सामग्रीमा जानुहोस्

सन् २०१९ साफ महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७५ साफ महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक देश नेपाल
मिती२०७५ फागुन २८-२०७५ चैत ८
जम्मा टिम सङ्ख्या (सङ्घ संघहरूबाट)
मैदान१ (सहिद रङ्गशाला) , विराटनगर (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता भारत

२०१९ साफ महिला च्याम्पियनसिप साफ महिला च्याम्पियनसिप को पाँचौ संस्करण हो। पाँचौं संस्करणको यस साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना नेपालको प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा वि.सं. २०७५ साल फागुन २८ गतेदेखि भएको थियो। यस प्रतियोगितामा सार्क राष्ट्रमा आवद्ध ६ देशहरूको सहभागिता रहेको थियो।[] चैत ८ गते सम्म चलेको च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन खेल विराटनगर स्थित सहिद रंगशालामा फाल्गुन २६ गते मंगलबार आयोजक नेपालभुटानबीच हुने भएको थियो । बि.सं २०७५ साल चैत्र ८ गते भएको फाइनल खेलमा भारतले आयोजक टिम नेपाललाई ३-१ गोलले हराएर साफ महिला च्याम्पियनसिप उपाधि जितेको थियो।[]

यस च्याम्पियनसिपको तयारीका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएका थिए।[] यसमा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने छ।[] साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानलाई ३-० गोल अन्तरले हराएको थियो।[]

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश र समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् । प्रतियोगितामा पाकिस्तानले आन्तरिक समस्या देखाउँदै सहभागि जनाएको थिएन। []

राष्ट्र सहभागीता उत्कृष्ट प्रदर्शनी फिफा बरियता क्रम
डिसेम्बर २०१८
 भारतपाँचौंविजेता (२०१०,२०१२,२०१४,२०१६)६२
 नेपाल (आयोजक)पाँचौं उप-विजेता (२०१०,२०१२,२०१४१०८
 बङ्गलादेशपाँचौउप-विजेता (२०१६)१२५
 माल्दिभ्सपाँचौसेमिफाइनल (२०१४)१३२
 श्रीलङ्कापाँचौसेमिफाइनल (२०१२,२०१४)n/a
 भुटानपाँचौसमुह चरण (२०१०,२०१२,२०१४,२०१६)n/a

यस साफ महिला च्याम्पियनसिप प्रतियोगिता अन्तर्गको सम्पूर्ण खेलहरू विराटनगर स्थित सहिद रंगशाला मा भएको थियो।[]

विराटनगर
सहिद रङ्गशाला
दर्शक क्षमता: १०,०००
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क कैफियत
1  नेपाल (H) +६ सेमिफाइनलमा छनोट
2  बङ्गलादेश
3  भुटान
अद्यावधिक match(es) played on १६ मार्च २०१९. स्रोत: SAFF
(H) आयोजक
नेपाल  ३-०  भुटान
मञ्जलि कुमारी योञ्जन १३'
सावित्रा भण्डारी १६'
निरु थापा ५४'
SAFF ANFA
दर्शक उपस्थिति: २,७९८
रेफ्री: मीजमनुर रहमान (बङ्गलादेश)

भुटान  ०-२  बङ्गलादेश
SAFF BFF मीस्रात जहान मुशुमी ४७'
सबिना खातुज ८५'
दर्शक उपस्थिति: २,३७९
रेफ्री: आशिष चोधरी (भारत)

बङ्गलादेश  ०-३  नेपाल
SAFF ANFA मसुरा पर्भीन् red-colored football ६' (आ.गो.)
सावित्रा भण्डारी २३'
मञ्जलि कुमारी योञ्जन २८'
दर्शक उपस्थिति: ४,६८७
रेफ्री: सञ्जय चकरवर्ती (भारत)
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क कैफियत
1  भारत ११ +११ सेमिफाइनल छनोट
2  श्रीलङ्का
3  माल्दिभ्स
अद्यावधिक match(es) played on १७ मार्च २०१९. स्रोत: SAFF
भारत  ६-०  माल्दिभ्स
सञ्जु यादव २७', ८९'
दङ्ग्मेइ ग्रास ८'
सुइटि देवी १३'
इन्दुमती खत्रीएसान २३'
रतनबाला ४५+४'
SAFF AIFF
दर्शक उपस्थिति: १,८१३
रेफ्री: अस्मिता मानन्धर (नेपाल)

माल्दिभ्स  ०-२  श्रीलङ्का
SAFF ANFA चलानी कुमारी ४०', ५०'
दर्शक उपस्थिति: १,४६४
रेफ्री: दुलाल म्रीधा (बङ्गलादेश)

श्रीलङ्का  ०-५  भारत
SAFF AIFF ग्रासेन् ४'
सन्धिया ७'
इन्दुमती ३६'
संगिता बास्फोरे ४५'
रतनबाला देवी ४७'
दर्शक उपस्थिति: १,६८४
रेफ्री: मीजनुर रहमान (बङ्गलादेश)

व्यक्तिगत सम्मानहरू

[सम्पादन गर्नुहोस्]
  1. "महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता, अहोरात्रको खटाईले आकर्षक बन्यो सहिद रंगशाला", पूवैर्ली न्युज, अन्तिम पहुँच २०१९-०३-११ अभिलेखिकरण २०१९-०३-०६ वेब्याक मेसिन
  2. "साफ च्याम्पियनसिप फाइनल : भारतले नेपाललाई ३-१ गोलले हरायो", अन्तिम पहुँच २०१९-०३-२२
  3. "महिला साफ च्यापियनसिप : रंगशालामा पानीका बोतल र सिक्का प्रतिबन्ध", अनलाइन खबर डट कम, अन्तिम पहुँच २०१९-०३-११
  4. "विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा(भिडियो रिपोर्टसहित)", नेपाल टाईम्स, अन्तिम पहुँच २०१९-०३-११
  5. "साफ महिला च्याम्पीयनिसपको पहिलो खेलमा नेपालसँग भुटान पराजित", आवर विराटनगर, अन्तिम पहुँच २०१९-०३-१२
  6. "पाँचौं साफ च्याम्पियनसिप : सबै टिम विराटनगरमा", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-११
  7. "Biratnagar to host SAFF Women's C'ship", The Daily Star, १८ डिसेम्बर २०१८, अन्तिम पहुँच १० जनवरी २०१९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]