यो लेख सुन्नुहोस्

वस्तु बकुल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वस्तु बकुल्ला
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Ciconiiformes
परिवार: Ardeidae
वंश: बुबुल्कस
Bonaparte, १९५५
प्रजाति: B. ibis
वैज्ञानिक नाम
Bubulcus ibis
(लिनियस, १७४८)
उप-प्रजाति

B. i. ibis (लिनियस, १७५८)
B. i. coromandus (Boddaert, १७८३)
B. i. seychellarum (Salomonsen, १९३४)

दायराको नक्सा
पहेँलो: प्रजनन
हरियो: वर्ष भरी
निलो: प्रजनन नगर्ने
पर्याय

Ardea ibis Linnaeus, १७५८
Ardeola ibis (लिनियस, १७५८)
Bubulcus bubulcus
Buphus coromandus (Boddaert, १७८३)
Cancroma coromanda (Boddaert, १७८३)
Egretta ibis (लिनियस, १७५८)
Lepterodatis ibis (लिनियस, १७५८)

वस्तु बकुल्ला बकुल्लो प्रजातिको एक चरा हो। यसले यो नाम आफ्नो व्यबहारबाट प्राप्त गरेको हो। यो हेर्दा खेरी होचो, यो हलुका कुप्रो मुद्रामा बस्दछ र यसको प्वाँख सेतो र खैरो खालको हुन्छ। प्रजननको समयतिर यसको टाउकाको र ढाडको प्वाँख सुन्तला देखि रातो रङ्गमा परिवर्तन हुन्छ। यसको आँखाको गोलो भाग र चुच्चो पनि सुन्तला र रातोमा परिवर्तन हुन्छ। भाले र पोथीको आकार हेर्दा खेरी हलुका फरक फरक हुन्छ। भाले पोथी भन्दा केही ठूलो देखिन्छ। भालेको प्रजनन ऋतुमा प्वाँख केही लामो हुन् गरेको छ। यो चरा प्रायः शान्त बन्न मन पराउँछ, तथापि, यसले कहिलेकाहीँ प्रजनन ऋतुमा भद्दा वा धोद्रो स्वर पनि निकाल्ने गर्दछ। केही निकायले भने यसलाई दुईवटा उप-प्रजातिलाई प्रजातिकै रूपमा विभाजन गरेका छन् जसमा पूर्वी वस्तु बकुल्ला र पश्चिमी वस्तु बकुल्ला पर्दछन्। यो मुख्यतया एसिया, युरोपअफ्रिकामा पाइन्छ।

यसले प्रायः समूहमै गुँड वनाउने गर्दछ। यसले पानी भएको वा सिमसार क्षेत्रमा गुँड वनाउने गर्दछ। यसले गुँड मसिना दाउरा, घाँस आदिको प्रयोग गरि रूख वा साना बोटहरूमा बनाउने गर्दछ। अरू बकुल्लोको तुलनामा अलिकति सुख्खा र खुला ठाउँमा बस्न रूचाउँछ। यो प्रायः घाँसेमैदान, खर्क, बारी, हिलो ठाउँमा, अोसिलो ठाउँ र धानको बारीमा आहारा खाने गर्दछ। यसले अन्य ठूला जनावरहरूले पुच्छरले वा शरिरले धपाएका किरा वा झिँगाहरू समात्ने गर्दछ। यसका केही जनसङ्ख्याहरू बसाइँसराइ गर्छन् भने केहीले प्रजनन पछि मात्र त्यसो गर्ने गर्दछन्।

वयस्क वस्तु बकुल्लाको केही सिकारीहरू हुन्छन् तर केही शक्तिशाली चरहरू र स्तनधारीहरूले यसको गुँडमा आक्रमण गर्नेहुँदा यसको अण्ड अवथा चल्लाहरू हराउँछन् वा तिनिहरूकै फन्दामा पर्दछन् जसले गर्दा उनीहरूको मृत्यु हुने गर्दछ। यस प्रजातिका चरहरूको अनुसन्धान अन्य जङ्गली जनावरहरू वा अन्य ठूला चर्ने प्रजातिहरूसँग एक विशेष सम्बन्ध हुन्छ। मानिसहरूले लगाएका बालीहरूले गर्दा यिनिहरूको सङ्ख्या वा दायरामा उल्लेखनीय बृद्धि भएको मानिएको छ। वस्तु बकुल्लाले अन्य घाँस खाने जनावरहरूको शरिरबाट झिँगाहरू खाने गर्दछन् जसले गर्दा दुबैलाई फाइदा हुने गरेको छ तर घाउमा बसेका झिँगहरू खाने हुँदा उक्त प्राणीहरूलाई रोगको पनि सिकार बन्नु परेको छ।

विवरण[सम्पादन गर्ने]

वस्तु बकुल्ला, भारतमा
अर्ना माथि बसेको वस्तु बकुल्ला दिल्ली, भारत

यस चराको लम्बाइ ४६–५६ सेमी (१८–२२ इन्च) हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई ८८–९६ सेमी (३५–३८ इन्च) हुन्छ। यसको तौल २७०–५१० ग्राम हुन्छ। तुलनात्मक रूपमा घाँटी छोटो र मोटो हुन्छ। यसको मजबुत चुच्चो हुन्छ र यसको मुद्रा कुप्रो हुन्छ। प्रजनन गर्न नसक्ने वयस्कको भने मुख्यतया सेतो प्वाँख, पहेँलो चुच्चो र खैरो-पहेँलो खुट्टा हुन्छ। प्रजनन ऋतुमा, केही पश्चिमी उपप्रजातिको भने ढाड, स्तन, खुट्टा र आँखा रङ्ग रातो हुन्छ र प्वाँख भने सुन्तला रङ्ग हुन्छ। भाले र पोथी हेर्दा खेरी उस्तै देखिन्छ, तर भालेको भने केही लामो हुन्छ र अलिकति लामो प्वाँख हुन्छ। किशोर चराहरूमा भने रङ्गीबिरङ्गी प्वाँखको अभाव हुन्छ र चुच्चो कालो हुन्छ।

वितरण र वासस्थान[सम्पादन गर्ने]

वारिमा वस्तु बकुल्ला महाराष्ट्र, भारत
अमेरिकामा दायराको विस्तार

वस्तु बकुल्ला कुनै पनि पंक्षी प्रजातिहरूको सबैभन्दा छिटो र व्यापक पुग्ने प्राकृतिक विस्तारबाट आएको छ।[२]

आवतजावत तथा बसाइँसराइ[सम्पादन गर्ने]

यसका केही जनसङ्ख्याहरू बसाइँसराइ गर्दछन् र केहीले सो गर्दैनन्। यिनिहरू बिचको भिन्नता पत्ता लगाउन गार्‍हो पर्दछ। धेरै क्षेत्रहरूमा, केही बसाइँसराइ गर्ने र केही बसाइँसराइ नगर्ने प्रजातिहरू पाइन्छन्। उत्तरी गोलार्धमा यस प्रजातिका चराहरू जाडो छल्नका लागि न्यानो वातावरण तर्फ बसाइँसराइ गर्छन। तर अस्ट्रेलियामा गुँड बनाउने वस्तु बकुल्लाहरू गर्मी छल्न तासमानिया र न्युजिल्यान्डमा बसाइँसराइ गर्दछन् जसमा चराहरू जाडो मौसममा गई वसन्त ऋतुमा फर्कने गर्दछन्। पश्चिमी अफ्रिकाबाट बसाइँसराइ गर्ने चराहरू वर्षा ऋतु छल्नको लागि यसो गर्दछन्। दक्षिण अमेरिकाबाट बसाइँसराइ गर्दै उनीहरूको गैर प्रजनन समयमा, प्रजनन दायरासम्म चराहरू दक्षिण तर्फ बसाइँसराइ गर्दछन्। दक्षिण भारतमा रहेका जनसङ्ख्याहरू वर्षा ऋतुको प्रतिक्रिया गर्दै स्थानीय बसाइँसराइ गर्दछन्। सेप्टेम्बर पछि, चराहरू केरला तर्फ प्रस्थान गर्दछन्। हिउँदमा, धेरै चराहरू भारतको दक्षिण-पूर्वी तटिय क्षेत्रमा आसकोटे बकुल्लासँग समूह बाँधेर उडिरहेको देखिन्छ। हिउँदमा श्रीलङ्कामा पनि यिनिहरू देखिन्छन्। साना चराहरू ५,००० किमी (३,१०० माइल) प्रजनन क्षेत्रहरूबाट टाढा गर्दछन्। यिनिहरू धेरै टाढासम्म उड्ने गर्दछन्। यिनिहरू एटलान्टिक महासागरको बिचबाट उडेको देखिन्छन्।

वस्तु वकुल्लाको समूह, ब्राजिल

स्थिति[सम्पादन गर्ने]

यस प्रजातिको ठूलो दायरा रहेको छ जसमा यसको विश्वव्यापी अवस्थिति दायरा अनुमानित १,००,००,००० वर्ग किमी वा (३९,००,०००) बर्ग माइल रहेको छ। यसको विश्वव्यापी जनसङ्ख्या ३.८ देखि ६.७ मिलियन रहेको अनुमान गरिएको छ। सोही कारणले गर्दा यो चरा कम चासोका प्रजातिको रूपमा रहेको छ।[१] यस प्रजातिहरूको विस्तार र स्थापना ठूलो श्रृङ्खला सम्म फैलिएको छ। यद्यपि, यसलाई आक्रामक प्रजातिको रूपमा वर्गीकृत गरिएको छ।

खाना[सम्पादन गर्ने]

भ्यागुता खाँदै गरेको वस्तु बकुल्ला

यसको खानामा विस्तारित आहाराहरूको दायरा समावेश छ। यसको प्रमुख खाना माछा, भ्यागुतम, चेपाकाँडा, साना किरा, माखा (वयस्क र साना पनि), [३]फटयाङ्ग्रा, गाँइनेकिरो आदि पर्दछन् र यसले मैनपुतलि, गड्यौला र माकुरा पनि यसले खाने गर्दछ।[४][५] यसले कहिलेकाहीँ, रूखको हाँगामा गई पाकेको एक विशेष प्रकारको फल पनि खाने गर्दछ।[६] यो प्रजातिको चरा ठूला घाँस खाने जनावरहरू जस्तै अर्ना, जिराफ आदिको शरिरमा चढेर उनिहरूले पुछ्छर वा केही हलचल गरेर धपाएका झिँगा र अन्य किराहरू पनि खाने गर्दछन्। यो सहरी क्षेत्रहरूमा पनि पाइन्छ र यसले रेलवे स्टेसन र विभिन्न ठाउँमा पनि आहारा खाने गर्दछ। [७]

तस्विर सङ्ग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ बर्डलाइफ इन्टरनेसनल (२००८). बुबुल्कस इबिस. In: IUCN २००८. IUCN Red List of Threatened Species. Downloaded on ५ नोभेम्बर २००८. डाटाबेसको तथ्याङ्क अनुसार यो कम चासोका प्रजातिहरूमा पर्दछ
  2. Telfair II, Raymond C. (२००६), "Cattle Egret (Bubulcus ibis)", in Poole, A., द बर्ड्स अफ नर्थ अमेरिका अनलाइन, इथाका: Cornell Lab of Ornithology, डिओआई:10.2173/bna.113, मूलबाट १७ मे २००८-मा सङ्ग्रहित। 
  3. Seedikkoya, K.; Azeez, P.A.; Shukkur, E.A.A. (२००७), "Cattle egret as a biocontrol agent" (पिडिएफ), Zoos' Print Journal 22 (१०): २८६४–२८६६, डिओआई:10.11609/jott.zpj.1731.2864-6, मूलबाट २९ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २००९ 
  4. सिगफ्रिड, डब्ल्यु आर (१९७१), "The Food of the Cattle Egret", Journal of Applied Ecology (ब्रिटिस इकोलोजिकल सोसाइटी) (2): ४४७–४६८, जेएसटिओआर 2402882, डिओआई:10.2307/2402882 
  5. फोगार्टि, माइकल जे; हेट्रिक, विला मे (१९७३), "Summer Foods of Cattle Egrets in North Central Florida", द अक ९० (२): २६८–२८०, जेएसटिओआर 4084294 
  6. चतुर्भेदि, एन (१९९३), "Dietary of the cattle egret Bubulcus ibis coromandus (Boddaert)", बम्बै प्राकृतिक इतिहास समाज ९० (१): ९०। 
  7. देव सहायम, ए (२००९), "Foraging behaviour of cattle egret in an unusual habitat", न्युजलेटर अफ बर्ड्सवाचर ४९ (५): ७८। 

बाह्य कडीहरू[सम्पादन गर्ने]