आसकोटे बकुल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आसकोटे बकुल्ला
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Pelecaniformes
परिवार: Ardeidae
वंश: अर्डियोला
प्रजाति: ए ग्रेइइ
वैज्ञानिक नाम
अर्डियोला ग्रेइइ
(Sykes, १८३२)
पर्याय

Ardeola leucoptera

आसकोटे बकुल्ला, बकुल्लो प्रजातिको एक सानो चरा हो। यस सुन्दर चराको प्वाँख सेतो र माटो रङ्गको हुन्छ र यसको ढाडको पछाडिपट्टि खैरो धर्सा हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र चुच्चोको सबैभन्दा तल्लो भाग कालो रङ्गको हुन्छ। यो चरा पुर्व जगत (पहिलाको अफ्रिका , युरोप र एसिया) बाट उत्पत्ति भएको थियो जहाँ यसले दक्षिणमा इरान देखि पुर्वमा पाकिस्तान, भारत, बर्मा, बङ्गलादेश, र श्रीलङ्कामा प्रजनन गर्दथ्यो। यसको अर्को महत्त्वपूर्ण तथ्य के हो भने, प्रजनन ऋतुमा वा मार्च देखि सेप्टेम्बर महिना सम्ममा यसको खुट्टाको रङ्ग हरियोबाट परिवर्तन भई पहेँलो हुने गर्दछ। केही चराहरूको भने रातो खुट्टा हुने गर्दछ, दक्षिणी र पश्चिमी भारतका ठाउँहरूमा यस्ता रङ्ग भएका चराहरू २ प्रतिशत मात्रै पाइएको तथ्याङ्क रहेको छ। अधिकाङ्श समयमा यो शान्त बस्दछ तर यसले भ्यागुताले ट्यार ट्यार गरेर कराएको जस्तो आवाज पनि निकाल्ने गर्दछ। यो सानो हुने भएकाले टाढाको दूरीमा रहेको यस पंक्षीलाई आँखाले ठम्याउन गार्‍हो पर्दछ। यसको शत्रुलाई छक्काउने वा भ्रममा पार्ने शैली उत्कृष्ट रहेको छ। यस चराको हामी नजिकै गएमा मात्रै उड्ने गर्दछ। उक्त व्यावहारले गर्दा यो पंक्षीले आँखा कम देख्ने वा अन्घो रहेको विश्वास गरिएको छ। [२][३]

विवरण[सम्पादन गर्ने]

कुप्रो देखिएको आसकोटे बकुल्ला

यस पंक्षी हेर्दा खेरी पुड्को देखिन्छ। यसको रानो घाँटीको साथै यसको चुच्चो बाक्लो हुन्छ भने यसको पछाडिको भाग भने खैरो रङ्गको हुन्छ। गृष्म ऋतुमा वयस्कहरूको घाँटीको प्वाँख लामो हुन्छ। यसले उडान भरेको बेलामा पखेटाको सेतो भाग देखा पर्छ त्यसैले यसको खैरो रङ्ग बदलिँन्छ र हेर्दा खेरी फरक किसिमको देखिन्छ।

प्रजनन मौसमको बेलामा, राता खुट्टा भएका आसकोटे बकुल्ला पनि पाइएका छन्। राता खुट्टा भएका चराहरूको सङ्ख्याले यो सुझाव दिँदैनन् कि यो प्रजननको समयमा वयस्कहरूको लागि एक सामान्य परिवर्तन हो।[४][५][६][७]

पाइने दायरा[सम्पादन गर्ने]

यो चरा एक धेरै ठूलो दायरामा पाइन्छ। यो बङ्गलादेश, भारत, भूटान, श्रीलङ्का, पाकिस्तान, म्यानमारनेपाल सहित धेरै भारतीय उपमहाद्वीपका क्षेत्रहरूमा भेटिन्छ। यो इरान, ओमान, संयुक्त अरब इमिरेट्स र पश्चिममा माल्दिभ्स, पूर्वी क्षेत्रमा थाइल्याण्डभियतनाममा पनि पाइन्छन्। यो कहिलेकाहीँ सेसेल्समा पनि देखा परेको थियो तर कुवेतबाट भने लोप भएको थियो।

व्यवहार र जैविक विद्या[सम्पादन गर्ने]

उड्ने बेलामा देखिएको पखेटाको सेतो भाग

यो चरा भारतमा प्रसस्त मात्रामा पाइन्छ। यस पंक्षी प्राय: एकान्तमा आहारा खाने गर्दछ तर सुक्खा मौसममा यसको समूह कहिलेकाहीँ एकैठाउँमा आहारा खाने गर्दछन्।[८]

सानो भिजेको वा अोसिलो (हिले) ठाउँमा सिकार प्रसस्त मात्रा भएमा यस चराहरूले सानो समूहको निर्माण गर्दछन्। यस समूहले खानेकुराहरू थुपार्ने काम पनि गर्दछन्। सुख्खा मौसममा, यिनिहरूले कहिलेकाहीँ पानी भएको ठाउँ वा घाँसेमैदानहरूमा पनि खाने कुरा थुपार्ने गर्दछन्। थुपार्ने क्रममा चराहरूले सानो दूरी मात्रै तय गर्दछन्। यिनिहरू कहिलेकाहीँ समूहमै, रूख वा व्यस्त सहरी क्षेत्रहरूमा पनि बास बस्ने गर्दछन्।[९]

आहारा र खानेकुरा[सम्पादन गर्ने]

आसकोटे बकुल्लाको प्रमुख खाने ठाउँ भनेको हिले ठाउँनै हो। यसले प्रायः पोखरीको किनारामा भोजन गर्ने गरेता पनि यसले तैरिएका फुलहरूको जस्तै जलकुम्भी पनि प्रयोग गर्ने गरेको छ। त्यसो गर्नाले यसले आफ्नो शरिरमा प्रसस्त मात्रामा पानी पुर्‍याउने गर्दछ। यो कहिलेकाहीँ पानीमा तैरने, पानी मुनि पनि जाने र माछा पकड्ने गर्दछ भने यसले हावामा उफ्रिएका माछाहरू पनि समात्ने गर्दछ।[१०][११][१२][१३][१४] [१५] यसले उड्दै र पानीमा फड्को मार्दै माछा समातेको पनि अवलोकन गर्न सकिन्छ।[१६] कहिलेकाहीँ यो तल्लो भागबाटै उड्दै माछा र भ्यागुताहरू किनारमा तान्ने गर्दछ। यस चराले केही रोटीका टुक्राहरू पानीमा खसाल्दै माछाहरूलाई लोभ्याउने गर्दछ।[१७]

यसको प्राथमिक भोजन भनेको पानीमा बस्ने किरा, माछा, चेपाकाँडा, र कहिलेकाहीँ जुका पनि हो।[१८] हिले क्षेत्रबाट बाहिर यसको खाना फटयाङ्ग्रा, गाइँनेकिरो, किरा, उभयचर, मौरी आदि पर्दछन्।[१९][२०][२१]

वासस्थान[सम्पादन गर्ने]

यो चरा बिस्तारित दायरामा पाइन्छ। यो नदी, खोला, हिले ठाउँ, दलदल, भरनाका क्षेत्र र धानको बारीमा पनि पाइन्छ। यो विकसित सहरी क्षेत्र र जनसङ्ख्या धेरै भएको ठाउँहरूमा पनि भेटिन्छन् उदाहरणका लागि आसकोटे बकुल्ला सहर र नगरहरूमा पाइन्छन्। यो तल्लो भागमा रहन रूचाउँछ तर यो उच्च क्षेत्रहरूमा पनि पाइन्छ जस्तै भारतको निलगिरी पहाडमा जुन चाहीँ समुन्द्री सतहबाट २,१५० मिटरमा अवस्थित छ।

प्रजनन[सम्पादन गर्ने]

असकोटे बकुल्लाका जोडि कोलकाता, पश्चिम बङ्गाल, भारत
रातो खुट्टा भएको आसकोटे बकुल्ला प्रजननको बेलामा

यसको प्रजनन वर्षा ऋतुसँगै सुरु हुन्छ। यसले अरू हिलोमा हिड्न सक्ने चराहरूसँग सानो समूहमा गुँड लगाउने गर्दछ। यसले प्रायः रूख र झाडिहरूमा गुँड लगाउँछ। यसले ९ देखि १० मिटर सम्म पातहरूको प्रयोग गरि गुँड लगाउँछ। यसलाई चाहिने सामग्रीहरू भालेले खोज्दछ भने गुँड चाहिँ पोथीले लगाउने गर्दछ। यसले ३ देखि ५ वटा सम्म अण्डा पार्दछ।[२२] अण्डाहरूबाट चल्ला १८ देखि २४ दिनमा निस्कन्छन्।[२३] भाले र पोथी दुबैले बच्चाहरूलाई खुवाउने गर्दछन्। यसको प्रमुख खाना माछा हो।[८] वितरित नभएका क्षेत्रहरू अर्को वर्ष प्रयोगमा आउन सक्छन्।[२४]

Ardeola grayii

चाल[सम्पादन गर्ने]

आसकोटे बकुल्लाको चाल चेन्नईको तटिय क्षेत्रमा रातिको समयमा अवलोकन गरिएको थियो [२५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. बर्डलाइफ इन्टरनेसनल (२०१२). "अर्डियोला ग्रेइइ". अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण २०१३.२. अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ. Retrieved २६ नोभेम्बर २०१३. Check date values in: |accessdate=, |year= (help)
  2. Anonymous (1998). "Vernacular Names of the Birds of the Indian Subcontinent" (PDF). Buceros. 3 (1): 53–109.
  3. Yule, Henry; Burnell, A. C. (1903). Crooke, William. ed. Hobson-Jobson: A Glossary of Colloquial Anglo-Indian Words and Phrases, and of Kindred Terms, Etymological, Historical, Geographical and Discursive. London, UK: John Murray. प॰ 650. https://archive.org/stream/hobsonjobsonglos00yulerich#page/650. 
  4. गोपीसुन्दर, के एस (२००४). "Abundance and seasonality of Indian Pond Herons Ardeola grayii with red legs in Uttar Pradesh, India" (PDF). फोर्कटेल. २०. Archived from the original (पिडिएफ) on २००७ -१०-११. Cite uses deprecated parameter |deadurl= (help); Check date values in: |year=, |archivedate= (help)
  5. Abdulali, H. & अलेक्जेन्डर, एच जी (१९५२). "Ardeidae with red legs". Ibis. ९४ (२): 363. doi:10.1111/j.1474-919X.1952.tb01829.x. Check date values in: |year= (help)
  6. वेस्ली, एच डि (१९९३). "Genetics of the red tarsi and feet in the Pond Heron". न्युजल्टर फर बर्डवाचर्स. 33 (४): ७३. Check date values in: |year= (help)
  7. सुन्दर, गोपी के एस. "Distribution and extent of Pond Herons Ardeola grayii with red legs in India" (PDF). इण्डियन बर्ड्स. (५): १०८–११५.[dead link]
  8. ८.० ८.१ Begum, S. (2003). "Colonial nesting behavior in Indian Pond Heron (Ardeola grayii grayii) of Bangladesh" (पिडिएफ). Zoos' Print Journal. १८ (६): 1113–1116. doi:10.11609/jott.zpj.18.6.1113-6.
  9. गडगील, माधव; सलिम अलि (१९७५). "चराहरूको समूहमै बास". जे बम्बै हिस्ट सक. ७२ (३): ७१६–७२७. Check date values in: |year= (help)
  10. Chandra-Bose, DA (1969). "The Paddybird, Ardeola grayii (Sykes) floating on water". Pavo. 7 (1&2): 74–75.
  11. Neelakantan, KK (1986). "Pond heron afloat". Newsletter for Birdwatchers. 26 (5–6): 11–13.
  12. Krishna, MB (1978). "Pond Herons". Newsletter for Birdwatchers. 18 (10): 10.
  13. Muir, G.B.F. (1916). "Paddy-birds Ardeola grayii fishing". J. Bombay Nat. Hist. Soc. 24 (2): 366–367.
  14. Grimwood, I.M .; Brocklehurst, M.J.C. (1984). "Unusual feeding behaviour in the Paddy Bird or Indian Pond Heron Ardeola grayii". J. Bombay Nat. Hist. Soc. 81 (3): 696–697.
  15. Sivasubramanian, C (1988). "Aerial feeding by Median Egret (Egretta intermedia), Little Egret (Egretta garzetta) and Pond Heron (Ardeola grayii)". J. Bombay Nat. Hist. Soc. 85 (3): 611–612.
  16. Kirkpatrick, K. M. (1953). "Feeding habit of the Indian Pond Heron (Ardeola grayii)". J. Bombay Nat. Hist. Soc. 51 (2): 507.
  17. Réglade, माइकल एन्टोनी; दिलवार, मोहम्मद इ; आनन्द, उल्हस (२०१५). "Active bait-fishing in Indian Pond Heron Ardeola grayii". भारतीय चराहरू. १० (५): १२४–१२५. Check date values in: |year= (help)
  18. म्याथुज, डिएन; नरेन्द्रन, टिसी; जचरिएस, भिजे (1978). "A comparative study of the feeding habits of certain species of Indian birds affecting agriculture". बम्बैको समाचारपत्र प्राकृतिक इतिहास समाज. ७५ (4): ११७८–११९७.
  19. सन्थराम, भि (२००३). "आसकोटे बकुल्लो गइँनेकिरा प्रमुख भोजन". बम्बैको समाचारपत्र प्राकृतिक इतिहास समाज. १०० (१): १०८. Check date values in: |year= (help)
  20. प्रसाद, जेएन; हेमन्त, जे (१९९२). "आसकोटे बकुल्लोको एक प्रमुख भोजन मौरी". जे बम्बै प्रकृति इतिहास समाज. ८९ (२): २४६. Check date values in: |year= (help)
  21. सोधि, एन एस (१९८६). "Feeding ecology of Indian pond heron and its comparison with that of little egret". पाभो. २४ (1&2): ९७–११२. Check date values in: |year= (help)
  22. Pandey, Deep Narayan (1991). "Nesting of the Pond Heron Ardeola grayii (Sykes) on Eucalyptus trees". J. Bombay Nat. Hist. Soc. 88 (2): 281.
  23. Yesmin, R.; Rahman, K. & Haque, N. (2001). "The breeding biology of the Pond Heron (Ardeola grayii Sykes) in captivity". Tigerpaper. 28 (1): 15–18.
  24. अलि, एस; एस डि रिप्ले (१९७८). भारत र पाकिस्तानका चराहरूका बारेमा हातेपुस्तक. (दोस्रो संस्करण). नयाँदिल्ली: अक्सफोर्ड युनिभर्सिटी प्रेस. pp. ६३–६४. 
  25. सन्थराम, भि (१९८७). "आसकोटे बकुल्ला - यसको स्थानीय चाल". न्युजलेटर्स लफ बर्डवाचर्स. २७ (9&10): ४–६. Check date values in: |year= (help)

बाह्य कडीहरू[सम्पादन गर्ने]