सुनील पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुनिल पोखरेलबाट अनुप्रेषित)
सुनील पोखरेल
सुनील पोखरेल
जन्मसुनील पोखरेल
२०२० असार ०२
खोटाङ, नेपाल
पेशाकलाकार, रङ्गकर्मी, निर्देशक
कार्यकालवि.सं. २०३७ देखि  – हालसम्म
उल्लेखनीय कार्य
पुतलीको घर, अग्निको कथा, इदमित्थम्, याज्ञसेनी
गृहनगरविराटनगर
आफन्तसुगम पोखरेल

सुनील पोखरेल (अङ्ग्रेजी: Sunil Pokharel; जन्म वि.सं. २०२० असार ०२ ) नेपाली नाट्य कलाकार तथा निर्देशक हुन् [१]। उनी शिथिल अवस्थामा रहेको नेपाली नाट्य परम्परालाई ब्यूँझाउने व्यक्तित्वका रूपमा चिनिन्छन् [२] [३] [४]। उनले भारतको राष्ट्रिय नाट्य विद्यालयबाट नाटकसम्बन्धी औपचारिक शिक्षा प्राप्त गरेका हुन् [५]। उनले अनेकौँ नेपाली, भारतीय तथा युरेपेली नाटकहरूको निर्देशन गरेका छन् [६]। पोखरेल नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार'बाट विभूषित भएका छन् । [७]

प्ररम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सुनील पोखरेलको जन्म वि.सं. २०२० भदौ ०२ गते खोटाङ जिल्लाको नौला गाउँमा भएको हो । उनी एघार वर्षका हुँदा परिवार विराटगगर बसाइँ सरेपछि उनी पनि सगैँ विराटनगर झरे । उनले विराटनगरको गोग्राहा हाई स्कूलबाट विद्यालयको आफ्नो पढाइ पूरा गरे । [८]

शिक्षा[सम्पादन गर्नुहोस्]

पोखरेलले वि.सं. २०३४ सालमा एस.एल.सी. उतिर्ण गरेपछि विराटनगर कै महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट आइ.ए. अध्ययन गरे । पछि भारतको राष्ट्रिय नाट्य विद्यालयमा छात्रवृत्ति पाएर पोखरेल सन् १९८४ मा नाटक पढनका लागि नयाँ दिल्ली गए र सन् १९८७ मा पढाइ पूरा गरेर नेपाल फर्किए । उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name [९]

नाट्य जीवन[सम्पादन गर्नुहोस्]

पोखरेल विराटनगरमा स्कूल पढदादेखि नै नाटकमा काम गर्न थालेका हुन् । दश कक्षामा पढदापढ्दै बद्री अधिकारी, रमेश बुढाथोकीहरू संलग्न रहेको दियालो समूहमा आबद्ध भई एकाङ्की नाटकहरूमा अभिनय गरेर उनले नाट्य यात्रा शुरू गरेका हुन् । उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name दिल्लीबाट फर्केर आएपछि उनले नेपालको पहिलो नाट्य विद्यालय आरोहण गुरुकुल स्थापना गरे । पोखरेलले अनेकौँ नेपाली, भारतीय तथा युरेपेली नाटकहरूको निर्देशन गरेका छन् ।[१०]

सुनील पोखरेल

योगदान[सम्पादन गर्नुहोस्]

निर्देशन[सम्पादन गर्नुहोस्]

  • अग्निको कथा
  • पुतलीको घर
  • न्यायप्रेमी
  • चतुरेको दाउपेच
  • रसोमन
  • मिडनाइट समर सपना
  • घनचक्कर
  • याज्ञसेनी
  • जयमाया आफू मात्र लेखापानी आइपुगी


अभिनय[सम्पादन गर्नुहोस्]

नाटक[सम्पादन गर्नुहोस्]

  • न्यायप्रेमी
  • पुतलीको घर
  • जात सोध्नु जोगीको
  • इदमित्थम्

चलचित्र[सम्पादन गर्नुहोस्]

  • वनफूल

अनुवाद[सम्पादन गर्नुहोस्]

  • पुतलीको घर

सम्मान तथा पुरस्कार[सम्पादन गर्नुहोस्]

  • राष्ट्रिय प्रतिभाका पुरस्कार [११]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

वाह्य लिङ्क[सम्पादन गर्नुहोस्]