शिमोगा जिल्ला
स्वरूप
शिमोगा | |
---|---|
कर्नाटकको जिल्ला | |
शिवमोग्गा | |
उपनाम: मालेनाडुको प्रवेशद्वार | |
निर्देशाङ्क: १४°००′N ७५°१७′E / १४.००°N ७५.२८°Eनिर्देशाङ्कहरू: १४°००′N ७५°१७′E / १४.००°N ७५.२८°E | |
देश | भारत |
राज्य | कर्नाटक |
प्रशासनिक विभाजन | बेङ्गलोर |
स्थापित | १ नोभेम्बर १९५६ |
सदरमुकाम | शिमोगा सहर |
तहसिल | शिमोगा, सागर, सिकारीपुर, सोराब, होसानगर, भद्रावती, तीर्थहल्ली |
सरकार | |
• प्रहरी प्रमुख | सान्ताराजु केएम, भारतीय प्रशासनिक सेवा [२] |
• उप आयुक्त | केबी शिवकुमार, भारतीय प्रशासनिक सेवा [३] |
क्षेत्रफल | |
• जम्मा | ८४९५ किमी२ (३२८० वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १७५२७५३[१] |
• घनत्व | २०७/किमी२ (५४०/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | कन्नड |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
शिमोगा जिल्ला अथवा आधिकारिक रूपमा शिवमोग्गा जिल्ला[४], भारतको कर्नाटक राज्यमा अवस्थित एक जिल्ला हो। शिमोगा जिल्लाको प्रमुख भाग मलेनाडु क्षेत्र वा पश्चिमी घाटमा पर्दछ। शिमोगा सहर यसको प्रशासनिक केन्द्र हो। जिल्लाको प्रमुख पर्यटकीय आकर्षण भनेको जोग झरना हो। सन् २०११ सम्म शिमोगा जिल्लाको जनसङ्ख्या १,७५२,७५३ रहेको थियो[१] जिल्लामा सोराबा, सागर, होसनगर, शिमोगा, शिकारीपुर, तीर्थहल्ली र भद्रावती गरि सात तहसिलहरू रहेका छन्।
वन्यजन्तु र वनस्पति
[सम्पादन गर्नुहोस्]मालेनाडु क्षेत्र वनस्पति तथा जीवजन्तुहरूको विविधताले भरिपूर्ण जैविक विविधता भएको क्षेत्र हो। यस क्षेत्रले यी प्रजातिहरूको संरक्षण सुनिश्चित गर्न वन्यजन्तु अभयारण्यको रूपमा वर्गीकृत क्षेत्रहरूको संरक्षण गरेको छ:
- गुदवी अभयारण्य: यो अभयारण्य सोरब तहसिलमा पर्दछ। यो ०.७४ किमी२ (१८० एकड)[५] मा फैलिएको छ।
- यहाँ विभिन्न प्रजातिका वनस्पतिहरू पाइन्छन् यहाँ पाइने प्रमुख वनस्पतिहरूमा हर्रो, बर्रो, सतिसाल, करम, मौवा, श्रीखण्ड, पलाँसको बोट, पिपल आदी पर्दछन्।
- यहाँ १९१ प्रजातिका जीवजन्तुहरू अभिलेख गरिएका छन्: ६३ वटा पानीमा निर्भर छन् भने यहाँ २० प्रजातिले प्रजनन गर्दछन्। यहाँ पाइने प्रमुख पन्छीहरूमा, सेतो साँवरी, वस्तु बकुल्ला, फुस्रो बकुल्ला, ध्यानी बकुल्ला, जलअप्सरा, लघु राजपुत्रिका, हरिहाँस, डुबुल्कीचरा आदी पर्दछन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Shimoga:Census2011", census2011.co.in।
- ↑ "Shivamogga SP", Shivamogga NIC।
- ↑ "Shivamogga DC", Shivamogga NIC।
- ↑ "Bangalore becomes 'Bengaluru'; 11 other cities renamed", The Economic Times, PTI, १ नोभेम्बर २०१४, अन्तिम पहुँच १८ जुलाई २०१८।
- ↑ ५.० ५.१ "SANCTUARIES &NATIONAL PARKS OF KARNATAKA", Centre for Ecological Sciences, Indian Institute of Science, अन्तिम पहुँच १० मे २००७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शिमोगा जिल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।