सिङ्गलिला राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिङ्गलिला राष्ट्रिय निकुञ्ज
सिङ्गलिला राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
सिङ्गलिला राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
सिङ्गलिला राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
सिङ्गलिला राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
सिङ्गलिला राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
सिङ्गलिला राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
स्थानदार्जिलिङ जिल्ला, पश्चिम बङ्गाल, भारत
नजिकैको सहरमानेभन्ज्याङ, दार्जिलिङ
निर्देशांक२७°०७′उ॰ ८८°०४′पू॰ / २७.११७°N ८८.०६७°E / 27.117; 88.067निर्देशाङ्कहरू: २७°०७′उ॰ ८८°०४′पू॰ / २७.११७°N ८८.०६७°E / 27.117; 88.067
क्षेत्र७८.६
स्थापनासन् १९८६
निकायभारत सरकार, पश्चिम बङ्गाल सरकार

सिङ्गलिला राष्ट्रिय निकुञ्ज भारतको एउटा राष्ट्रिय निकुञ्ज हो जुन पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा समुद्री सतहबाट २३०० मिटरभन्दा बढीको उचाइमा सिङ्गलिला हिमशृङ्खलामा अवस्थित छ। सन्दकपुर जाने पदयात्रा मार्गका लागि यो प्रसिद्ध छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

निकुञ्जलाई सन् १९८६ मा वन्यजन्तु अभयारण्य घोषणा गरी १९९२ मा भारतीय राष्ट्रिय निकुञ्ज बनाइएको थियो। यो क्षेत्र लामो समयदेखि मानेभञ्जाङदेखि सन्दकपुर (पश्चिम बङ्गालको अग्लो चुचुरो) र फलुतसम्म पदयात्रा मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। दार्जिलिङको सिङ्गलिला क्षेत्रलाई ब्रिटिस सरकारले १८८२ मा सिक्किम दरबारबाट किनेको थियो र भारतीय वन ऐन १८७८ अन्तर्गत आरक्षित वनको रूपमा अधिसूचित गरेको थियो। यसलाई सन् १९९२ मा राष्ट्रिय निकुञ्जको रूपमा अधिसूचित गरिएको थियो र यसलाई आधिकारिक रूपमा पर्यटनको लागि खोलिएको थियो।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

सिङ्गलिला राष्ट्रिय निकुञ्ज ७८.६ वर्ग किलोमिटर क्षेत्रफलसहित समुन्द्री सतहबाट २३०० मिटरदेखि ४००० मिटरको उचाइमा सिङ्गलिला रिजमा अवस्थित छ। सिङ्गलिला राष्ट्रिय निकुञ्ज दार्जिलिङ उपविभाग, दार्जिलिङ जिल्ला, पश्चिम बङ्गाल, भारतमा अवस्थित छ। यसको उत्तरमा सिक्किम राज्य र पश्चिममा नेपाल राष्ट्रले सीमा जोडेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dhaarna, "Singalila National Park 2022: Home To The Red Pandas And West Bengal's Highest Peak!", traveltriangle.com, अन्तिम पहुँच ३० डिसेम्बर २०२१ 
  2. "Singalila National Park", Indiabiodiversity portal।