सामग्रीमा जानुहोस्

विश्वव्यापीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वव्यापीकरण वा भूमण्डलीकरण भनेको व्यक्ति, समाज, संस्कृति, कम्पनी, बजार र विश्वव्यापी सरकारहरू बीचको अन्तरक्रिया र एकीकरणको प्रक्रिया हो। अन्तर्राष्ट्रिय व्यापारका अवरोधहरूको कमी, पूँजीको आवागमनमा उदारीकरण, यातायातको विकास, तथा सूचना र सञ्चार प्रविधिहरूको प्रगतिले यो सम्भव भएको हो। आर्थिक दृष्टिले, विश्वव्यापीकरण वस्तु, सेवा, डेटा, प्रविधि तथा पूँजीजस्ता आर्थिक स्रोतहरूसँग सम्बन्धित भई यसले विश्व बजारको विस्तारले वस्तु तथा पूँजीको विनिमयसम्बन्धी आर्थिक क्रियाकलापहरूलाई उदारीकृत बनाएको छ। सिमाना पारका व्यापारिक अवरोधहरू हटाइएपछि विश्व बजारको निर्माण अझ सम्भव र व्यवहारिक बनेको छ। विश्वव्यापीकरण विश्वका अर्थतन्त्रहरू, संस्कृतिहरू र जनसङ्ख्याबीच बढ्दो आपसी निर्भरता बढ्दै जानुका साथै वस्तु र सेवाको सिमापार व्यापार, प्रविधि, लगानी, मानव संसाधन तथा सूचनाको प्रवाहका कारण सम्भव भएको हो। यी सबै विनिमय र आवागमनलाई सहज बनाउन विभिन्न देशहरूले शताब्दीयौँदेखि आपसी आर्थिक साझेदारीहरू निर्माण गरेका छन्।

विश्वव्यापीकरणका विरोधीहरूले यसलाई एक जटिल र बहुपक्षीय घटनाका रूपमा पूँजीवादी विस्तारको रूपमा लिएको पाइन्छ जसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रहरूको एक वैश्विक, अनियमित बजार अर्थव्यवस्थामा एकीकरण गर्ने गरेको विश्लेषण गर्दछन् तर यसलाई पुँजीवादको विस्तारवादी सोचबाट हेर्न नहुने पनि तर्क गरिएका पाइन्छन्।[] यसका समर्थकहरूका अनुसार भने यसका मुख्य फाइदाहरू आर्थिक वृद्धि र व्यापक सामाजिक विकास हुन्। यसबाट आर्थिक उदारीकरण, विदेशी प्रत्यक्ष लगानीमा वृद्धि, यातायात र सञ्चार प्रविधिमा विकास र विस्तार पनि भएको छ।

बढ्दो विश्व अन्तरक्रियासँग अन्तर्राष्ट्रिय व्यापार, विचार, र संस्कृति को विकास हुन्छ। भूमण्डलीकरण मुख्यतया अन्तरक्रिया र एकीकरणको आर्थिक प्रक्रिया हो जुन सामाजिक र सांस्कृतिक पक्षहरूसँग सम्बन्धित छ। यद्यपि द्वन्द्व र कूटनीति पनि भूमण्डलीकरणको इतिहास र आधुनिक भूमण्डलीकरणको ठूलो हिस्सा हुन्।

व्युत्पत्ति र प्रयोग

[सम्पादन गर्नुहोस्]
  1. विश्वव्यापी वातावरण
  2. विश्वव्यापी एकीकरण
  3. विश्वव्यापी वित्तीय प्रवाह
  4. विश्वव्यापी स्वीकार्य प्रविधि
  5. विश्वव्यापी रूपमा उत्का साधनहरुअको प्रवाह
  6. विश्वव्यापी व्यापार
  7. वस्तु तथा सेवाको स्वतन्त्र प्रवाह

विश्वव्यापीकरण शब्दको उपयोग अर्थशास्त्त्री द्वारा १९८० मा गरिएको थियो, यद्यपि १९६० को दशकमा यसको उपयोग सामाजिक विज्ञानमा गरिन्थ्यो। तर १९८० को दशकको किया उत्तरार्द्ध र १९९० सम्म यसको अवधारणा खासै लोकप्रिय भएन। वैश्वीकरणको सबैभन्दा पुरानो सैद्धांतिक अवधारणालाई उद्यमीबाट मन्त्री बनेका एक अमेरिकी-चार्ल्स तेज रसेल (Charles Taze Russell) द्वारा लेखिएको थियो जसले १८९७ मा शब्द ' कर्पोरेट दिग्गज ' की रचना गरेका थिए।[]

वैश्वीकरणलाई एक शताब्दीको लामो प्रक्रियाको रुपमा देखिन्छ, जुन मानव जनसंख्यासभ्यताको विकास माथि नजर राख्छ, जुन विगत ५० वर्षमा नाटकीय रूपमा बढेको छ। विश्वव्यापीकरणको प्रारम्भिक रूपहरू रोमन साम्राज्य, पार्थियन साम्राज्य र हान राजवंशको समयमा पाइन्छ, जब चीनमा सुरु भएको सिल्क रोड पार्थियन साम्राज्यको सिमानासम्म पुग्यो र रोमसम्म विस्तार भयो।

इस्लामिक स्वर्ण युग पनि एउटा उदाहरण हो, जब मुस्लिम अन्वेषक र व्यापारीहरूले पुरानो संसार(Old World ) मा प्रारम्भिक विश्वव्यापी अर्थतन्त्र स्थापना गरे, फलस्वरूप बाली व्यापार, ज्ञान र प्रविधिको विश्वव्यापीकरण; र पछि मंगोल साम्राज्यको समयमा, जब रेशम मार्गमा अपेक्षाकृत ठूलो एकीकरण थियो। विस्तृत सन्दर्भमा, स्पेन र विशेष गरी पोर्चुगलमा, १६ औं शताब्दीको अन्त्य हुनु अघि विश्वव्यापीकरण सुरु भयो। १६ औं शताब्दीमा पोर्चुगलको विश्वव्यापी विस्तार विशेष गरी महाद्वीप, अर्थव्यवस्था र संस्कृतिहरूको ठूलो स्तरमा सम्बन्धित थियो। अधिकांश अफ्रिकी तट र भारतीय क्षेत्रहरूसम्म पोर्चुगलको विस्तार र व्यापार विश्वव्यापीकरणको पहिलो प्रमुख व्यापारिक रूप थियो। विश्व व्यापारको लहर संगै औपनिवेशिकता र सांस्कृतिक ग्राहृयता संसारका सबै कुनाहरूमा पुग्यो। विश्वव्यापी विस्तार १६ औं र १७ औं शताब्दीमा युरोपेली व्यापारको प्रसारको माध्यमबाट विश्वव्यापी विस्तार जारी रह्यो, जब पोर्चुगिज र स्पेनी साम्राज्यहरू अमेरिका र अन्ततः फ्रान्स र बेलायतमा फैलिए। विश्वव्यापीकरणले विश्वभरका संस्कृतिहरूमा विशेष गरी आदिवासी संस्कृतिहरूमा ठूलो प्रभाव पारेको छ।

अन्तर्राष्ट्रिय सहयोग

[सम्पादन गर्नुहोस्]

कुनै पनि रास्ट्र लाइ गम्भीर आर्थिक अथवा मानवीय संकट को अवास्था मा अंतरास्त्रले स्वत स्फुर्तरुपमा निशर्त प्रबह गर्ने सहयोग


खाद्य सुरक्षा

[सम्पादन गर्नुहोस्]

सकारात्मक प्रभाव

[सम्पादन गर्नुहोस्]
  1. बजारको विस्तार
  2. रोजगारीमा वृद्धि
  3. प्रविधि हस्तान्तरण
  4. न्यून लागत तथा उच्च उत्पादकत्व
  5. उच्च प्रतिफल दर
  6. व्यापारिक अवरोधमा कमी

नकारात्मक प्रभाव

[सम्पादन गर्नुहोस्]
  1. एकाधिकारमा वृद्धि
  2. शोषणमा वृद्धि
  3. प्रतिस्पर्धामा वृद्धि
  4. राष्ट्रिय सार्वभौमिकतामा ह्रास
  5. अनुपयुक्त प्रविधि
  6. सामाजिक तथा सांस्कृतिक मूल्यलाई चुनौती

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Amin, Samir (१९९९), "Capitalism, Imperialism, Globalization", in Chilcote, Ronald M., The Political Economy of Imperialism: Critical Appraisals (अङ्ग्रेजीमा) (Dordrecht: Springer Netherlands): 157–168, आइएसबिएन 978-94-011-4409-4, डिओआई:10.1007/978-94-011-4409-4_9, अन्तिम पहुँच २०२५-१०-२३ 
  2. "Armageddon का युद्घ, अक्टूबर, 1897 पृष्ठ 365 -370", मूलबाट ५ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नवंबर २००८  वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-०५ मिति