सानो खरमुजुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सानो खरमुजुर
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
Sypheotides

Lesson, 1839
प्रजाति:
S. indicus
वैज्ञानिक नाम
Sypheotides indicus
(Miller, 1782)
वितरण नक्शा (ऐतिहासिक तथ्याङ्कसहित)
Overall distribution (reddish) and breeding areas (green)
पर्याय

Sypheotis aurita

सानो खरमुजुर (Sypheotides indicus) नेपाल लगायत दक्षिण एसियाका केही देशहरूमा पाइने खरमुजुरको एक प्रजाति हो । यसलाई अङ्ग्रेजीमा लेसर फ्लोरिक्यान (Lesser Florican) भनिन्छ ।

विबरण[सम्पादन गर्नुहोस्]

सानो खरमुजुर सानो नापको, पातलो र लामो घाँटी भएको खरमुजुरको प्रजाति हो । बच्चा कोरल्ने समयका भालेको टाउकोका प्वाँखहरू दाविलोको टुप्पोका आकारको, टाउको, घाटी र तल्लोभाग कालो र माथिल्लो पिठ्युँ वारपार सेतो कठालो हुन्छ । नउडेको बेलामा सेतो पङ्खढकनीमा एउटा टाटो जस्तो देखिन्छ तर पखेटामा खरमजुरुको भन्दा कम सेतो हुन्छ । बच्चा कोरल्ने समय बाहिरको भाले पोथी जस्तै तर पङ्खछकनी भने सेतो भएको हुन्छ। यसको पोथी तथा अल्पवयस्क बलौटे वा गेरुमैला रङका हुन्छन् । सानो नाप र पातलो ढाँचा तथा घना चिन्हहरु भएका पङ्खढकनी र तेर्सा धर्सापुर्ण उडानपङ्खतिर भएको कैलो रङको खरमुजुरबाट छुट्याउन सकिन्छ ।

A male lesser florican from Rajasthan, India

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

सानो खरमुजुर दक्षिण एसियाका देशहरू नेपाल भारत र पाकिस्तानमा मात्र पाइने गर्छ। यसको प्रजाति २५० मि. सम्मको उँचाइमा पाइने गर्छ। धेरै विरलै पाइनेर विशेष गरी गृष्म मौसममा अभिलेख गरिएको छ । सानो खरमुजुर तल्लो भुभागका सुख्खा घाँसेमैदान र खेतबारीमा बस्दछन्। यो चरा प्रजननको लागि सेप्टेम्बर देखि अक्टोबरसम्म नेपाल तथा उत्तरी भारत र अप्रिलदेखि मेसम्म दक्षिण भारतका केही भागहरूमा बसोबास गर्छन।

खाना[सम्पादन गर्नुहोस्]

सानो खरमुजुरले गड्यौला, भ्यागुता, छेपारो तथा फट्यांग्रा, उड्ने कमिलाझुसिल्किरा जस्ता किराहरू खाने गर्छ। यसका साथै यसले बिउबिजन, कलिला बिरुवा तथा बेरिहरू पनि खाने गर्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]