शेरा दरबार
शेरा दरबार | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | प्यागोडा |
सहर | नुवाकोट |
राष्ट्र | नेपाल |
सम्पन्न | वि.सं. १८२२ |
भत्काइएको | २०७२ वैशाख १२ |
लागत | अज्ञात |
ग्राहक | हेलन शाह |
प्राविधिक विवरण | |
बनावट | ईँट र सुर्खी |
आकार | १८१ रोपनी |
शेरा दरबारलाई पृथ्वीनारायण शाहद्वारा शीत कालीन दरबारको रूपमा वि.सं. १८२२ मा निर्माण गरिएको थियो।[१] पृथ्वीनारायण शाहको शासनकालमा नुवाकोटमा दुई दरबार निर्माण भएको थियो। साततले दरबारलाई ग्रीष्म कालीन दरबारका रूपमा उपयोग गरिएको थियो। नुवाकोटको शेराबेँसीमा रहेको यो दरबार वर्तमान समयमा भग्न अवस्थामा रहेको छ। पृथ्वीनारायण शाह जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेराबेँसी दरबारमा बस्ने गर्दथे। काशीनाथ तमोटले अनुमान गरेजस्तै पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ।[२]
पृथ्वीनारायण शाहको वि.सं. १८३१ मा मृत्यु पश्चात् कर्क प्याट्रिक नुवाकोटको भ्रमणमा जाँदा समेत बहादुर शाहसँग यसै दरबारमा भेट गरेका थिए। वि.सं. १८९७-९८ तिर तत्कालीन राजा राजेन्द्र तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए। वि.सं. १९०३ मा यो शेराबेँसी दरबार भत्कियो र दरबार भत्किएपछि भग्नावशेषमा परिणत भएको हो। त्यसको धेरै वर्षपछि जुद्धशम्शेर नुवाकोट भ्रमणमा जाँदा उनले भग्नावशेष दरबार बारेमा बुझ्न खोजेका थिए। जुद्ध शमशेरले राजा पृथ्वीनारायण शाहको ग्रीष्म कालीन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउनु भनेर आदेश दिएका थिए।[३]तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकोले शेराफाँटको भव्यता तथा दरबार परिसरबाट मोहित भएका जुद्ध शमशेर महाराजले आफ्नै अनुमानमा दरबार बनाएका थिए।[४]
तर दरबार बनाउदा सोही पुरानो दरबारको भग्नावशेषमा रहेको इँटाहरूको उपयोग गरिएको थियो। दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "विप्लव नेतृत्वको नेकपाद्वारा शेरा दरबार र साझा सेवाको सयौं रोपनी जग्गा कब्जा", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।
- ↑ नेपाल, नारायण, "शेरा दरबारमा कमरेड सरर", जन आस्था (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।
- ↑ वज्राचार्य, धनवज्र, "श्री ५ पृथ्वीनारायण शाहको नुवाकोट-माडी दरबार", हिमालय (pdf) (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।
- ↑ कोइराला, सुमन, "रानीपोखरी असरल्ल छोड्नेले के बनाउलान् साततले दरबार ?(भिडियो सहित)", नेपाल आज (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।
- ↑ "नुवाकोटमा रहेको पृथ्वीनारायण शाहकाे शेरा दरबार विप्लबकाे कब्जामा", विदुर खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।