरिक बेजिग र विलियम मर्नर तथा जर्मनीका स्टिफन हेललाई प्रदान गर्ने घोषणा बुधबार स्टकहोममा गरिएको हो । (नागरिकन्यूज)
- ७ अक्टोबर २०१४
- अघिल्लो सातादेखि हङकङमा राजनीतिक सुधारका लागि प्रजातन्त्रका पक्षधरहरुले आन्दोलन सुरु गरेका छन् । (अनलाईन खबर)
- ओलम्पिकका सर्वाधिक स्वर्ण विजेता पौडीबाज माइकल फ्लेप्स ६ महिना निलम्बनमा परेका छन् । (अनलाईन खबर)
- सन् २०१४ को नोबेल भौतिकशास्त्र पुरस्कार तीन जापानी वैज्ञानिक इसामु आकासाकी, हिरोसी अमानो र सुजी नाकामुरालाई प्रदान गर्ने घोषणा गरिएको छ । (नागरिकन्यूज)
- ६ अक्टोबर २०१४
- शशस्त्र द्धन्द्धका क्रममा विस्थापित भएका सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडका ६१ शाखाहरु पुनस्थापित भएका छन् । (अनलाईन खबर)
- सन् २०१४ को नोबेल चिकित्साशास्त्र पुरस्कार तीन बैज्ञानिकलाई संयुक्तरुपमा बेलायती बैज्ञानिकहरू प्रोफेसर जोहन ओ केफे, मे ब्रिट मोजर र एडभार्ड मोजरलाई प्रदान गर्ने घोषणा गरिएको छ । (जनखबर)
- २ अक्टोबर २०१४
- दक्षिण कोरियाको इन्चोनमा भइरहेको एसियाली खेलकुदमा नेपालको बिमला तामाङले महिला कराँतेको एकल काँतामा कास्य पदक जित्दै नेपाललाई पहिलो पदक दिलाएकी हुन् । (उज्यालो अनलाईन)