हजार आँखा यी आँखामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हजार आँखा यी आँखामा
लेखकसुमन पोखरेल
आवरण कलाकाररमेश श्रेष्ठ
देशनेपाल
भाषानेपाली
प्रकारगीत
प्रकाशकवाणी प्रकाशन
प्रकाशित मिति
२०५९
पृष्ठ७८
आइएसबिएन9789993365637 Parameter error in {{isbnt}}: Invalid ISBN.
OCLC52727212
एलएलसी वर्गीकरणPK2598.P659 H34 2003

हजार आँखा यी आँखामा कवि तथा गीतकार सुमन पोखरेलद्वारा लिखित गीतहरूको एउटा सङ्ग्रह हो । [१] यस सङ्ग्रहमा बैसठ्ठी वटा आधुनिक नेपाली गीतहरू सङ्ग्रहित रहेका छन् । [२]

यस सङ्ग्रहमा समाविष्ट गीतहरू विभिन्न सङ्गीतकारहरूद्वारा सङ्गीतबद्ध भई विभिन्न गायकहरूले गाएका छन् ।[३]

यस सङ्ग्रहका गीतहरू साङ्गीतिक तथा काव्यिक विशेषताका कारणले विशिष्ट मानिएका छन् । कथाकार परशु प्रधानले पोखरेलको गीत सङ्ग्रह हजार आँखा यी आँखामाको प्रकाशकीयमा लेखेका छन्, "सुमनका कविताहरू ओखर जस्ता पनि छन् । तर यसभित्रका गीतहरू भने ललिपप लाग्छन् । यी गीतहरूमा कोमल र सरल अनुभूतिहरूले कल्पनाको आकाशमा राम्ररी उडान भर्न पाएका छन् । ... सुमन पोखरेलका गीतहरू साहित्यिक गीत हुन् र यिनका साहित्यिक मूल्य उल्लेखनीय छन् ।" पोखरेलका गीतबारे कवि कृष्णभूषण बलले आफ्नो भनाइ यसरी व्यक्त गरेका छन्- 'गीतको बोटमा फुलेको फूलको नाम नै सुमन पोखरेल हो ।' कवि तथा गीतकार दिनेश अधिकारीले हजार आँखा यी आँखामा पोखरेलको आगमनलाई 'तपाईँ मनबाट गीतको दुनियाँमा आउनु भएको छ । म, अलि अगाडिदेखि यो दुनियाँ भोगिरहेछु । तपाईँको आगमन त्यसैले पनि मलाई प्यारो लागिरहेछ, न्यानो लागिरहेछ । म तपाईँलाई गीतको यो दुनियाँमा स्वागत गर्छु। तपाईँको यो आगमनलाई मैले आफ्नै अर्थमा ग्रहण गरेको छु । तपाईँ आउनु भएकोले- आफू आएको अवस्थालाई सार्थक ठानिरहेको छु।' भनेर स्वागत गरेका छन् । आफ्ना मनका भावनाहरू माया र प्रणयका स्वरहरूमा सुरुचिपूर्ण ढङ्गले व्यक्त गर्ने कवि सुमनका सम्प्रेषणीय भावनाहरूप्रति पूर्ण सहमत हुँदै साहित्यकार शिव रेग्मी भन्छन्,-"हजार आँखा यी आँखामाभित्रका एकसट्ठी गीतहरू नेपाली गीति फाँटका एकसट्ठी सुन्दर गेय फूलहरू हुन् जसले हाम्रो इतिहासमा नयाँ मोडहरूको उद्घाटन गर्ने छन् ।[४][५]

गीत[सम्पादन गर्नुहोस्]

कति मिठा कति न्याना
कति मिठा कति न्याना तिम्रा प्रीतका वर्सात्‌हरु
आज आफैँ सुकिगए यी आँखाका प्रपातहरू
रमाइला रातहरू बेहोशीका वातहरू
खुलेका ती केशहरू सङ्गीतमय हातहरू
अङ्गअङ्ग जताततै यौवनका मातहरू
केलाई छोऊँ केलाई चुमूँ के दिऊँ म सौगातहरू
किन यति छोटा हुन्छन् मधुमासका रातहरू
मनमा कहिल्यै नसकिने पीरतीका बातहरू
खुसी खोस्न आइहाल्छन् यहाँ फेरि प्रभातहरू
कहाँ लुकाऊँ कता लुकाऊँ यी रमाइला साथहरू

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://madanpuraskar.org/mpp/view_book_info.php?id=30905
  2. दधिराज सुवेदी, "नेपाली साहित्यका मुस्कानहरू - 2013, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर - ISBN 978 9937248266
  3. http://nagarikplus.nagariknews.com/images/flippingbook/2013_april_26/nagarik/ng_zoom_22.jpg[dead link]
  4. पोखरेल, सुमन, "हजार आँखा यी आँखामा", वाणी प्रकाशन, अन्तिम पहुँच २०१८-११-१२ 
  5. "हजार आँखा यी आँखामा (कवितासङ्ग्रह)" (PDF), साझा शिक्षा ई-पाटीको ई-पुस्तकालय, अन्तिम पहुँच २०१८-११-१२