"विकिपिडिया:प्रबन्धक सूचनापाटी" का संशोधनहरू बिचको अन्तर
सा +छलफल बन्द गर्दै |
→प्रयोगकर्ताको अधिकार हटाइएको सम्बन्धमा: नयाँ खण्ड |
||
पङ्क्ति ७६: | पङ्क्ति ७६: | ||
:{{comment}} सामुदायिक छलफलको आधारमा निस्क्रिय प्रबन्धक/प्रशासकहरूलाई पदमुक्त गर्नको लागि मेटामा प्रस्ताव गर्नेगरि यो छलफललाई बन्द गर्दैछु। नेपाली विकिपिडियामा {{Pinggroup|तपाईँ चारै जनाले|Nirmal Dulal|Krish Dulal|Ram Prasad Joshee|Nabin K. Sapkota}} प्रबन्धकको रूपमा गर्नुभएको योगदानको लागि धन्यवाद दिदैँ आगामी दिनमा समेत तपाईँहरूको निरन्तर योगदान र सहयोगको आशा राखेको बताउन चाहन्छु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:१७, १२ जुलाई २०२० (नेपाली समय) |
:{{comment}} सामुदायिक छलफलको आधारमा निस्क्रिय प्रबन्धक/प्रशासकहरूलाई पदमुक्त गर्नको लागि मेटामा प्रस्ताव गर्नेगरि यो छलफललाई बन्द गर्दैछु। नेपाली विकिपिडियामा {{Pinggroup|तपाईँ चारै जनाले|Nirmal Dulal|Krish Dulal|Ram Prasad Joshee|Nabin K. Sapkota}} प्रबन्धकको रूपमा गर्नुभएको योगदानको लागि धन्यवाद दिदैँ आगामी दिनमा समेत तपाईँहरूको निरन्तर योगदान र सहयोगको आशा राखेको बताउन चाहन्छु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:१७, १२ जुलाई २०२० (नेपाली समय) |
||
{{Discussion bottom}} |
{{Discussion bottom}} |
||
== प्रयोगकर्ताको अधिकार हटाइएको सम्बन्धमा == |
|||
नेपाली बृहत् शब्दकोश तथा सामुदायिक छलफलको आधारमा [[वार्तालाप:बङ्गलादेश]] शीर्षकलाई मान्य घोषित गरिएको भएतापनि [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]]ले [[Special:Diff/845538|बाङ्लादेश]] शब्दको प्रयोगलाई निरन्तरता दिएको देखिन आएकोले वहाँको [[वि:ढाँचा सम्पादकहरू|ढाँचा सम्पादक]] अधिकारलाई हटाइएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:२८, १८ जुलाई २०२० (नेपाली समय) |
०७:२८, १८ जुलाई २०२० जस्तै गरी पुनरावलोकन
प्रबन्धक सूचनापाटी
|
प्रशासक सूचनापाटी
|
विशेषाधिकार निवेदन
|
बोट सूचनापाटी
|
चौतारी
|
पृष्ठ मेटाउनको
|
आयातको
|
पृष्ठ सुरक्षाको
|
|
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- निष्क्रिय प्रबन्धकहरूलाई पदमुक्त गर्न सामुदायिक सहमति भएकोले मेटामा प्रस्ताव लगिदै--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१७, १२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
निष्क्रिय प्रबन्धकहरूको सम्बन्धमा
प्रबन्धक निस्क्रियता खण्ड पृष्ठमा दर्शाइएको तालिका बमोजिम नेपाली विकिपिडियामा हाल ४ जना प्रबन्धकहरू निस्क्रिय देखिएका छन्। उहाँहरूले नेपाली विकिपिडियामा गर्नुभएको योगदान र सम्पादनको लागि धन्यवाद दिँदै आगामी दिनमा पुन: सक्रिय भई यो पदको लागि आफूलाई नामाङ्कित गर्नुहुन आग्रह गर्न चाहन्छु। प्रबन्धक पद मुक्त गर्नको लागि मेटामा भोलिपल्ट मात्र यो प्रस्ताव लगिने जानकरी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१२, ३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- अहिले विश्वमा असर पारिरहेको COVID19 को प्रभावका कारणले गर्दा मैले विकिपीडियामा सम्पादन तर्फ समय दिन नपाएको हो। हालको यो समयमा COVID19 धेरै कुरालाई प्रभावित पारेको सबैलाई अवगत नै छ। यसमा समुदायले आवश्यक छलफल गरी उचित निर्णय गर्नुहोला। धन्यवाद -निर्मल दुलाल (कुरा गर्नुहोस) १५:४६, ४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
टिप्पणी यस उपर समुदायको राय बुझ्नु आवश्यक भएकोले अहिलेलाई निर्मल ज्यूको प्रबन्धक पद मुक्त गर्ने वा नगर्ने विषयलाई विचाराधीन राखेको छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४१, ५ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- अन्य तीन जना प्रबन्धकहरू— यस विषयमा आफ्नो कुनै प्रतिक्रिया भए आजै राख्नुहोला (Krish Dulal—Ram Prasad Joshee—Nabin K. Sapkota)--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४१, ५ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- COVID19 को प्रभाव मुख्य कारण भएता पनि केहि समय यता आफ्नो निष्क्रियता सहर्स स्वीकार गर्दै समुदयको अन्तिम निर्णय नै आफूलाई मान्य हुने कुरा अवगत गराउन चाहन्छु। Nabin K. Sapkota (कुरा गर्ने) २३:१८, ५ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- I will accept community decision too thanks. I hope community will consider COVID as a reason. - DULAL (मसँग कुरा गर्नुहोस्) ०७:२७, ६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- अन्य तीन जना प्रबन्धकहरू— यस विषयमा आफ्नो कुनै प्रतिक्रिया भए आजै राख्नुहोला (Krish Dulal—Ram Prasad Joshee—Nabin K. Sapkota)--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४१, ५ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘ विचाराधीन थप सामुदायिक छलफल आवश्यक--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५९, ७ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- नमस्कार प्रबन्धक ज्यू, प्रबन्धक भैसकेपछि उनीहरूले आफ्नो काम पूर्णरूपमा गर्न सक्नुपर्छ। निष्क्रियता खण्ड हेर्दा धेरै नै नराम्रो लाग्छ। दुईजना प्रबन्धकको ५ पनि प्रबन्धकीय कार्य काटेको छैन। नेपालमा COVID19 को प्रकोप मार्च मसान्तभित्र आइपुगेको हो नकि जनवरी देखि नै हो। प्रबन्धक भैसकेपछि एक महिना भित्र २० भन्दा धेरै कार्य गर्न सक्नुपर्छ। यहाँ हेर्दा त COVID19 लाई एउटा निहुँ बनाएर आफ्नो पदलाई कायम गर्न खोज्ने जस्तो देखिन्छ। जनवरी-जुलाई सम्ममा जम्मा २० पनि प्रबन्धकीय कार्य गर्न नसकेकाले गर्दा मेरो पूर्ण असमर्थन छ। यत्रो महिना निष्क्रिय रहने अनि अहिले पदबाट मुक्त हुन सकिन्छ भन्ने डरले भटाभट प्रबन्धकीय कार्य गरेको देख्दा मलाई अचम्म लाग्छ किनभने COVID19 को महामारी अहिले पनि समाप्त भएको छैन। COVID19 को समयमा हाल अफिस लगायत विद्यालय बन्द रहेको हुँदा कसरी हजुरहरूलाई सम्पादन गर्ने समय मिलेन। सबभन्दा महत्त्वपूर्ण कुरा एउटा प्रबन्धक (Nabin K. Sapkota) ज्यूले त झन आफ्नो खाता नखोली IP address मार्फत यस छलफलमा सहभागी हुनु भएको छ जुन समुदायमा अस्वीकार्य छ। कृपया अब ६ महिना सामान्य सम्पादक जसरी मिहिनेत गरेर यस पदको लागि आवेदन दिनुहोस् र समुदायको छलफल अनुसार यो पद पुनः प्रदान गर्न सकिन्छ। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) १८:०३, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- असमर्थन प्रबन्धक हटाउने विषयमा मेरो साथ रहेको छ। हामी यति धेरै मिहिनेत गर्छौं तर हामीलाई भने सधैं विरोध हुन्छ तर पहिलेको प्रबन्धक भन्दैमा यसरी नियमविपरीत रहेर प्रबन्धक अधिकार पुनः दिन पाइदैन। चाहे कोरोनाभाइरस महामारीका कारण नै किन नहोस् मेरो यस अधिकार पुनः गर्ने कुरामा अलिकति पनि समर्थन छैन। माननीय प्रबन्धक जीहरूले नियम विपरीत रहेर कार्य गरेको देख्दा त कहिले पछि पनि प्रबन्धक अधिकारमा समर्थन गर्न मन लाग्दैन। अर्काको लेखलाई सिधै सर्न मिल्दैन भन्ने कुरा समेत थाहा नहुने प्रबन्धकको हामीलाई कुनै जरुरत छैन। अहिले भर्खरै मात्र Krish सरकारले पर्वत साथीको लेखलाई वार्ता नगरी सार्नु भएछ। नयाँ नियम तथा कानुन थाहा नभएकालाई किन चाहियो प्रबन्धक अधिकार। यस भन्दा बरु नयाँ उर्जा भएका सक्रिय सम्पादकलाई नै अधिकार दिनु पर्छ भन्ने कुरासँग मेरो समर्थन हुनेछ छ। अहिलेलाई यति भन्दै म अब आफ्नो धारणा सम्पन्न गर्दछु। धन्यवाद।- Bhupendra Shrestha (कुरा गर्ने) १९:३४, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- धन्यबाद् सरकार भनेको मा। म सरकार जसरी नबसेको भए विकी यति हुने थिएन। तिमी पनि नेपाली शुद्ध लेख्न सिक भाइ तिम्रो भविस्य उज्जवल छ विकी मा। अशुद्ध लेख सार्न र मेट्न कसैलाई सोध्ने चलन छैन मेरो।-DULAL (मसँग कुरा गर्नुहोस्) ०७:५७, ९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- असमर्थन प्रबन्धक हटाउने विषयमा मेरो साथ रहेको छ। हामी यति धेरै मिहिनेत गर्छौं तर हामीलाई भने सधैं विरोध हुन्छ तर पहिलेको प्रबन्धक भन्दैमा यसरी नियमविपरीत रहेर प्रबन्धक अधिकार पुनः दिन पाइदैन। चाहे कोरोनाभाइरस महामारीका कारण नै किन नहोस् मेरो यस अधिकार पुनः गर्ने कुरामा अलिकति पनि समर्थन छैन। माननीय प्रबन्धक जीहरूले नियम विपरीत रहेर कार्य गरेको देख्दा त कहिले पछि पनि प्रबन्धक अधिकारमा समर्थन गर्न मन लाग्दैन। अर्काको लेखलाई सिधै सर्न मिल्दैन भन्ने कुरा समेत थाहा नहुने प्रबन्धकको हामीलाई कुनै जरुरत छैन। अहिले भर्खरै मात्र Krish सरकारले पर्वत साथीको लेखलाई वार्ता नगरी सार्नु भएछ। नयाँ नियम तथा कानुन थाहा नभएकालाई किन चाहियो प्रबन्धक अधिकार। यस भन्दा बरु नयाँ उर्जा भएका सक्रिय सम्पादकलाई नै अधिकार दिनु पर्छ भन्ने कुरासँग मेरो समर्थन हुनेछ छ। अहिलेलाई यति भन्दै म अब आफ्नो धारणा सम्पन्न गर्दछु। धन्यवाद।- Bhupendra Shrestha (कुरा गर्ने) १९:३४, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- नेपाली विकिपिडिया हाल निष्क्रिय देखिएका चार प्रबन्धकहरूको सुरुमा मैले पृष्ठ निर्माण तथा अन्य प्रबन्धकीय कार्यहरू हेरेँ। ती चार प्रबन्धकहरूको पृष्ठ निर्माण सङ्ख्या केही बढी (कृस र निर्मल दुलाल) भएतापनि गुणस्तरको हिसावले हेर्दा अधिकांश पृष्ठहरू ठूटो अवस्थामा छन्। म नेपाली विकिपिडियाको गहिराइ १०० सम्म छिटो भन्दा छिटो पुर्याउने लक्ष्यका साथ अगाडि बढिरहेको छु जसकारण म यी चार निष्क्रिय प्रबन्धकहरूको पनि पृष्ठ निर्माण र गुणस्तर जाँच गर्न पुगेँ जहाँ मैले अधिकांश पृष्ठहरू ७-८ वर्ष अघि अधिक मात्रामा ठुटा पृष्ठहरू निर्माण भएको पाएँ भने हालका वर्षहरूमा उहाँहरूको प्रमुख लेख सम्पादनमा कुनै पनि हात रहेको छैन। दुःखको कुरा के भने यति ठूलो जिम्मेवारी काँधमा लिएर पनि छ महिनाको अवधिमा एकदमै न्युनतम सम्पादन मापदण्डहरू पनि उहाँहरूद्वारा हुन सकेन भने यी प्रबन्धकहरूको यहाँ कुनै खाँचो छैन। अहिले कोरोना प्रकोपलाई अगाडि ल्याएर उहाँहरू द्वारा बच्न सकिन्छ कि भनेर हाल केही सम्पादनहरू भै रहेका छन् जुन निरन्तरता हुनु जरुरी थियो। अहिले कोरोना प्रकोप प्रबन्धकहरूका लागि बचावटको बाटो बनेको छ तर निष्क्रिय रहेका प्रबन्धकहरूलाई पद यथावत् राख्ने भन्ने विषयमा मेरो पूर्ण असमर्थन रहेको छ। नेपाली विकिपिडियाको प्रबन्धक अझ प्रशासक भएर पनि जानकारीहरू अङ्ग्रेजी भाषामा लेख्नु र कुनै पृष्ठ सम्पादन गर्दा सारंशमा गैर नेपाली भाषा (जता पाए त्यतै अङ्ग्रेजी) प्रयोग गर्नु र अझ अङ्ग्रेजीमै धारणा राख्नु एकदमै लाज मर्दो विषय हो। ६ महिनाको अवधिमा जम्मा २०० सम्पादन पुर्याउन नसक्ने व्यक्तिहरूबाट मैले राम्रो पृष्ठ बन्ला भनेर आश गर्दिनँ त्यसैले अबका दिनहरूमा आउने सम्पादन थनहरूमा भाग लिनुहोस्, प्रमुख पृष्ठ तथा समाचार बनाउन सहयोग गर्नुहोस् र पछि पुनः प्रबन्धकको लागि निवेदन दिनुहोस्। यी चार प्रबन्धकहरूले थुप्रै वर्ष प्रबन्धक पद सम्हान्नु भयो तर उपलब्धिका हिसाबले र गुणस्तरका हिसाबले खासै राम्रो पहल हुन सकेन नेपाली विकिपिडियामा। यसअधि गणेश पौडेल पनि निष्क्रिय बनेका कारण उनलाई पद मुक्ति गरिएको थियो। हालका लागि मेरो तर्फबाट प्रबन्धकलाई पद मुक्त नगर्ने विषयमा पूर्ण असमर्थन रहेको छ। हस्, खुदा हाफिज, सुक्रन जजिलन-हिमाल सुबेदी (कुरा गर्ने) २२:२०, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- प्रबन्धक पद कुनै पुरस्कार हैन। बच्न खोजेको छैन। पदको लागि काम पनि गरिएन। हिमाल भाइलाई नेपाली विकीको के था छ? मैले यसलाई हुर्काएको हुँ। मैले हजारौँ ठुटा पृष्ठ बनाएको छु। त्यो पनि गर्वका साथ भन्छु।-DULAL (मसँग कुरा गर्नुहोस्) २२:३५, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
धेरै देखियो सक्रियता, तपाई अहिले गर्वका साथ ठुटो पृष्ठ निर्मण गर्छु भनिरहनु भएको छ तर कुनै दिन यस्तो पनि आउँछ जतिबेला मैले तपाईले भन्दा हजारौँ पृष्ठहरू बनाइसकेको हुनेछु त्यो पनि प्रमुख लेखहरू। म सक्रिय मान्छे हो र सक्रिय मान्छेको मात्र पछि लाग्छु। निष्क्रिय व्यक्तिहरू पदमा बसेको सुहाउँदैन-हिमाल सुबेदी (कुरा गर्ने) २२:४६, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- नेपाली शुद्ध लेख्न सिक भाइ। अनि बनाउनु पृष्ठहरू। प्रबन्धक पद पनि लैजाउ। गर्वका साथ ठुटो पृष्ठ निर्मण गर्छु भनेको हैन। मैले पहिला बनाएँ भनेको जुन बेला विकीमा कुनै नियम थिएन। नियम मैले आफ्नै पहलमा ल्याएको हो।-DULAL (मसँग कुरा गर्नुहोस्) ०७:५२, ९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘
फ्रान्सेली (français), स्पेनी (español), जर्मनेली (deutsch), रूसी (русская), अरबी (العربية), पुर्तुगाली (português), इटालेली (italiana) र नेदरल्यान्डेली (nederlandse) विकिपिडियाहरूको प्रबन्धकहरूमा मैले गरेको अध्ययनले उहाँहरू लगभग सबै जना अति सक्रिय हुनुहुन्छ र प्रबन्धकको सक्रियता र सक्रिय प्रयोगकर्ताको सङ्ख्या अति उच्च भएका कारण उक्त विकिपिडियाहरू धेरै अगाडि छन्। उनीहरूको अनुसरण गर्ने हामीले हो। नेपाली प्रबन्धकको अन्य विकिपिडियाका प्रबन्धकहरूसँग गरेको तुलनामा निकै कमजोर प्रदर्शन भएको मैले पाएको छु। अन्य विकिपिडियाहरूको जस्तै निष्क्रियहरूलाई पद मुक्त गर्ने र सक्रिय प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देशका साथ यहाँ निष्क्रिय प्रबन्धकहरूलाई पद मुक्त गर्नु पर्ने निति २ वर्ष अगाडि निर्माण भइकन पनि कार्यान्वयन भइसकेको छ। (यहाँ भन्दा अगाडि गणेश पौडेल ज्युलाई पद मुक्त गरिएको थियो)। नेपाली विकिपिडियाको एकदमै कमजोर पक्ष भनेको निष्क्रिय प्रबन्धक र योगदानकर्ताको कमी हो त्यही भएर हामी अन्य विकिपिडियाको भन्दा धेरैनै कमजोर छौँ। पृष्ठ निर्माण गरेर मात्र हुने भए मैले दैनिक १५ पृष्ठ निर्माण गर्न सक्छु र गरेको पनि छु, २०७५ सालको विकिथन कार्यक्रममा "राष्ट्रिय फुटबल टोली"को पृष्ठभूमि दैनिक रूपमा १० देखि १५ वटा सम्म निर्माण गरे मैले तर अहिले आएर आफैले बनाएको पृष्ठको नाजुक अवस्था देख्दा नरमाइलो लाग्छ। विश्वकोश एक जनाले बनाएर हुने कुरा होइन तसर्थ सबैको साथ र सहयोग चाहिन्छ, तर यसो भन्दैमा चुपचाप लागेर बस्नु पनि भएन। साप्ताहिक रूपमा प्रमुख पृष्ठ फेरिएको छ जुन १७ वर्षे लामो इतिहासमा पहिलो कदम थियो जुन २०६७ माघ देखि हाल सम्म जारी छ र प्रमुख समाचार पनि अद्यावधिक भइरहेका छन्।
असल सम्पादक हुनका लागि प्रबन्धक हुनै पर्छ भन्ने हुँदैन। म आफूलाई प्रबन्धकको पदमा अझै उपयुक्त छैन किनभने धेरै पृष्ठलाई प्रमुख पृष्ठमा ल्याउनु छ, समाचार लेख्नु छ, अझै धेरै बाँकी छ, प्रबन्धकको मेरो स्वयम् मापदण्ड पुरा हुन। निष्क्रिय प्रबन्धक भएको खण्डमा पद मुक्त गरिनुको विकल्प नै छैन, यस भन्दा अगाडि, (प्रयोगकर्ता: सरोज कुमार ढकाल, पीताम्बर भट्टराई, गणेश पौडेल निष्क्रिय भएर नै पद मुक्त हुनु भएको थियो)। निष्क्रियलाई पद मुक्त गर्ने र सक्रियलाई प्रोत्साहन गर्ने विश्वव्यापी नियम हो। तसर्थ उहाँहरूलाई पद मुक्त गर्नेमा सिफारिस गर्दछु, पद मुक्त नहुन गरेको आवेदनको असमर्थन गर्दछु। नयाँ जोश र जाँगरको साथ पुन: असल सम्पादन र पृष्ठ निर्माण र गुणस्तरीय लेखन गर्दै प्रबन्धक पदको लागि पछि पुन: आवेदन दिन सक्नुहुनेछ, धन्यवाद। पर्वत सुबेदी (कुरा गर्ने) २०:२०, ९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
टिप्पणी प्रबन्धकवर्गले समुदायको निर्णयलाई नै सम्मान गर्ने भनिसकेपछि व्यक्तिगत रुपमा कसैको सम्पादनप्रति सो प्रयोगकर्ताको इतिहास खोतल्नु आवश्यक छ? (हिमाल सुबेदी—Saroj Uprety—Bhupendra Shrestha)- तपाईँ तीनैजनाले यस विषयमा विकिपिडियाको पञ्च स्तम्भभित्र रहेको 'हरेक लेखकलाई अन्य लेखकहरूसँग शिष्टता र आदरका साथ व्यवहार गर्नु पर्नेछ।' पालना नगरेको स्पस्ट देखिन्छ। आफ्नो पक्ष राख्नलाई सबैजनालाई स्वागत गरिन्छ तर व्यक्तिगत आक्रमण गरेर प्रयोगकर्तालाई असम्मान देखाउनु कत्ति पनि सुहाएको छैन तसर्थ आगामी दिनमा यस विषयमा विशेष ध्यान दिनुहोला। क्रिस दुलाल ज्यूले सार्नुभएको पृष्ठलाई टेकेर यहाँ टिप्पणी गर्नु आवश्यक छैन (आपत्ति भए वहाँको वार्तालाप पृष्ठ खुल्ला छ)। यी विषयहरूलाई ध्यानमा राखेर आफ्नो पक्ष राख्न, टिप्पणी गर्नहुन सबै प्रयोगकर्तालाई आग्रह गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४७, ९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
यो छलफल निष्क्रिय रहेका प्रबन्धकहरूलाई आफ्नो मत राख्न दिने उद्देश्यले राखिएको हो। तर यहाँ छलफललाई विचाराधीन राखिएको अवस्थामा प्रबन्धकहरूलाई व्यक्तिगत रूपमा तुलना गर्ने वा आक्षेप लगाउने तरिकाले छलफललाई मुख्य मुद्दाबाट बिमुख पार्न खोजिएकोमा दुःख लागेको छ। कुनै पनि विषयवस्तु माथिको छलफलमा भाग लिँदा सन्तुलित विचार राख्न सबैलाई आग्रह छ। प्रबन्धकवर्गलाई नियमानुसार पदमुक्त गर्दा समग्र विकिपिडिया र त्यसमा पार्ने प्रभावलाई समेत ध्यान राख्न आवश्यक छ। अहिले ४ जना प्रबन्धक/प्रशासक पदमुक्त हुने अवस्था सिर्जना भएको छ जसले गर्दा प्रबन्धन वा प्रशासकीय कार्यलाई प्रभाव पार्न सक्ने स्थिति आउन सक्छ। अतः सामुदायिक आवश्यकता र सन्तुलनको हिसाबले प्रशासकको भूमिकामा रहनुभएको निर्मल दुलालज्यूलाई एक मौका दिनुपर्छ भन्ने लाग्दछ। यसर्थ यस छलफल माथि निर्णय लिनु अगाडि "आगामी दिनहरूमा प्रशासकीय र प्रबन्धकीय भूमिका र सक्रियता के कस्तो रहन सक्छ र कसरी नेपाली विकिपिडियामा योगदान दिनुहुनेछ भन्ने" विषयमा आफ्नो योजना वा विचार राख्न निर्मल दुलालज्यूलाई आग्रह गर्दछु। सो विचार तथा योजना उचित लागेमा उहाँलाई एक मौका दिने पक्षमा मेरो मत जाहेर गर्न चाहन्छु। यो प्रस्ताव सामुदायिक आवश्यकता र सन्तुलनको हिसाबले राखिएको पुनः स्मरण गराउन चाहन्छु, र यस कुरालाई सबै प्रबन्धकवर्गहरूले समेत बुझ्नु हुनेछ भन्ने आशा लिएको छु।--Nirajan pant (कुरा गर्ने) २२:३९, ९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- माथी उल्लेखित टिप्पणीमा प्रबन्धकहरूलाई व्यक्तिगत रूपमा तुलना गर्ने वा आक्षेप लगाउने भनिएको छ तर हामीले यस्तो गर्न खोजेको होइन। सम्पादक भएपछि आफ्नो विचार राख्न पाइन्छ जुन हामीले गरेका छौं। तैपनि यदि कसैलाई नराम्रो लागेको छ भने हामी सबैको तर्फबाट माफी चाहन्छु। अब प्रबन्धक मुक्त गर्ने कुरामा आउँदा मलाई लाग्छ सबैलाई निष्क्रिय प्रबन्धकहरूलाई मुक्त गर्नुपर्छ किनकि यहाँ नियमविपरीत कार्य गरिने छैन र भविष्यमा पनि यस्तो समस्या हामी कसैमाथि आउन सक्छ जुन बेला केही नभनी स्वीकार गरिनेछ। प्रशासक भन्दैमा हामीले निर्मल दुलालज्यूलाई एक मौका दिएर अरूलाई भेदभाव गर्न कदापि मिल्दैन। वर्तमान समयमा नेपाली विकिपिडिया सक्रिय सम्पादक छैनन् र प्रबन्धक कार्य पनि त्यति आवश्यक परेको देखिदैन। उहाँहरूलाई मुक्त गरेपछि हामीसँग तीन जना प्रबन्धकज्यू र एक जना अत्यन्तै सक्रिय प्रशासकजू रहनु हुनेछ जुन एकदमै सही हुनेछ। एकजना मात्र प्रशासक हुँदा केही फरक पर्ने छैन। त्यसै पनि हालको स्थिति हेर्दा उहाले मात्र आफ्नो कार्य राम्रोसँग गरिरहनु भएको छ। अहिले हेर्दा सक्रिय सम्पादक भन्दा धेरै त प्रबन्धकहरूको धेरै संख्या देखिन्छ जुन अन्य विकिपिडियाका मानिसहरूलाई पनि अनौठो लाग्न सक्छ। त्यसैले हामीले सबै निष्क्रिय प्रबन्धक तथा प्रशासकज्यूलाई छिटोभन्दा छिटो सो अधिकार बाट मुक्त गर्न थाल्नु पर्छ। प्रबन्धकज्यूहरूलाई हटाउने कार्य वर्तमानको प्रशासकज्यू बाट गर्न सकिन्छ भने प्रशासकज्यूलाई हटाउन मेटामा स्टेवार्डहरूसँग सम्पर्क गर्दा ठिक हुनेछ। कसैले यसलाई व्यक्तिगत रूपमा नभएर केवल नीति तथा नियमको रूपमा लिनुहोला। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) २३:२१, ९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- न्यायको सामान्य सिद्धान्त अनुसार पनि सबै प्रबन्धक/प्रशासकज्यूहरूलाई एक पटक आफ्नो धारणा राख्ने मौका दिनु पर्छ। तसर्थ, समुदायको नीति तथा नियम अनुसार तपाईहरूलाई प्रशासक/प्रबन्धक पदबाट पद मुक्त किन नगर्ने सम्बन्धमा थप तर्क तथा आफ्नो धारणा पेश गर्नु हुनु (Nirmal Dulal—Krish Dulal—Ram Prasad Joshee—Nabin K. Sapkota) अनुरोध गर्दछु।nShrestha २३:३०, ९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- सर्वप्रथम त मेरो विचारमा विकिपिडियामा प्रबन्धक/प्रशासक कुनै पद नभई एउटा अधिकार मात्र हो। अनि यहाँ केही विकिपिडियनहरूले हाम्रो इतिहास र योगदानको कुरालाई पनि नकारात्नक रूपमा व्याख्या गरिएको देखियो, यस्तो गर्नु अघी एकपटक आफ्नु इतिहास पनि आफैले मनन गर्नु भए राम्रो हुने थियो। (तर म यहाँ कसैको इतिहास खोतलेर उसलाई नराम्रो बनाउन आएको हैन यसकारण व्यक्तिगत आक्षेप लगाउन तर्फ लाग्दिन)। साथै मैले यो गरे त्यो गरे भन्ने घमण्ड गर्नु पनि छैन। मैले विकिपिडियामा योगदान कुनै पदको लालचले गरेको पनि हैन। विकिपिडियामा प्रबन्धक/प्रशासक अधिकार प्राप्त गरेर कुनै व्यक्तिगत फाइदा हुन्न भन्ने कुरा यो अधिकार प्राप्त व्यक्तिलाई थाहा भएकै कुरा हो। यसकारण यो आधिकार यथावत राख्न कुनै आनावश्यक बहाना बनाई राख्नु पर्छ जस्तो लाग्दैन, मैले माथी आफ्नो धारणा मात्र राखेको थिए। हामीले विकिपिडियामा सम्पादन गर्न सुरु गर्दा नेपाली विकिपिडिया कुनै निती नियम नै थिएनन्, पछि हामीले नै यसको निर्माण गर्दै आयौँ। यसका साथै विकिपिडियामा रहेर कहिले कसैको मनोबल गिराउने कार्य पनि गरिएन बरू केही विकिपिडियनलाई हौसला प्रदान गर्ने काम नै गरियो । अब रह्यो विकिपिडिया योगदान र सक्रियता सम्बन्धमा यस अघि (मैले यस आघी नै भनिसके कि पछिल्ला केही महिना COVID19 को कारण व्यक्तिगत समस्याका कारण विकिपिडियामा सक्रिय हुन साकेको थिइन) पनि विकिपिडिया समपादनमा तथा निती नियम निर्माणमा योगदान गरेको नै हो र आगामी दिनमा पनि (कुनै अन्य विपदको आवस्था बाहेक) नेपाली विकिपिडियामा सक्रिय रही समपादनमा तथा थप ठोस निती नियम निर्माणको कार्यमा योगदान गरिनै रहने छु। तर विकिपिडियामा मैले यस अघी जे गरे सके सम्म राम्रो नै गरे र भविष्यमा जे गर्ने छु राम्रो गर्ने छु कसैलाई व्यक्तिगत वा समुदायलाई नै असर पार्ने गरि गर्ने छैन। --निर्मल दुलाल (कुरा गर्नुहोस) ११:११, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- कुनै पनि सम्पादकले गरेका पुराना इतिहासलाई केलाउनु ठिक नभएकाले कसैलाई पनि फेरि यस्तो आक्षेप नलगाउन अनुरोध गरिन्छ। यस छलफलपछि मैले चौतारीमा रहेका पुराना प्रस्तावहरूलाई हेर्दै जादा एउटा बुदामा (प्रबन्धकले सो समयसीमामा उल्लेखित प्रबन्धकीय कार्य गर्न नसकेमा त्यसको लागि सामुदायिक छलफलको आवश्यकता पर्ने छैन) यस्तो लेखेको पत्ता लागिएको छु। उक्त बुदामा स्पष्ट रूपमा लेखिएको छ सामुदायिक छलफलको आवश्यकता पर्ने छैन। त्यसैले हामीले यस छलफल गरेको कुनै मतलब छैन जस्तो लाग्छ किनभने सबैलाई पहिले नै जानकारी गराइसकेको रहेछ। सो प्रस्तावमा सबैको समर्थन रहेको हुँदा त्यसलाई पारित गरिएको रहेछ। जुन कार्य २ जुलाईमा नै गर्नुपर्ने हो त्यसलाई हामीले छलफल गरेर समय बर्बाद गरेको मात्र देखिन्छ। त्यसैले यसलाई मध्यनजर गर्दै आदरणीय प्रशासक Biplab Anand ज्यूलाई छिटोभन्दा छिटो निर्णय लिन अनुरोध गर्दछु। समुदायकै नियमलाई मान्यता दिइनेछ भन्ने लागेमा सो पनि स्पष्ट रूपमा देखिन्छ कि समुदायलाई हाल प्रबन्धकको खाचो रहेको छैन। धन्यवाद। - Saroj Uprety (कुरा गर्ने) १२:५३, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- एउटा महान व्यक्तिको भनाई,"संसारका व्यक्तिले आफुलाई बचावट गर्न खोज्छन् र त्यो जस्तोसुकै मानिसहरूमा पनि लागू हुन्छ"। अन्य भाषाका विकिपिडियाहरूको जस्तै यहाँ सक्रिय प्रबन्धकहरूको खाँचो हो निष्क्रिय प्रबन्धकहरूको खाँचो होइन। तर एउटा कुरा सम्पादक हुनका लागि प्रबन्धक हुनै पर्छ भन्ने छैन जुन मैले माथि प्रस्तुत गरिसकेको छु। पोहोर साल प्रयोगकर्ता:गणेश पौडेललाई निलम्बन गर्दा कुनै छलफल गरियो?? यहाँ छलफलको मुल आसय के हो? नितिमा जे उल्लेखित छ त्यही लागू हुनु पर्छ र ६ महिना पछिको अर्को खण्डमा पनि कोही प्रबन्धक निष्क्रिय हुन्छ भने उहाँ प्रबन्धकको पदबाट सिधै मुक्त हुनुहुनेछ, छलफल आफ्नो पक्षमा पारेको खण्डमा प्रबन्धक पदबाट निलम्बन हुनबाट बच्न सकिन्न जुन मैले देखेको छु। पोहोर साल नभएको छलफलको तात्पर्य केहो? हामी कसैले पनि सम्पादन गर्नबाट रोकेका पनि थिएनौँ। मापदण्ड नपुग्नु व्यक्तिगत कारण हो यहाँ व्यक्तिगत कारण हेरिदैन, जति सकिन्छ त्यति गर्ने हो करलाग्दी पनि हुँदैन। तपाईँहरूले धेरै मेहनत गरेर नेपाली विकिपिडिया अगाडि ल्याउनु भयो र नीति पनि बनाउनु भयो म आउनु भन्दा अगाडि तर, यसको अर्थ यहाँ तपाईँहरूको मात्र हात छ भन्ने हुन्न सबैले आ-आफ्नो तरिकाबाट योगदान गरिरहेका छन् एकदमै नगण्य रूपमा वा महत्त्वपूर्ण रूपमा भएपनि। अब कि प्रयोगकर्ता गणेश पौडेल (विवरण) र पीताम्बर भट्टराई, सरोज कुमार ढकाललाई पनि प्रबन्धक पद दिम अथवा निष्क्रिय प्रबन्धकहरूलाई पद मुक्त गरम। यही यहाँ लेख्नु साट्टो एउटा पृष्ठमा गएर लेखेको भए पक्कै पनि पृष्ठ प्रमुख पृष्ठमा आउँथ्यो। छलफल चाहिने भए त्यो नीतिको काम को हो? माथिको कुनैपनि टिप्पणी व्यक्तिगत रूपमा कसैलाई असर पार्ने किसिमले भनिएको होइन। धन्यवाद पर्वत सुबेदी (कुरा गर्ने) १३:१८, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- यहाँले सही भन्नु भयो, नीति अनुसार पदमुक्त गर्न सकिन्छ तर विशेष परिस्थितिको कारण देखिएकोले थप राय र टिप्पणी बुझ्ने अभिप्रायले मात्र केही समयको लागि पदमुक्तको प्रक्रियालाई स्थगन गरिएको हो जस्तो लाग्छ। यो छलफल कसैलाई पनि बचाउनको लागि शुरू गरिएको थिएन। केवल जानकारीको लागि शुरू गरिएको थियो। र जानकारी गराउनु कुनै गलत काम होइन। बाँकी आफ्नै टिप्पणीहरू पढ्नुस्, तिनै टिप्पणीहरूले यस जानकारीलाई अनिर्णित छलफलको दिशातिर लगिरहेको छ। विगतका कुरा नगरौँ, वर्तमानका कुरा गरौँ। विगतमा यस्तो भयो अहिले पनि यस्तै हुनुपर्छ हैन भने यस्तो गरौँ भन्ने ढिपी सहितका टिप्पणीहरू नगर्नुस्। अनि जुन निलम्बन शब्द प्रयोग भएको छ, यो कहीँ पनि नीतिमा छैन्। कृपया निलम्बन शब्दको अर्थ हेर्न हुन पनि आग्रह गर्दछु।--Nirajan pant (कुरा गर्ने) १३:४७, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- तपाईंले भन्नुभएको कुरा एकदम सही छ तर सबै प्रबन्धकज्यूहरूको टिप्पणी हेर्दा COVID19 लाई सिधै एउटा प्रमुख कारण बताइएको छ जुन सुन्दा समुदायका व्यक्तिहरूलाई अलि चित्तबुझ्दो छैन। त्यसैले यस कारणलाई हामी कसैको समर्थन आउने छैन। विगतका दिनमा गरेझैं यसपटक पनि हामीले भाइचारा निभाउन तर्फ नलागी नियमको पालना गर्नु पर्छ। पर्वतज्यूको कुरामा मेरा सय प्रतिशत समर्थन रहेको छ। यसरी हामीले कसैलाई भेदभाव गर्न पाइदैन। पहिले जसरी गणेशज्यू तथा अन्य प्रबन्धकलाई अधिकारबाट मुक्त गरियो त्यसरी नै हामीले अहिले त्यहीँनै गर्नुपर्छ। Nirajan ज्यूले हिजो निर्मल दुलालज्यूलाई प्रशासक भएका कारणले एक मौका दिनुपर्छ भन्नुभएको थियो तर इतिहास हेर्दा त गणेशज्यूले पनि प्रशासकको रूपमा रहेर आफ्नो कार्य गर्दै आउनुभएको थियो। त्यसैले यसमा कसैलाई मौका दिने कुरा हुँदैन। सबैको कदर हुनुपर्छ र योग्यताको आधारमा मात्र अधिकार प्रदान गर्नुपर्छ। उहाँहरूले चाहेको भए आफ्नो सुनौलो मौका गुमाउनुबाट बच्न सक्नु हुन्थ्यो तर त्यसो हुन नसकेको कारणले गर्दा अब छलफलमा समय बर्बाद नगरी परिणाम तर्फ लाग्नुपर्छ। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) १४:०४, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- हो मैँले "निर्मल दुलालज्यूलाई प्रशासक भएका कारणले एक मौका दिनुपर्छ" भनी प्रस्ताव गरेको हो। र त्यसको कारण समेत मैँले खुलाएको छु। यदि प्रस्तावमा चित्त बुझ्छ भने समर्थन गर्नुहोस् नत्र असमर्थनको गर्नुस्। त्यही अनुसार गर्नुस्। साथै टिप्पणी गर्नु अगाडि तपाईँले भन्नुभएको व्यक्ति कति समय देखि विकिपिडियामा निष्क्रिय हुनुहुन्थ्यो त्यो पनि हेर्ने कि? अनि अब उपरान्त यस छलफलसँग असम्बन्धित व्यक्तिहरूको नाम यहाँ उल्लेख नगर्नुहोला।--Nirajan pant (कुरा गर्ने) १४:१९, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- मैले सबै हेरेर गरेको टिप्पणी गरेको छु। म मान्छु कि उहाँ धेरै समय देखि निष्क्रिय हुनुहुन्थ्यो। मैले केवल प्रशासकको रूपमा तुलना गरेको हो। प्रयोगकर्ता:Pitambar Bhattarai लाई पनि एकचोटि प्रबन्धक अधिकारबाट मुक्त गरिएको थियो तर उहाँ त्यति निष्क्रिय हुनुहुन्न थियो। त्यसैले यस्ता भेदभाव गर्ने कुरा नगर्दा नै बेस होला जस्तो लाग्छ मलाई। हामीले भन्ने यहीँ नै हो बाकी प्रशासकज्यूले हेर्नुहुने नै छ। कृपया भाइचाराको रूपमा रहेर अन्य प्रयोगकर्तालाई चित्त नबुझ्ने निर्णय नलिन आग्रह गर्दछु। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) १४:४५, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- पद अधिकार वा दायित्वको रोक्कालाई निलम्बन भनिन्छ (नेबृश) र यो शब्दले पद मुक्तको समान अर्थ दिन्छ। निष्क्रिय प्रबन्धकलाई पद मुक्त गर्दै सक्रिय प्रयोगकर्ता को छ उहाँलाई पद सुम्पनु पर्छ मेरो भन्नु त्यति मात्र हो र प्रयोगकर्ता निर्मल दुलाल ज्युलाई एक मौका दिनु पर्छ जस्तो मलाई लाग्दैन किनभने अरू निष्क्रिय प्रबन्धकहरू बीच मनमुटाव सुरु हुन सक्छ, सबैलाई नितिमा रहेर समान व्यवहार हुन पर्छ।पर्वत सुबेदी (कुरा गर्ने) १४:२७, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- जसले अहिलेसम्म सबभन्दा धेरै समुदायमा किचलो पैदा गरेको छ त्यही प्रयोगकर्ता बढी बोलेको देख्दा मलाई ताजुब लागि रहेको छ। निष्क्रिय प्रबन्धकहरू बीच मनमुटाव छैन र म प्रबन्धक पद चाहिन्छ भन्ने पक्षमा नि छैन। मलाई यहाँ लेखेर समय बरबाद गर्नु छैन। यदि हालसम्म कै सबैभन्दा विवादित प्रयोगकर्तालाई नै समुदाय मानेर निर्णय गरिन्छ भने त्यो पनि स्वीकार्य छ। जो सक्रिय छ त्यसले मौका पाउनु पर्छ तर सक्रियता के मा? एउटा वाक्य ढङ्गसँग लेख्न सक्नु पर्यो, स्थापित मापदण्ड पूरा गर्नु पर्यो। मैले मेरो समय बचाउन लेखभन्दा बाहिर अङ्ग्रेजी शब्द प्रयोग गरेको हो किनकी नेपालीमा लेख्न मलाई धेरै समय लाग्छ। मैले चाहे जति योगदान गर्न नसक्नुको मुख्यकारण कोरोना नै हो। स्वास्थ्य सेवामा लागेका कारण म यो समय झनै व्यस्त भएँ। यहाँ हामीलाई जे मा पनि छुट दिएको छ। पानी बिजुलीको महशूल नबुझाए पनि जरिवाना तिर्नु पर्दैन, पसलमा लामो लाइन छ भने पनि सबैले हामीलाई पहिला जान दिन्छन्। विकीमा नेपाल कै नियम लगाए पनि मलाई आपत्ति छैन। मैले सम्मान पाउन विकीमा काम गरेको हैन। म विकी बिग्रेको पनि हेर्न सक्दिन।-DULAL (मसँग कुरा गर्नुहोस्) १९:३४, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- नमस्कार। सर्वप्रथम यहाँ कोही पनि विकी बिगार्ने सोचले आएका हुदैनन्। यहाँ विवादित प्रयोगकर्ता भनेर कसैको विचारलाई होच्याउने प्रयास पनि नगरौं किनकि अहिलेसम्मकै सक्रिय समुदाय भनेकै हामी मात्र छौं। त्यसैले हाम्रो विचारलाई मान्नु पर्छ। विकीमा पहिले देखी नै चलिआएको नियम के छ भने यदि कुनै व्यक्ति आफ्नो निजी जीवनका कारण सम्पादन गर्न पाउदैनन् भने उनीहरूलाई अधिकारबाट मुक्त गरिनेछ। हामी पनि यहाँ सम्मान तथा नगद प्राप्त गर्नलाई सम्पादन गरेका हैनौं। त्यसै पनि हामी विकीमा सम्पादन गरेर केही प्राप्त पनि गर्ने छैनौं। हामी दिनरात नभनी नेपाली विकीको स्तर बढाउने तर्फ लागि राखेका छौं तर यदि हाम्रो मतको कुनै कदर छैन भने हामीलाई यहाँ सम्पादन पनि गर्नु छैन। यहाँ आफ्नो अमूल्य समय व्यर्थ खेर फाल्नु भन्दा अध्यन तिर लागिएको भए सही हुन्थ्यो जस्तो लाग्छ। त्यसै पनि यहाँ असल तथा सक्रिय सम्पादकको कहाँ कदर हुन्छ। अहिलेको युगमा त्यसैपनि कहाँ मिहिनेत गर्ने व्यक्तिको कदर हुन्छ र। प्रबन्धकज्यूहरूलाई अधिकारबाट मुक्त गरियोस्। पछि सक्रिय भएपछि समुदायको विश्वास दिलाउन सफल भएपछि फेरि प्रदान गर्न सकिनेछ। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) २२:४०, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- विकिपिडियामा सक्रियता भनेको पृष्ठमा उल्लेखनीय सुधार गर्दै नयाँ पृष्ठ सृजना, लेखन र ढाँचा तथा रूपरेखा र समाचार सङ्गालोमा विशेष योगदान पुर्याउनुलाई भनिन्छ। मैले बढी बोलको छैन, आफ्नो धारण राखेको मात्र हो। पोहोर साल गणेश पौडेल ज्यु, लाई पद मुक्त गर्दा उहाँ पनि निकै समस्यामा अल्झिएर (जस्तै घर व्यवहार, कार्यालयको काम, वाइफाईको अभाव आदी हुन सक्छन्) सम्पादन गर्न भ्याउनु भएन, जसको कुनै (प्रमाण) मतलब गरिएन तथापि, उहाँले नेपाली विकिपिडियामा सबैभन्दा धेरै लेख निर्माण गर्नुका साथसाथै अति उच्च सम्पादन गर्नुभएको थियो। तर अहिले वार्ता गर्नुको तात्पर्य मैले बुझेको छैन। यदी यस्तो विवाद सृजना हुन नदिनका लागि समयमै मापदण्ड पुरा गर्नुपर्ने थियो जुन हुन सकेन। व्यक्तिगत समस्या यहाँ आएर व्यक्त गर्ने होइन, मलाई पनि निकै व्यक्तिगत समस्या छ जस्तै पढाइ, जागिर खोजी (हालसम्म पाएको छैन), वाइफाईको अभाव, मोबाइलमा पैसा छैन, तैपनि मैले यहाँ केही नभनि कन पनि सम्पादन गरिरहेको छु र प्रमुख समाचार र पृष्ठमा ध्यान केन्द्रित गरेको छु जसमा सफल हुँदै गइरहेको छु। तपाई पद मुक्त हन चाहनु हुन्न र यहाँको टिप्पणीको विरोध गर्नुहुन्छ तसर्थ तपाईले बढी बोलेको भन्नु मनोविज्ञान अनुसार स्वभाविक छ। सबै आआफ्नो क्षेत्रमा लागि परेका छन् कोही स्वास्थ्य, कोही सुरक्षा, कोही अध्ययन, कोही जागिर, कोही कार्यालय, जुन जहाँ भएपनि हामी यहाँ नेपाली भाषा उकास्न आएका हौँ, तपाई मापदण्ड पुरा गरेको खण्डमा सक्रिय प्रयोगकर्ता हुनुहुन्थ्यो तर यो हुन सकेन। पर्वत ज्युले भन्नुभएको एकदमै सही छ सक्रिय प्रयोगकर्ता हुनका लागि प्रबन्धक हुनु पर्छ भन्ने हुँदैन। माथि धेरै व्यक्तिगत समस्याहरू लेखिएको छ जुन एउटा मान्छेको नभई सबैको जीवनमा आइरहेकै छन् र सबैभन्दा बढी समस्या खेप्ने म पनि हुँ। मलाई लाग्दैन कुनै मौका दिनु पर्छ भनेर किनभने यस विषयको उठान गरियो भने पूर्व प्रबन्धकलाई अवहेलना महसुस हुन सक्छ र उहाँहरूले पनि प्रबन्धक पद पुन: माग गर्न सक्नुहुन्छ, तसर्थ नियम अनुसार मापदण्ड पुरा गर्न नसकेकोमा निष्क्रिय प्रबन्धक ज्युहरूलाई पद मुक्त गर्नुको विकल्प छैन। यसलाई कुनैपनि हिसाबले व्यक्तिगत रूपमा नलिनुहोला। हिमाल सुबेदी (कुरा गर्ने) २२:५४, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- हिमालज्यूको विचारलाई मेरो समर्थन छ। यदि कसैले आफ्नो निजी समस्या देखाउन थाल्यो भने उहालाई मौका दिनुपर्छ भनेर कुनै नीतिमा लेखिएको छैन। हामी नीतिलाई प्राथमिकता दिने मान्छे हौं र नीति पनि तपाइँहरूले नै बनाएको हो त्यसैले यसलाई एकापसमा मुद्दा बनाउनुको सट्टा छिटो भन्दा छिटो मुक्त गर्न अनुरोध गरिन्छ। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) २३:०६, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
निष्क्रिय प्रबन्धक ज्युहरूलाई एक प्रश्न,
प्रयोगकर्ता नविन सापकोटा र रामप्रसाद जोशीले प्रबन्धक निष्क्रियता खण्ड पछि, क्रमश जम्मा ० र ० सम्पादन गर्नु भएको छ र प्रयोगकर्ता निर्मल दुलाल र क्रिष दुलालले कमश: प्रबन्धक निष्क्रियता खण्ड पछि ९३-२२= ७१ विवरण र २५८-१९६= ६२ विवरण। हाल कोरोना विषाणु महामारी रोकिएको छैन झनै नेपालमा तिब्र रूपमा बढिरहेको छ। कोरोना विषाणु महामारीका बीच पनि यति छोटो समयमन लगभग ४०% (जम्मा सम्पादन पुग्नु पर्ने =२००), गरिसक्नु भएको छ र आफूलाई निष्क्रियता खण्ड पछि एक अति सक्रिय प्रयोगकर्ताको रूपमा योगदान दिनुभएको छ। तर यहाँ भन्दा अगाडि कोरोना विषाणुसँग कुरा किन जोड्न खोजिएको हो? चाहेकै भए कोरोनाको बीच पनि सम्पादन हुन सक्ने तपाईहरूको सक्रियताले पुष्टि गरिसकेको छ। यसको तात्पर्य के हो? (यसलाई व्यक्तिगत रूपमा नलिनुहोला)पर्वत सुबेदी (कुरा गर्ने) ०९:१९, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्] ┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘ कृपया प्रबन्धकहरूको निस्क्रियता सम्बन्धमा थप प्रश्नोत्तर यहाँ नगरौँ। यो छलफलमा सहभागिता जनाई आफ्नो विचार राख्नुहुने सम्पूर्ण विकिपिडियन साथिहरूलाई धन्यवाद दिन चाहन्छु। निस्क्रिय प्रबन्धकलाई पदमुक्त गर्ने नीतिअनुसार नै विगतमा निस्क्रिय प्रबन्धकलाई पदमुक्त गरिएको हो। निस्क्रिय प्रबन्धकलाई पदमुक्त गर्ने मापदण्ड बमोजिम एकैपटक ३ जना प्रबन्धकज्यू र १ जना प्रशासकज्यू निस्क्रिय देखिनुभयो जसकारण यसले प्रत्यक्ष रूपमा सामुदायिक प्रबन्धकीय कार्यहरूमा असर पार्ने बोध भएरै मैले यो छलफललाई सुरु गरेको हो। पछि प्रबन्धकहरूलेसमेत यसै छलफलमा आफुँ निस्क्रिय हुनुको कारण बताउनुभयो जसउपर सामुदायिक सदस्यहरूले लामै छलफल गरेको स्पस्ट देखिन्छ। कुनैपनि विकि समुदायलाई सन्तुलित राख्नको लागि प्रबन्धक र प्रशासकको भूमिका एकदमै महत्वपूर्ण हुन्छ। प्रबन्धकीय कार्यको लागि म लगायत दुई जना प्रबन्धकहरू मापदण्डबमोजिम सक्रिय हुनुभएकोले प्रबन्धकीय कार्यमा सोझै असर नपर्ने देखिन्छ तर समुदायमा एक जनामात्र प्रशासक हुँदा सामुदायिक सन्तुलन कायम राख्न र एकल निर्णयबाट भविष्यमा पर्नसक्ने प्रभावमाथि समुदायले थप ध्यानदिनु आवश्यक थियो र छ पनि। समुदायलाई यसो लाग्नु स्वाभाविक हुनसक्छ कि प्रबन्धकलाई पदमुक्त गर्ने तर प्रशासकलाई पदमुक्त नगर्ने? यहाँ प्रबन्धक र प्रशासकको सङ्ख्यालाई मनन गर्नु आवश्यक छ (त्यससमयमा अहिलेको जस्तो स्थिति नभएको हेर्न सक्नुहुन्छ)। वर्तमान छलफलको आसय स्पस्ट भइसकेको भएतापनि सामुदायिक सन्तुलनलाई कायम राख्नको लागि प्रशासकको भूमिकामाथि पुन: एकपटक विचार गरि आफ्नो मतसँगै छोटो टिप्पणी राख्नहुन प्रबन्धक र विशेष अधिकार प्राप्त प्रयोगकर्ताहरू (समीक्षक, ढाँचा सम्पादनकर्ता)लाई अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३३, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- नेपाली विकिपिडियामा प्रबन्धकहरूको कमी रहेको छ। ढाँचा सम्पादक विवरण ६ जना हुनुहुन्छ, जसको कार्य प्रबन्धकको भन्दा एउटा कुरामा कमी हुन्छ त्यो भनेको पृष्ठ सुरक्षा र पृष्ठ मेट्नु हो जुन थोरै सङ्ख्याका प्रबन्धकहरू (३ जनाले) पनि मज्जासँग गर्न सक्नुहुन्छ। अन्य प्रबन्धकीय कार्यहरू सबै मैले र अन्य ढाँचा सम्पादकहरूले गरिरहनु भएको छ। (उदाहरणका लागि प्रमुख ढाँचा सम्पादन, प्रमुख पृष्ठ अद्यावधिक, प्रमुख समाचार अद्यावधिक, मेटाउन नामाङ्कन आदी) प्रमुख समाचार र लेख हाम्रो पहलमा आएको हो जसले २०७६ को माघ महिनाबाट हाल सम्म जारी छ भने यहाँ भन्दा अगाडि प्रशासक विप्लव ज्युले गरिरहनु भएको थियो र उहाँलाई अहिले धेरै राहत मिलेको मलाई बताउनु भएको छ/थियो। तसर्थ मेरो कुरा के हो भने नियम अनुसार प्रबन्धकलाई पद मुक्त गर्ने र सक्रिय प्रयोगकर्ताहरूलाई निरन्तर सहयोग गरिरहने हो र नेपाली विकिपिडियाको गहिराई छिटोभन्दा छिटो १०० (हाल २५ बाट बढेर २९ पुगेको छ) पुर्याउनु हो। म बाहेक अर्का ढाँचा सम्पादक प्रयोगकर्ता पीताम्बर भट्टराईले धेरै मेहनत गर्दै ट्विङ्कल र अन्य ढाँचाको नेपालीकरण गरिरहनु भएको छ र उहाँ सफल हुनु भएको छ र प्रयोगकर्ता निराजन पन्तले महत्त्वपूर्ण ढाँचा आयात र नेपालीकरण गर्दै हुनुनुन्छ। प्रमुख समाचारमा भने मेरो र प्रयोगकर्ता हिमाल सुबेदीको महत्त्वपूर्ण योगदान छ र हिजै मात्र मैले महत्त्वपूर्ण अभिलेख राखिसकेको छु र निरन्तरता पनि दिँदै छु। ढाँचा सम्पादकको सहयोगमा ३ जना प्रबन्धकले पनि धेरै काम गर्न सक्नुहुन्छ र गरिरहनु भएको छ। पर्वत सुबेदी (कुरा गर्ने) १२:१०, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- लगभग सबै कार्यहरू ढाँचा सम्पादकहरूले गरेपछि निष्क्रिय प्रबन्धक पदमा बस्नुको अर्थ छैन्। तसर्थ यदी प्रबन्धक चाहिएकै हो भने सक्रिय ढाँचा सम्पादक को छ उहाँलाई दिन सकिन्छ। माथि कसले के काम गर्दै छन् वा गरिरहेका छन् भन्ने बारे सबै खुलाइएको छ। यदि कोही हालको सक्रिय प्रबन्धक वा प्रशासक अर्को खण्डमा निष्क्रिय हुनुहुन्छ भने उहाँ सिधै पद मुक्त हुनुहुनेछ थप छलफल गरिने छैन, यहाँ भन्दा अगाडि पनि कहिल्यै गरिएको होइन। जसरी हुन्छ नेपाली विकिपिडियाको गुणस्तर उकास्ने हो र गहिराई बढाउने हो र प्रमुख समाचार र प्रमुख लेख लेख्ने हो। अब यहाँ भन्दा थप छलफल कुनै आवश्यक छैन। सक्रिय प्रबन्धक भएको खण्डमा पद मुक्त कोही पनि हुँदैन तर निष्क्रिय भएको खण्डमा जति पुरानो वा जति बुझेकै वा अनुभवी प्रयोगकर्ता भएपनि स्वत: पद मुक्त गरिने छ र हाल पनि त्यहीको निरन्तरता हुनेछ।हिमाल सुबेदी (कुरा गर्ने) १२:३९, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- सत्यतथ्य रूपमा भन्नुपर्दा नेपाली विकीमा अहिले कुनै प्रबन्धकीय कार्य भएको देखिदैन। अहिले सक्रिय सम्पादक जम्मा पाँच जना छन् होला। यस्तो अवस्थामा सक्रिय सम्पादक भन्दा बढी प्रबन्धक हुँदा अलि ठिक नहोला। सुवेदी बन्धुज्यूले भने अनुसार धेरै जस्ता प्रबन्धकीय कार्य ढाँचा सम्पादकले नै गर्न सकेको खण्डमा कसैलाई पनि मौका दिइने छैन। यदि कुनै कारणवश थप प्रबन्धक चाहिएको खण्डमा विश्वसनीय ढाँचा सम्पादकलाई सो अधिकार दिन सकिनेछ। प्रशासकज्यूलाई अन्तिम मौका दिनुपर्छ भन्ने विषयमा मेरो पूर्ण असमर्थन छ किनभने विगतका दिनहरूमा कुनै प्रशासकीय कार्य भएको पनि देखिएको छैन। मलाई लाग्छ प्रशासकका कार्य भनेको सम्पादक तथा प्रबन्धकहरूलाई अधिकार दिने र मुक्त गर्ने हो जुन एक जना प्रशासक बिप्लबज्यूबाट हुनसक्नेछ। त्यसैले यसमा अब धेरै चर्चा नगरीकन मेटातर्फ लाग्दा ठिक हुनेछ। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) १३:३४, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- टिप्पणीको लागि सबै जनालाई धन्यवाद! छलफल कै निष्कर्श अनुसार निष्क्रियहरूलाई प्रबन्धक अधिकार मुक्त गर्न उपयुक्त देखिन्छ। र अन्त्यमा प्रबन्धक मुक्त गर्न सकिने आधारहरू सम्बन्धी रहेको एउटा भ्रमको बारेमा प्रष्ट पार्न चाहन्छु; प्रबन्धक मुक्त गर्न सकिने आधारहरू प्रबन्धकको लागि हुन्, प्रशासकको लागि होइनन्। र यससँगै छलफललाई यहीँ बन्द गर्न प्रबन्धक/प्रशासकलाई आग्रह गर्दछु।--Nirajan pant (कुरा गर्ने) १५:५९, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- समुदायले तयार गरेको नीति तथा नियमहरूलाई सबैले अनुसरण गर्नु पर्ने तथा यसको कार्यान्वयन सबैको लागी समान हुनु पर्ने धारणा राख्दै छलफलको निष्कर्श अनुसार समुदायको नीति तथा नियम बमोजिम अगाडी बढ्नु उपयुक्त हुने देख्दछु । nShrestha १६:५८, ११ जुलाई २०२० (नेपाली समय)
- मैले यहाँ धेरै टिप्पणीहरू गरिसकेको छु जुन वास्तवमा यहाँ आवश्यक थिएन। प्रयोगकर्ता निराजन पन्तले यो पद मुक्त प्रबन्धकहरूका लागि मात्र मान्य हुने तर प्रशासकहरूका लागि नहुने बताउनु भएको रहेछ, तर वास्तवमा त्यस्तो होइन। पोहोर साल प्रबन्धक र प्रशासक दुबै पदमा रहनु भएका प्रयोगकर्ता गणेश पौडेललाई पद मुक्त गरिएको थियो, यहाँ भने अनुसार उहाँको प्रबन्धक पद मात्र हटाउन पर्ने हो प्रशासक किन हटाइयो भन्ने प्रश्न आउला यहाँ प्रबन्धक र प्रशासकलाई समान तरिकाबाट हेरिने (तथापि, अलिकति धेरै अधिकार प्रशासकसँग हुन्छ), सो पद मुक्तले के पुष्टि गर्छ भने यो दुबैम लागू हुन्छ र लागू नभएको भए उहाँको प्रबन्धक पद मात्र गुम्थ्यो, प्रशासक पद बच्थ्यो तर त्यो भएन, र यो दुबै प्रयोगकर्ता समूहमा लागू रहेको पुष्टि हुन्छ। प्रयोगकर्ता गणेश पौडेलको प्रशासक र प्रबन्धक पदको प्रमाण १, २ र हालको प्रयोगकर्ता समूह कुनैपनि होइन, धन्यवाद पर्वत सुबेदी (कुरा गर्ने) १८:०१, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- टिप्पणी सामुदायिक छलफलको आधारमा निस्क्रिय प्रबन्धक/प्रशासकहरूलाई पदमुक्त गर्नको लागि मेटामा प्रस्ताव गर्नेगरि यो छलफललाई बन्द गर्दैछु। नेपाली विकिपिडियामा तपाईँ चारै जनाले (Nirmal Dulal—Krish Dulal—Ram Prasad Joshee—Nabin K. Sapkota) प्रबन्धकको रूपमा गर्नुभएको योगदानको लागि धन्यवाद दिदैँ आगामी दिनमा समेत तपाईँहरूको निरन्तर योगदान र सहयोगको आशा राखेको बताउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१७, १२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
प्रयोगकर्ताको अधिकार हटाइएको सम्बन्धमा
नेपाली बृहत् शब्दकोश तथा सामुदायिक छलफलको आधारमा वार्तालाप:बङ्गलादेश शीर्षकलाई मान्य घोषित गरिएको भएतापनि हिमाल सुबेदीले बाङ्लादेश शब्दको प्रयोगलाई निरन्तरता दिएको देखिन आएकोले वहाँको ढाँचा सम्पादक अधिकारलाई हटाइएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२८, १८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]