सिम तित्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिम तित्रा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
F. gularis
वैज्ञानिक नाम
Francolinus gularis
(Temminck, १८१५)

सिम तित्रा नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो। विश्वमा दुर्लभ मानिने यो चरा संरक्षणको हिसाबले संबेदनसिल अवस्थामा छ। गाईवस्तु चरण, अवैध शिकार तथा वासस्थानको (सिमसार) अभावको कारण यसको प्रजाति सङ्कटमा परेको छ।

शारीरिक विवरण[सम्पादन गर्नुहोस्]

सिम तित्राको कैलो सुन्तले कण्ठ, मसिनो तेर्सो धर्सा भएको माथिल्लो भाग र तल्लो भागमा मोटा सेता ठाडा धर्साहरू हुन्छन। यसको भाले र पोथीको रङ्ग मिल्दोजुल्दो हुन्छ। यसको लम्बाई करिब ३७ सेमी हुन्छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

सिम तित्राका प्रजातिहरू नेपाल, बङ्गलादेशभारतमा पाइने गर्छन । यो प्रजाति समुन्द्र सतहबाट ७५ मिटर देखि २५० मिटर सम्मको उचाईमा पाइने गर्छ । नेपालको सन्दर्भमा यो चरा विशेषत शुक्लाफाँट वन्यजन्तु आरक्षकोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने गर्छन ।[१]

प्रमुख वासस्थान[सम्पादन गर्नुहोस्]

सिम तित्रा धेरै जसो ओसिलो घाँसेमैदानमा पाइने गर्छन । अग्ला जलासिंचित घाँसेमैदान र सिमसार क्षेत्रहरू यस प्रजातिको उपयुक्त वासस्थान हुन् । यसको प्रमुख आहार फलफूलका बीउहरू तथा किराफट्याङ्ग्राहरू हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]