सामग्रीमा जानुहोस्

भारत : शाश्वत आवाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारत : शाश्वत आवाज
अनुवादकसुमन पोखरेल
आवरण कलाकारसुन्दर बस्नेत
देशनेपाल
भाषानेपाली
प्रकारकविता
प्रकाशकनेपाली कलासाहित्य डट कम प्रतिष्ठान
प्रकाशित मिति
२०७५
Published in English
2019
पृष्ठ२५७
आइएसबिएन978-9937-0-5391-4

भारतः शाश्वत आवाज कन्नड भाषाका कविताको नेपाली अनुवादसङ्ग्रह हो । उक्त कृतिमा कन्नड भाषाका एकाउन्न जना कविहरू प्रत्येकका एकएक वटा कविताका नेपाली अनुवाद सङग्रहित रहेका छन् । सो पुस्तकका सबै कविताको अनुवाद कवि, गीतकार तथा अनुवादक सुमन पोखरेलद्वारा गरिएको छ । सो पुस्तकको प्रकाशन नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले गरेको हो । नेपालका सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले २०७५ चैत २८ गते उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन काठमाडौँमा सो पुस्तकको विमोचन गर्नु भएको थियो ।[][][]

पुस्तकको प्रकाशक संस्था नेपालीकला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिलाका अनुसार, “विदेशको साहित्यलाई देश भित्र्याउने सन्दर्भमा भारतको एउटा प्रान्त कर्नाटकको मूल भाषा कन्नडभाषी एकाउन्न आधुनिक कविका एकाउन्न कविताहरूलाई नेपाली भाषामा अनुवाद गरी’ भारतः शाश्वत आवाज प्रकाशित गरिएको हो ।[]

पुस्तकको अनुवादसम्बन्धमा अनुवादक कवि सुमन पोखरेलले “कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ । त्यसले गर्दा कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्द कौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ । ‘कविताको अनुवाद कविले मात्र गर्न सक्छ’ भन्नुको कारण पनि यही हो; र यही नै अनुवादको जोखिम र अनुवादकको सबैभन्दा ठूलो चुनौति पनि हो । साथै अनुवादकले सबैभन्दा ज़्यादा सन्तुलन राख्नुपर्ने ठाउँ पनि त्यही हो । तिनै जोखिम र चुनौतिहरूका बीच रहेर यी कविताहरू मैले सकेसम्म संवेदनशील, सन्तुलित र गम्भीर भएर अनुवाद गर्ने कोशिस गरेको छु । यी कविता मूल भाषाबाट नेपालीमा अनुवाद गरिएका हैनन् । मूल कन्नड भाषाबाट अङ्ग्रेजीमा अनुवाद भइबसेका ‘अनुवाद’को अनुवाद हो यो । र नेपाली भाषासँग अङ्ग्रेजी भाषाभन्दा कन्नड भाषा बढी नजीकको भएकोले सम्भव भएसम्म मूललाई समातेर ल्याउने कोशिश गरेको” भनी उक्त पुस्तकको अनुवादकीयमा आफ्नो धारणा राखेका छन् ।[]

भारत : शश्वत आवाजमा संलग्न कविताको विवरण -

कविताको शीर्षककविमूल भाषाअघिल्लो भाषास्रोत
ईश्वरले लालमोहर लगाएकुभेम्पु (के.भी. पुट्टप्पा)कन्नडअङ्ग्रेजी[]
गङ्गाको अवरोहणडी.आर. बेन्द्रेकन्नडअङ्ग्रेजी[]
दानव (हिटलर) र कविडा. भी. के. गोकक 'विनायक'कन्नडअङ्ग्रेजी[]
को हौ तिमी?यू. आर. अनन्तमूर्तिकन्नडअङ्ग्रेजी[]
मेरो गोजीडा. जी.एस. शिवरुद्रप्पाकन्नडअङ्ग्रेजी[]
हजारौँ नदीहरूसिद्धलिङ्गलाहकन्नडअङ्ग्रेजी[]
मेरी आमापी. लङ्केशकन्नडअङ्ग्रेजी[]
अमेरिका अमेरिका...निसार अहमदकन्नडअङ्ग्रेजी[]
उहिल्यै कुनैबेलाचन्द्रशेखर पाटीलकन्नडअङ्ग्रेजी[]
मयुर वनबडागुरु रामचन्द्रप्पाकन्नडअङ्ग्रेजी[]
वाचनोध्यानसिद्धय्या पुराणिककन्नडअङ्ग्रेजी[]
कविताकालेगोव्डा नागावाराकन्नडअङ्ग्रेजी[]
काठमान्डु जाने बाटोडोद्दारेङ्गे गोव्डाकन्नडअङ्ग्रेजी[]
हराएको गीतसिद्धलिङ्गा पत्तना सेट्टीकन्नडअङ्ग्रेजी[]
अन्तिम शब्दजयन्त कैकिनीकन्नडअङ्ग्रेजी[]
मैले भोगेको त्रासदीविजयश्री सबरादकन्नडअङ्ग्रेजी[]
मैले कविता लेख्न खोजेको हैनचेन्नवीरा कान्भीकन्नडअङ्ग्रेजी[]
सूर्यबी.ए. सनादीकन्नडअङ्ग्रेजी[]
फिलाडेल्फियामा एक बृद्धले जे भनेसुमतीन्द्र नाडिगकन्नडअङ्ग्रेजी[]
आमासर्जु काटकरकन्नडअङ्ग्रेजी[]
घोषणापत्ररम्जन दर्गाकन्नडअङ्ग्रेजी[]
पेट्रोमक्स बोक्ने कोराभासहरूजम्बन्न अमरचिन्ताकन्नडअङ्ग्रेजी[]
अहिले पनि त्यहाँसुब्बु होलेयरकन्नडअङ्ग्रेजी[]
अहल्याजी.एस. सिद्धालिङ्गलाहकन्नडअङ्ग्रेजी[]
एउटा रहस्यजरागनहल्ली शिवशङ्करकन्नडअङ्ग्रेजी[]
केटाकेटी सधैँ केटाकेटी नै रहुन्एच.एस. वेङ्कटेश मूर्तिकन्नडअङ्ग्रेजी[]
एउटा अर्को सिद्धार्थएच. ढुण्डिराजकन्नडअङ्ग्रेजी[]
सुख र दु:खटी.भी. कट्टिमणिकन्नडअङ्ग्रेजी[]
छालाको झोलामल्लिका घान्तीकन्नडअङ्ग्रेजी[]
तीन प्रश्नबासवराज सबरादकन्नडअङ्ग्रेजी[]
ढोग्छु म ईश्वरलाईबी.आर. लक्ष्मण रावकन्नडअङ्ग्रेजी[]
अतीतएम. गोपालकृष्ण अडिगाकन्नडअङ्ग्रेजी[]
गुलाफका वंशजअल्लामा प्रभू बेत्तागुरुकन्नडअङ्ग्रेजी[]
एलिभेटरआरती एच. एन.कन्नडअङ्ग्रेजी[]
त्यस रातको मृतकको अन्त्येष्ठीलोकेश अगसन कट्टेकन्नडअङ्ग्रेजी[]
एउटा अनुभवलता राजशेखरकन्नडअङ्ग्रेजी[]
ठूला हाकिमलाईचन्द्रशेखर ताल्याकन्नडअङ्ग्रेजी[]
नयाँ कवितामनु बालिगरकन्नडअङ्ग्रेजी[]
मैले चिनेको एउटाके. भी. श्रीनिवास मूर्तिकन्नडअङ्ग्रेजी[]
पर्खाइ...सिद्धराज पुजारीकन्नडअङ्ग्रेजी[]
मेरी आमाजी. अब्दुल बसीरकन्नडअङ्ग्रेजी[]
आगोकी छोरीसुकन्या मारुतीकन्नडअङ्ग्रेजी[]
सङ्कोची पछ्यौराज्योति गुरुप्रसादकन्नडअङ्ग्रेजी[]
हे ईश्वर! एकपल्ट नारी बनेर हेरके. सरिफाकन्नडअङ्ग्रेजी[]
बाटाभरिएल.एन. मुकुन्दराजकन्नडअङ्ग्रेजी[]
बोधिबृक्षका फेदमामोहन नागम्मनावरकन्नडअङ्ग्रेजी[]
स्वतन्त्रतालता गुट्टीकन्नडअङ्ग्रेजी[]
जलिरहेकी धरतीटी.सी. पूर्णिमाकन्नडअङ्ग्रेजी[]
प्रतिबन्धआर. तारिणी शुभदायिनकन्नडअङ्ग्रेजी[]
हे बाघ, तँ हुँदाहुँदैतेजश्री जे. एन.कन्नडअङ्ग्रेजी[]
दुई किसानएस. आर. एक्कुन्दीकन्नडअङ्ग्रेजी[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 पोखरेल, सुमन (२०७४), शाश्वत आवाज, काठमाडौँ: नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, ISBN 978-9937-0-5391-4
  2. गोरखापत्र संवाददाता, काठमान्डु (चैत २९, २०७५), "साहित्य समाजको ऐना", काठमाडौँ, अन्तिम पहुँच अप्रिल ३०, २०१९
  3. कान्तिपुर संवाददाता, काठमान्डु (चैत २९, २०७५), "काइँला र सरुभक्तलाई कलाश्री", काठमान्डु, अन्तिम पहुँच अप्रिल ३०, २०१९ अभिलेखिकरण २०१९-०५-०१ वेब्याक मेसिन