सानो सेतोबकुल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सानो सेतोबकुल्ला
सानो सेतोबकुल्ला
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
E. garzetta
वैज्ञानिक नाम
Egretta garzetta
(कार्लस लिनियस
सानो सेतोबकुल्लाको बासस्थान दायरा
  प्रजनन दायरा
  वर्ष भरि
  शीतकालिन दायरा

सानो सेतोबकुल्ला नेपालमा पाइने बकुल्ला प्रजातिको एक सानो सदस्य हो।

यो प्रजातिको चरा सेतो हुन्छ भने यसको ठुँड तीखो र कालो हुन्छ। यस पङ्क्षीको कालो खुट्टा र पहेँलो अौँलाहरू हुन्छन्। यो पङ्क्षी विशेषगरि सफा पानीमा बसोबास गर्छ भने यसले पानीमा पाइने प्रजातिहरू खाने गर्छ। यस पङ्क्षीले बकुल्ला प्रजातिको अन्य पङ्क्षीहरूको क्षेत्रमा विषेशगरि प्रजनन गर्ने गर्छ। यस रुखका पात र मरेका झारहरूले अग्लो रुखमा टुप्पोमा गुण बनाउने गर्दछ। यस पङ्क्षीले फितलो निलो र हल्का हरियो अण्डा पार्ने गर्छ। यस पङ्क्षीले आफ्नो चल्लालाई ६ हप्ता सम्म हुर्काउने गर्दछ।

यस पङ्क्षीले मुख्यतया यूरोप, अफ्रिका, एसिया, र अष्ट्रेलियाको उष्णकटिबंधीय प्रजनन गर्ने गर्छ। यस पङ्क्षीको प्रजनन दायरा उत्तर मुलुकहरू देखि संयुक्त अधिराज्य सम्म फैलिएको छ।[२]

यस प्रजातिको पंक्षी मुख्यतया न्यानो क्षेत्रमा बसोबास गर्छ भने हिउँद महिनाहरूमा उत्तरी क्षेत्रमा बसोबास गर्ने पंक्षीहरू पनि विषेशगरि अफ्रिकी मुलुक र दक्षिण एसियामा बसाइँसराइ गरेको तथ्याङ्क छ। यस प्रजातिका पंक्षीहरू प्रजनन महिना पछि कहिलेकाँही गृष्म ऋतुमा उत्तरी क्षेत्र तर्फ जाने गरेका छन्। पश्चिमी युरोपमा एक पटक विषेशगरि यो प्रजातिका पंक्षीलाई १९औँ शताब्दीमा टोपीको सजावटको लागि ठूलो मात्रामा शिकार भएको थियो र उत्तरपूर्वीय युरोपमा स्थानीय रूपमा लोप भएको थियो भने दक्षिण युरोपमा थोरै मात्रामा रहेको थियो। २१औँ शताब्दीको सुरुवातीमा यस पंक्षीले फ्रान्स, नेदरल्यान्ड्स, आयरल्यान्ड र बेलायतमा प्रजनन गर्न सुरु गरेको थियो। यो पंक्षी त्यसपछि देशमा विभिन्न क्षेत्रमा देखा परेको थियो। यस पंक्षीलाई सन् १९५४ मा बार्बाडोसमा देखापरेको थियो भने यसले त्यहीँबाट प्रजनन गर्न सुरु गरेको थियो।

विवरण[सम्पादन गर्नुहोस्]

उडिरहेको एक सानो सेतोबकुल्ला
सन् २०१३ मा जापानमा पाइएको एक वयस्क सानो सेतोबकुल्ला

वयस्क सानो सेतोबकुल्लाको लम्बाई ५५–६५ सेमी (२२–२६ इन्च) हुन्छ भने यस पंक्षीको एक पखेटा देखि अर्को पखेटाको लम्बाई ८८–१०६ सेमी (३५–४२ इन्च)हुन्छ र यस पंक्षीको तौल ३५०–५५० ग्रा (१२–१९ औंस) मापन गरिएको छ। यस प्रजातिको पंक्षीको प्वाँख सबै सेतो भएतापनि कहिँ कहिँ हल्का निलो धब्बाहरू हुन्छन्। यस पंक्षीको ठुँड लामो र पातलो हुन्छ भने यसको रङ्ग कालो हुन्छ।[३] यस पंक्षीको आँखाको नानी पहेँलो हुन्छ भने यसको चुच्चे भित्रको तल्लो भागमा हल्का हरियो र फिका खैरो रङ्गको हुन्छ। यस पंक्षीको माथिल्लो खुट्टा कालो हुन्छ भने तल्लो भागको खुट्टा र नग्राहरू पहेँला हुन्छन्। यस जातको उपप्रजातिको भने ठुँड र आँखा बीच पहेँलो छाला र फिक्का कालो रङ्गको खुट्टा हुन्छ।

निलो ठुँड भएको सानो सेतोबकुल्ला

सानो सेतोबकुल्ला एकदमै शान्त खालको पंक्षी हो र यसले प्रजननको उपयुक्त सयम आएपछि आफ्नो जोडि बन्नका लागि विभिन्न ध्वनिहरू निकाल्छ भने यसलाई कुनै पन खतराको महसुस भयोभने यसले त्यस वरिपरि रहेका अन्य प्रजातिका पंक्षीहरूलाई समेत विभिन्न आवाज निकाल्दै खतराको सङ्केत दिन्छ। यो पंक्षी बकुल्ला प्रजातिका अन्य चराहरूसँग पनि सन्देश आदनप्रदान गर्ने गर्छ भने बाँके बकुल्लावस्तु बकुल्लाले निकाल्ने ध्वनि मानव जातिको कानले ठम्याउन सक्दैन।

वितरण र बासस्थान[सम्पादन गर्नुहोस्]

भारतको केरलामा पाइने एक सानो सेतोबकसल्ला
रुखमा बसिरहेका एक वयस्क सानो सेतोबकुल्ला, ग्रीस
उडिरहेको एक सानो सेतोबकुल्ला

यस प्रजातिको पंक्षीको पश्चिममा प्रजनन दर उत्तर युरोप, मध्य पुर्वी अफ्रिका र दक्षिण एसिया सम्म रहेको छ। उत्तर युरोपेली क्षेत्रहरूबाट यस पंक्षी मुख्यतया अफ्रिका र केही एसियामा बसाइँसराइ गर्ने गरेको छ। एसियामा रहेका यस प्रजातिका पंक्षीहरू फिलिपिन्समा बसाइँसराइ गर्ने गरेका छन्। विश्वको पुर्वी क्षेत्रहरूमा यस पंक्षी इन्डोनेसिया र न्यू गिनियामा पाइन्छन्। बीसौं शताब्दीको अन्ततिर युरोपेली र नयाँ विश्वमा सानो सेतोबकुल्लाहरूको प्रजाति उत्तरी क्षेत्रबाट फैलिदै गएको एक तथ्याङ्कले जनाएको छ भने त्यसपछि यस पंक्षीलाई सन् १९५४ मा बार्बाडोसमा देखापरेको थियो र यसले त्यहीँबाट प्रजनन गर्न सुरु गरेको थियो। यो प्रजातिको पंक्षी हाल क्यारिबियन सागर देखि अमेरिकाको माथिल्लो क्षेत्रहरू सम्म फैलिएको छ।[४]

सानो सेतोबकुल्लाको बासस्थान भिन्न भिन्न ठाउँमा भएतापनि यो पंक्षी विषेग गरी तालको छेउछाउ, नदि, नहर, पोखरीमा पाइन्छ। यो पंक्षी समुद्र तटमा म्याङ्ग्रोभ क्षेत्र र हिलो भएको ठाउँमा पनि उत्तिकै मात्रामा पाइन्छ। यस पंक्षीको धान खेती इटालीमा एक महत्त्वपूर्ण बासस्थान हो। यो पंक्षी कहिलेकाँही गाईवस्तु भएको ठाउँमा पनि पाइन्छ।

सानो सेतोबकुल्लाको उडन शैली

व्यवहार[सम्पादन गर्नुहोस्]

सानो सेतोबकुल्ला एक सामाजिक पंक्षी हो र यो सानो समूहमा बस्ने गर्दछ। यद्यपि यस पंक्षीको व्यक्तिगत आहारा पाइने क्षेत्रमा भने यसले अन्य घुसपैठलाई छिर्नमा रोक लगाउँछ। यस पंक्षीले आफ्नो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने गर्दछ। यसले आफ्नो सिकारलाई लामो दुरीबाटै ठम्याउन सक्छ र त्यसलाई निकैबेर हेर्छ र राम्रो मौका पायो भने आक्रमण गर्ने गर्छ। यसले मुख्यतया साना माछा, चेपाकाँडा र किरा फटयाङ्ग्राहरू खाने गर्छ। यस पंक्षी निकै चलाख हुन्छ भने यसले आफ्नो आहारा पाउनका लागि मानिसले फालेका रोटि र अन्य खाद्य वस्तु पानीमा फाल्छ र त्यसलाई माछाले खान आउँद यसले माछालाई छोप्ने गर्छ। जमिनमा भने यसले आफ्नो सिकारलाई विस्तारै हिँडेर र दोडिएर समाउने गर्दछ। यसले माछाका अलावा किरा, फटयाङ्ग्रा, साना चराहरू र माकुरो पनि खाने गर्दछ।

यस पंक्षीले आफ्नो गुण बकुल्ला प्रजातिको अन्य चराहरूले बनाए जसरीनै एक समूहमा गुण बनाउने गर्दछ। पश्चिम भारतमा भने यस पंक्षीले तटीय र सहरी गरी दुवै क्षेत्रमा गुण बनाउने गरेको पाइएको छ र यस पंक्षीले बाँके बकुल्लो र मझौला सेतोबकुल्लासँग पनि सहकार्य गर्दछ। युरोपमा भने बकुल्ला प्रजातिका बाँके बकुल्लामझौला सेतोबकुल्ला जस्ता पंक्षीहरू पाइने गर्छ। यस पंक्षीले मरेका र सुकेका झार, रुखका पात र बाँसको पातबाट अग्लो रुखको टुप्पोमा गुण बनाउने गर्दछ। केप भर्ड टापुमा भने यस पंक्षीले भिर पाखामा गुण बनाउने गरेको छ। यस पंक्षीको प्रजनन गर्ने क्षेत्र गुणबाट ३ देखि ४ मी (१० देखि १३ फिट) को दायरा भित्र हुन्छ। यस प्रजातिको पंक्षीले ३ देखि ५ वटा सम्म अण्डा २१ देखि २५ दिन सम्म कोरल्ने गर्दछ। यस पंक्षीको अण्डा हल्का पहेँलो र हल्का निलो मिसिएको हुन्छ। यस पंक्षीको सानो बच्चाहरू सबै सेता हुन्छन् र तिनीहरूलाई दुवै भाले र पोथिले सिहार्ने गर्छन्।

स्थित[सम्पादन गर्नुहोस्]

यस पंक्षी विश्व लगभग सबै मुलुकहरूमा सहजै पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बर्डलाइफ इन्टरनेसनल (२०१५), "सानो सेतोबकुल्ला", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची (अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ) २०१५: e.T६२७७४९६९A६७३६७६७१, डिओआई:10.2305/IUCN.UK.2015-4.RLTS.T62774969A67367671.en, अन्तिम पहुँच १ नोभेम्बर २०१६ 
  2. लक, लेघि; कक, केभिन, "संयुक्त अधिराज्यमा सानो सेतोबकुल्ला", ब्रटिस्टबर्ड, अन्तिम पहुँच २७ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०१६ मिति
  3. विदरबाइ, एच. एफ., सम्पादक (१९४३), बेलायती चराहरूको जानकारी, एच. एफ., पृ: १३९–१४२। 
  4. कुसलान जेम्स (२००७), "सानो सेतोबकसल्ला", वाटरबर्डस् ३० (४): ६०९–६१२, जेएसटिओआर 25148265, डिओआई:10.1675/1524-4695(2007)030[0609:sfolea]2.0.co;2 
  5. "सानो सेतोबकुल्लाको जानकारी, तस्वीर र तथ्याङ्कहरू", द आर्काइभ  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]