याज्ञसेनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

याज्ञसेनी (अङ्ग्रेजी: en:Yajnaseni (Play) सुमन पोखरेलद्वारा लेखिएको एउटा नेपाली नाटक हो । यो नाटक प्रतिभा रायद्वारा उडिया भाषामा लेखिएको सोही शीर्षकको उपन्यासमा आधारित रहेको छ । सुमन पोखरेलले दृष्यमा याज्ञसेनीलाई मात्र ल्याएर उपन्यासलाई सोलो नाटकका रूपमा रूपान्तरण गरेका हुन् ।[१] [२] पोखरेलले रायको उपन्यासको मर्मलाई नछोडी नाटकलाई आफ्नो अलग ढङ्गबाट प्रस्तुत गरेका छन् ।[३]

उपन्यास 'याज्ञसेनी'की लेखिका प्रतिभा राय र नाटक 'याज्ञसेनी'का लेखक सुमन पोखरेल

नाटकमा प्रसिद्ध पौराणिक महाकाव्य महाभारतकी पात्रा याज्ञसेनीका भोगाइ र भावनाहरूको प्रदर्शन रहेको छ । यो नाटकमा महाभारतको कथालाई द्रौपदीका दृष्टीबाट देखाएर नवव्याख्या गरिएको छ ।[१]

यस नाटकलाई स्टेज प्रदर्शनका लागि पहिलोपल्ट आरोहणले तयार गरेको हो । यो नाटक पहिलोपल्ट दुई महिने अमेरिका यात्राको क्रममा सन् २०१६ अक्टोबर २ तारिकमा संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको ड्यालसमा रहेको इर्भिङ आर्ट सेन्टरमा प्रदर्शन भएको थियो । आरोहणले तयार गरेको यो नाटकलाई सुनील पोखरेलले निर्देशन गरेका हुन् । नाटकमा याज्ञसेनीको भूमिकामा निशा शर्माले खेलेकी छन् ।[२] [४]

महाभारतको ठूलो क्यानभास र धेरै चरित्रको कथामा सोलो नाटक तयार पारि नेपाली भाषामा प्रस्तुत गरिएको 'याज्ञसेनी' पुनः कल्याणी कला मण्डलमले ६ दिनसम्म आयोजना गरेको १२औं रामधनु नाटय मेलामा नेपालका तर्फबाट आरोहण गुरुकुलको यस नाटक दोस्रो दिन मञ्चन गरिएको हो ।[५] [६]

कथानक‍‍‍[सम्पादन गर्ने]

नाटकमा याज्ञसेनी अर्थात् द्रौपदीको जीवनमा चीरहरणको घटना सधैं अप्रिय बनेर रहयो । युधिष्ठिरले उनलाई जुवामा हारे । दुर्योधनले आफ्नै भाउजूको दु:शासनको हातबाट चीरहरण गर्न लगाउँदा समेत पाँच पाण्डवले केही गर्न सकेनन् । पछि महाप्रस्थानका लागि स्वर्ग जाँदै गर्दा बाटोमा चिप्लिएर लडेकी याज्ञसेनीलाई उनका पाँच पति कसैले उठाउनसमेत चाहेन । सहायताका लागि पुगेका भीमलाई समेत युधिष्ठिरले रोक्छन् र अगाडि बढ्न आदेश दिन्छन् । चिप्लिएर लडेकी याज्ञसेनी हिउँमा पुरिँदै गर्दाको मनोविज्ञानमा रहेर नाटक तयार पारिएको छ ।

नाटकको अन्त्यमा याज्ञसेनीले आफूलाई टुक्रयाएर बाँडिनुको पीडा, महाभारत युद्धमा पाँच छोरा गुमाउनुको पीडा र सभामा चीरहरणको अपमान सहनुपर्दाको पीडालाई सम्झँदै कृष्णलाई गुनासो गर्छिन्, ‘हे कृष्ण, मेरो जीवनमा जे भयो भयो । कुनै पनि नारीको जीवनमा कहिल्यै त्यस्तो नहोस् । कुनै नारीले एकैपल्ट एकभन्दा बढी पति कहिल्यै पनि राख्न नपरोस् । नारीलाई रूपवती बनाऊ तर पुरुषलाई त्यतिबिघ्न कामुक नबनाऊ ।[५]

References[सम्पादन गर्ने]

  1. १.० १.१ शिव शर्मा (आश्विन १७, २०७३), "निशा र सुनिलको जोडीले टेक्सासका नेपालीलाई चखाए नाटकको स्वाद", टेक्सास (अमेरिका): कान्तिपुर, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  2. २.० २.१ "छुट्टाछुट्टै ‘सोलो’ नाटक लिएर अमेरिका जाँदै सुनील-निशा दम्पती", काठमाडौं: कला सेतोपाटी, बिहीबार, भाद्र ३०, २०७३, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  3. Yajnaseni, 2016, Aarohan Gurukul p.2
  4. "टेक्ससको ड्यालसमा निशाको ‘याज्ञसेनी’ प्रदर्शित (फोटो फिचर)", काठमाडौं: हिमालय खबर, २०७३ आस्विन १७, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  5. ५.० ५.१ सुशील पौडेल, कोलकाता (पुस २८, २०७३), "द्रौपदीका आँखाबाट महाभारत", काठमाडौै, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  6. "12th Ramdhanu Nattyamela", Kalyani, West Bengal, १५ सेप्टेम्बर २०१६, अन्तिम पहुँच २०१७-०९-२४