सुनिता डङ्गोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुनिता डंगोलबाट अनुप्रेषित)
सुनिता डङ्गोल
१४औं काठमाडौँको उपप्रमुख
पद बहाली
१२ जेठ २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
प्रधानमन्त्रीशेरबहादुर देउवा
पुष्पकमल दाहाल
सहायकबालेन शाह (नगरप्रमुख)
पूर्वाधिकारीहरी प्रभा खड्गी
व्यक्तिगत विवरण
जन्मवि. सं. २०५० जेठ ५
सन् (1993-05-18) १८ मे १९९३ (उमेर ३०)
काठमाडौँ, नेपाल
नागरिकतानेपाल
राजनीतिक दलनेकपा (एमाले)
अभिभावकसतु डङ्गोल (बुवा) सङ्गीता डङ्गोल (आमा)
पेशानेवा: सम्पदा संरक्षणवादी, भाषा कार्यकर्ता

सुनिता डङ्गोल एक नेवा: सम्पदा संरक्षणवादी, भाषा कार्यकर्ता र राजनीतिज्ञ हुन्। उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिकाको उपमेयरमा विजयी भएकी हुन्।[१] सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन्, भने अन्तिम समयमा उनलाई एमालेले उपमेयरको उम्मेदवार बनायो।

उनी सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल भएकी थिइन्।[२]

मिडिया[सम्पादन गर्नुहोस्]

उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरिन्।[३] लिपि क्वीनले चिनिने उनले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन्। उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन्।

उनले नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन्।

सम्मान तथा उपाधि[सम्पादन गर्नुहोस्]

  • सन् २०११ मा मिस नेवा:

शिक्षा[सम्पादन गर्नुहोस्]

डङ्गोलले लक्ष्मी शिक्षा सदन उच्च माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा स्नातक गरेकी हुन्। त्यसपछि उनले काठमाडौँ मोडल कलेजमा माध्यमिक तह र त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह सञ्चारमा पढिन्। उनी उनको कक्षाको शीर्ष थिइन्।

चुनावी इतिहास[सम्पादन गर्नुहोस्]

काठमाडौँ महानगरपालिका निर्वाचन, २०७९[सम्पादन गर्नुहोस्]

काठमाडौँ[४]
दल उम्मेदवार मतदान प्रतिशत
नेकपा एमाले सुनिता डङ्गोल ६८, ६१२ ५३.२%
एकीकृत समाजवादी रामेश्वर श्रेष्ठ २३, ८०६ १८.५%
स्वतन्त्र विद्या श्रेष्ठ महर्जन १३, ६९५ १०.६%
राष्ट्रिय प्रजातन्त्र पार्टी बिनिता मगैया १२, १४१ ९.४%
स्वतन्त्र बेन्जी सिंह महर्जन ६, ५५५ ५.१%
विवेकशील साझा पार्टी कीर्ति कंसाकार २, ५९० २.०%
अरू १,५७६ १.२%
नतिजा सुनिता डङ्गोल निर्वाचित
दर्ता भएका मतदाताहरू ३००,२४२[५]
कुल मतदान १९१,१८६ ६३.६८
कुल मान्य मतहरू १५९, ९०६
अस्वीकृत मतपत्रहरू ३१, २८०
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Newly elected Kathmandu mayor, deputy mayor assume office", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-३१ 
  2. Setopati, विवेक राई ::, "'मिस नेवा २०११' सुनिता डङ्गोल किन उठ्दैछिन् काठमाडौँकी मेयर? (भिडिओ)", Setopati (en-USमा), अन्तिम पहुँच २०२२-१०-३१ 
  3. diwakar (२०२०-१२-१२), "Sunita Dangol: The face of popular one-minute Nepal Bhasa tutorials - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२२-१०-३१ 
  4. @therecord, "Getting to know the two young independents running for Kathmandu mayor - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-३१ 
  5. "प्रेस विज्ञप्ति", निर्वाचन आयोग, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९