श्रीलङ्काली वनकुखुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीलङ्काली वनकुखुरा
एक वयस्क भाले
अमान्य स्थिति (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Gallus
प्रजाति:
वैज्ञानिक नाम
Template:Taxonomy/GallusGallus lafayettii
René-Primevère Lesson, सन् १८३१
पाइनेे क्षेत्रहरू

श्रीलङ्काली वनकुखुरा वा श्रीलङ्काली लुइँचे फ्याजियनिडी परिवार अन्तर्गतको ग्यालस जातिमा पर्ने वनकुखुराको एक प्रजाति हो। यो चरा संसारभर श्रीलङ्कामा मात्र पाइन्छ। अर्थात यो श्रीलङ्कामा पाइने एक स्थानीय पंक्षी हो। औपनिवेशिक समयमा यस प्रजातिलाई सिलोन वनकुखुरा भनिन्थ्यो।श्रीलङ्काली वनकुखुराको एकै जातिको साधारण वनकुखुरा तथा खैरो वनकुखुरासँग नजिकको सम्बन्ध रहेको छ भने यो हरियो वनकुखुरासँग मिल्दोजुल्दो हुन्छ। श्रीलङ्काली वनकुखुरा र रातो वनकुखुरा लगभग २८ लाख वर्ष पहिले भिन्न वर्गमा विभाजित भएका थिए भने यो प्रजाति र खैरो वनकुखुराबीच भिन्नताको समय १८ लाख वर्ष थियो। घरपालुवा कुखुरामा पनि श्रीलङ्काली वनकुखुराको वर्णशङ्कर भई उत्पन्न भएको थियो।[२] अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा यस प्रजातिलाई कम चासोको प्रजातिको रूपमा सूचीकृत गरिएको छ। यो प्रजाति श्रीलङ्काको राष्ट्रिय पंक्षी हो। सिंहली भाषामा यसको नाम वाली कुकुला हो।

विवरण[सम्पादन गर्नुहोस्]

टाढाबाट हेर्दा श्रीलङ्काली वनकुखुरा साधारण वनकुखुराजस्तै देखिएतापनि यी दुई प्रजातिबीच केही भिन्नताहरू रहेका हुन्छन्। यो सामान्य वनकुखुरा जत्तिकै ठूलो हुन्छ र यो सुन्दर रातो, सुनौलो र कालो प्वाँखको पछाडिपट्टि र पखेटा भएको चरा हो। तर तिनीहरू साधारण जङ्गलका कुखुराहरूभन्दा अलि अग्लो हुन्छन्।

व्यवहार[सम्पादन गर्नुहोस्]

प्रजनन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Gallus lafayettii", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६७९२०९A९२८०७५१५, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22679209A92807515.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१ 
  2. Lawal, R.A. (२०२०), "The wild species genome ancestry of domestic chickens", BMC Biology 18 (13): 13, डिओआई:10.1186/s12915-020-0738-1, पिएमआइडी 32050971, पिएमसी 7014787 


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]